बरियारपट्टी । सिरहाको बरियारपट्टी बजारमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र प्रहरी प्रमुख (एसपी )अर्जुन तिमल्सिनाले सर्वसाधारणलाई माक्स लगाउन जनचेतना समेत दिएका छन ।
कोभिड– १९ को जोखिमबाट बच्ने र बचाउने उद्देश्यले सुरक्षा मापदण्ड अपनाउदै बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ मलिक(डोम)टोल स्थित हुलाकी रोडमा आवतजावत गर्ने सर्वसाधारण,मलिक बस्ती र मलिक बस्तीका आसपासमा रहेको ५ सय बढी सर्वसाधारणलाई सर्जिकल माक्स वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सर्वसाधारणलाई मैथिली भाषामा भने कोभिड –१९ का कारण भिडभाड गर्न नमिल्ने भएको भन्दै बर्तमान परिस्थितिमा जोखिम न्युनीकरणका लागि माक्स अनिवार्य लगाउनु पर्छ वहाँले थापे घर स कहि बाहर निकलै छि त मक्स लगाउ अपनौ बचु दोसर के सोहो बचाउ ।
बिश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसबाट आफू बच्न र अरुलाई पनि बचाउन समेत सबैले सुरक्षा मापदण्ड नियमित पालना गरी सचेत नगरिकन परिचय दिन आग्रह गरेका थिए ।