बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ जनता माध्यमिक विद्यालय प्रविधिक धार विद्यार्थीहरु लाई मुरवा र जाम गोलभेडा केचप बनाउन सिकेका छन ।

जनता माध्यमिक विद्यालय प्रविधिक धारका कृषिको विद्यार्थीलाई आज कृषि प्रशिक्षक अबिनाश यादबले विद्यार्थीहरु लाई मुरवा ,जाम र गोलभेडा केचप बनाउन सिकाएका छन ।विद्यार्थी प्रेम यादवले भने पढाइ संगै व्यावहार (practical) हुनु विद्यार्थीको हकमा लाभदायक हुन्छ र भबिस्यमा विद्यार्थीले पनि प्रशिक्षक बनेपछि वा आफ्नै व्यवसायी गर्न पनि टेवा पुगछ।विद्यार्थी मनिषा यादले भने पढाइ संगै व्यावहार भए पछि भबिस्यमा व्यवसायी गर्न र आफ्नै घरमा यी प्रशोधित प्रकार बनाउन अरुको भर पर्नुपर्दैन ।

प्रधानाध्यापक विरबल यादबले विद्यार्थीहरुको लागि कुनै पनि संकायमा कुनै कमिहुन दिदैन र संकायको सम्पुर्ण सामग्री विद्यालयमा छन।

सम्वन्धित समाचार :