अनिल वर्मा, कलैया, बारा।
बारा जिल्लाको बारागढ़ि गाउपालिकामा वकिल पालको आगमन साथ स्वागत गरिएको छ। गत २३ गते वकिल प्रशाद पाल लाई उच्च सतर्कता केन्द्र बाट संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले बारागढ़ी पठाएको र आमोद चौधरी लाइ गृहमन्त्रालयमा सरुवा गरेको छ। उक्त सरुवा लाई गापा अध्यक्ष देवदत बछारले अटेर गर्दै कार्यालय प्रमुख पाल लाई हाजिर नगराउने पक्षमा थिए। हाजिर भए संगै कर्मचारी तथा वडा अध्यक्षहरुले अवीर टिका लगाई स्वागत गरेका छन्।
कानुन संगत सरु भई आएका कर्मचारी लाई हाजिर नगराउने कुनै नियम नभए तापनि सामन्तवादी कांग्रेसको परिचय दिएको गापा उपाध्यक्ष लक्ष देवी रायले बताईन। सोहि अनुसार उपाध्यक्ष रायले आफै प्रमुख प्रशासकीय अधिकृत पाल लाई हाजिर गराएकी छिन्। हाजिर भए पश्चात दर्ता चलानी तथा हाजरी रजिस्टर फेला नपरे पश्चात गायब गरिएको उपाध्यक्ष रायले बताइन।
गापा अध्यक्ष बछार संग बुझ्न खोज्दा आमोद चौधरी लाइ नै राख्नका लागि हामि मन्त्रालय लाई आग्रह गरेको बताए। सोहि अनुसार हाजिर नगराएको र थामौतिको चिट्ठी नआएमा मात्र हाजिर गराउने बताए। तर उपाध्यक्ष रायका नुसार यो चौथो प्रशासकीय प्रमुख आएको जस मध्ये तीन वटा लाई यसै गरि हाजिर नगराई अलपत्रमा परेको बताइन। रायले अध्यक्ष बछार लाई सिधा प्रश्न गरेकी थिन कि तपाई ले के कारणले कुनै प्रशासकीय अधिकृत लाई हाजिर गर्नु हुन् ? सोको जवाफमा अध्यक्ष बछारले केहि कुराको लोभ नरहेको बताएका थिए। ततकालिन प्रशासकीय अधिकृत चौधरी उक्त पालिकामा लगातार तीन वर्ष काम गरेको तथ्यांक रहेको छ, जबकी कुनै कर्मचारी लाई एउटा कार्यालयमा अधिकतम दुइ वर्ष सम्म मात्र कार्य गर्ने निजामति एनमा नियम रहेको छ।

यसरि हेर्ने हो भने हालको संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास फोहरी राजनीतिले गर्दा असफल हुन् लागेकोले फेरी पुरानै धरातल राजतन्त्र तर्फ जाने संकेत हुन् लागेको पनि बुद्धिजीवी वर्गको ठम्याई रहेकोछ। यसका साथै यस्ता गोजीको संरक्षण तथा सम्बर्धन गर्ने राजनीतिकर्मीहरुका कारण कर्मचारी पनि निकैनै मारमा परेको अधिकांसले बताउने गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस् !