बरियारपट्टी । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ स्थित मोटरसाइकल दुर्घटनामा परी एक युवकक गंभिर घाईते भएका छन् ।
बरियारपट्टी बाट कचनारी जाने क्रममा त्रिसुला पुल स्थित ज ५ प८६०५ नम्बरको मोटरसाइकल शुक्रबार ५ बजे अनियन्त्रित भइ सडकको डिभाइडरमा ठोक्किदा बरियारपट्टी गाउँपालिका वडा नम्बर १ कचनारी अन्दाजी बर्ष २४ रामकुमार यादव गंभिर घाइते भएको हो । बरियारट्टी शुभ मिथिला हेल्थकेयरमा उपचार सम्भव नहुदा घाइतेलाई थप उपचारको लागि बिराटनगर लगेको प्रहरी बताएको छ ।मोटरसाइकल इलाका प्रहरी कार्यालय बरियारपट्टीको नियन्त्रणमा छ।
।