गोलबजार ।सिरहाको गोलबजारमा दुई किराना पसलमा सटर तोडेर लाखौंको चोरी गरको छ ।
गोलबजार नगरपालिका वडा नम्बर –६ गुम्बा चौक स्थितको मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको समान तथा दुबै पसलगरि एक लाख नगद चोरी गरेकोे हो ।


चोरले किराना पसलको सटरलाइ तोडेर मनोज इन्टरप्राइजेजबाट १५ बेन्डल सुर्या चुरोट ,२० बेन्डल सिखर चुरोट , दुइ लाख बराबरको रिचार्ज कार्ड ,एक थान (डेल कम्पनिको )ल्यापटप र काउन्टरमा रहेको नगद रु ५० हजार चोरी भएको पसल संचालक मनोज साहले जनाएको छ ।


त्यसैगरि लक्ष्मी जेनरल स्टोरबाट १० बन्डल सुर्या चुरोट ,१५ बेन्डल सिखर चुरोट ,१ लाख बराबरको रिचार्ज कार्ड र काउन्टरमा रहेको नगद रु ५० हजार चोरी भएको प्रहरीले जनाएको ।
चोरीको आसंकामा दुई जनालाई पक्राउ गरि अनुसंधान भइरहेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्चार्ज सन्तोष राइले बताए ।

सम्वन्धित समाचार :