लहान ।सिरहाको सिरहा नगरपालिका वडा नम्बर ११ भलुवाहीमा साना किसान कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बिनोद कामतिको सभापतित्वमा उक्त साधारण सभामा सम्पन्न भएको हो ।
सिरहा नगरपालिकाका मेयर अशेश्वर यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा संस्थाको उपाध्यक्ष बबिता देवी कामति शुभकमना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै सिरहा नगरपालिकाका मेयर अशेश्वर यादवले सानासाना किसानलाई संगठित गरि निर्मित सान किसान सहकारी संस्था हनुमाननगरले यस्तो प्रतिकुल समयमा पनि अनुकुल काम गरि किसान बीच बधाई को पात्र बनेको छ। सम्मान र पुरस्कार लगायत विभिन्न कार्यक्रम गरि दशौ वसन्त पार गरेको छ।


साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को सहकारीको अनुमानित आय व्याय तथा वार्षिक कार्यक्रम र लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो । संस्थाका अध्यक्ष बिनोद कामतिले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदनअनुसार आव २०७७/७८ मा संस्थाको शेयर पुँजी ३२ लाख २७ हजार ३ सय रहेको छ । संस्थाका कार्यक्षेत्र भित्र घरधुरी संख्या दलित १८२९,जनजाति५३४अन्य ५२५६ गरि जम्मा ७६१९ जना सदस्य आबद्ध भएका छन् । उक्त अवधिमा संस्थाको जगेडा र अन्य कोषमा १ २५लाख ३५ हजार ८सय ५ रुपियाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो ।

त्यस्तै संस्थाले १करोड ६१ लाख ७ हजार ८ सय ७९ रुपैया निक्षेप संकलन गरेको छ ।संस्थाले २९ लाख ८४ हजार ६ सय२६ कारोबार भएकताको छन भने कुल पुजी २ करोड ६० लाख २९ हजार ७ सय ९६ रुपैयाँ रहेको छन ।


कार्यक्रममा बिशिस्ट चन्द्रदेब कामति,अतिथिहरु पुर्ब शिक्षक शायाम्ल यादव ,प्रधानाध्यापक शैलेन्द्र यादव ,शिक्षक शत्रुघन यादव ,सिनपा १० वडा अध्यक्ष जुगल कामती ,बिष्णुपुर को प्रबन्धक उपेन्द्र यादव ,लगायत ले मन्त्बय दिए ।

सम्वन्धित समाचार :