लहान ।सिरहाको धनगढीमाई नगरपालिकामा आफ्नै श्रीमतीको कुटाई बाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिक रहेका छन्। विहीबार आफ्नै श्रीमतीको कुटाइबाट बिक को मृत्यु भएको हो।
आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क माया बिकले दाउराको चिरपटले टाउकोमा हिर्काई गम्भीर घाइते भएका टेक बहादुरको उपचारको लागि आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डि एस पी सुवास बुढाथोकीले बताएका छ्न।
शव धनगढिमाई नगर पालिका-१३ स्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर बिकको घरमा राखिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कुटपिट गर्ने श्रीमती हर्क मायालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहा ले जनाइएको छ।
शव पोस्टमार्टम को लागि लहान स्थित रा. उ . अस्पतालमा पठाइएको प्रहरी ले जनाइएको छ।
© 2025: Sima Post | All right reserved | Privacy Policy