कोभिड -१९ को दोस्रो लहरबाट त्राण नपाउँदै अर्को नयाँ भेरियन्ट`ओमिक्रोन´(बी १.१५२९) को त्रास बढेको छ ।कोभिडको नयाँ भेरियन्ट संक्रमणले विश्वव्यापी रुपमा चिन्ता थपेको छ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय उपाध्यक्ष तथा कर्मचारी मोर्चा प्रदेश नम्बर दुईको इन्चार्ज रामउदगार यादवले पत्रकार संग कुरा गर्दै नेपाल लगायत देश बिदेशमा बसोबास गर्ने सम्पुर्ण नागरिकहरुमा हिन्दुहरुको महान पर्व माघेसंक्रान्तिको उपलक्ष्यमा सुभ कामना ब्यक्ति गरेका छन्। तराई मधेसमा निरन्तर बढेको चिसो र शीतलहरको कारण मध्य तराईको जनजीवन प्रभावित बन्दै गरेका छन्।बिहानै देखि पर्ने शीतलहर कुहिरो र चिसो हावा बतासले कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या हुने गरेको छ्। सितलबाट जोगिन सम्पुर्ण समुदायलाई आग्रह गरेका हुन। घरमै सुरक्षीत बस्न र झोल पदार्थ सेवन गर्न उपाध्यक्ष यादवले आग्रह गरेका हुन।आउदै गरेको हिन्दुहरुको महान पर्व माघेसंक्रान्ति पर्वमा घरमै बसेर रमाइलो गर्न र एक आपसमा सुभकामना अदान प्रदान गर्न आग्रह गरेका हुन्।