लहान ।सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ गणेशपुरमा मिथिला लघुवित संस्था समुद् घाटन कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले सत्य युगमा दानव र देवताबीचको युद्ध जसरी हुन्थ्यो सायद त्यही प्रकृति रउद्देश्यबाट आज पनि समाजमा द्वन्द्व भइरहेछ मात्र समय र परिस्थीति भिन्न छन्। जबजब सफलता सड्ढटमा देखिन्छ त्यहाँ महिला शक्तिको आवश्यकता महसुस गर्ने गरेको पाइन्छ
। शक्ति भन्नु नै महिलाहरू हुन भन्ने यथार्थतालाई भुलेर ममता र सहनशीलताको ओढ्ने ओढाएर खोरमा थुनेका समस्त महिला शक्ति अब सैद्धान्तिक, व्यवहारिक पक्षबाट नै आफ्नो अधिकार र कर्तव्यको खोजीमा घरबाट नीतिनिर्माण तहसम्म पुग्नका लागि अघि बढ्नैपर्दछ। मै खाउँ मै लाउँ मरून् सबै … यो विचार कसैले समाजबाट निम्टि्यान्न पार्न सक्छ भने ती महिलाहरू नै हुन् एउटी आमाको बलिदानी जीवनप्रति समाजले गौरव गरेर यसका परिणामबारे बुझ्न जरूरी छ। आडम्बरी सिद्धान्तबाट सभा र भेला सम्पन्न हुन सक्छ मानव जीवन र सम’दाय व्यवस्थित र विकशित हुन सक्दैन। सदा आफ्नो संस्कार संस्कृत्रि्रति वफादार महिलाहरूले आफ्नो अधिकारभन्दा अरुको सुख र शन्तिका लागि खर्चिएका महत्त्वपूर्ण समयहरू देश विकासमा दिन सके देशको मुहार कस्तो हुन्थ्ग्यो होला ? देशको आधा हिस्साभन्दा बढी जनसङ्ख्या भएका महिलाहरूले घरको सम्पूर्ण अभिभारा लिएर पनि समाज निर्माणमा समय दिँदा कस्तो प्रगति हुँदारहेछन् भन्नेतुलानात्मक हिसाब आइसकेको अवस्थामा पनि अझै महिलाको हरेक तह र तप्कामा सहभागी कम हुनु र नेतृत्वका लागि अघि आउँदा अवसर नपाउनुको पछाडि कारण के हुन सक्छ ? ।यस संस्थाले पनि महिला दिदिबहिनीलाई बिना धितो पाँच लाख लगानि गर्छ र पुरुष दाजुभाइलाई धितो राखेर १५ दिन्छ यहाँ पनि संस्थाले महिला दिदिबहिनीलाई समान नै गरेका छन ।
औरहि गाउँपालिका वडा नम्बर ४ अध्यक्ष उपेन्द्र यादवले सहकारी खुल्ने अभियान तीव्र रुपमा हुँदा धेरै जसो बहुउद्देशीय सहकारीहरु खुलेका छन् भने कृषि, दुग्ध, यातायात, फलफूल जस्ता विषयगत सहकारी संस्था एकदमै कम र त्यो विषयगत सहकारीले पनि बचत निर्माण र ऋण कार्यक्रम भन्दा अरुमा आफूलाई केन्द्रित गर्न नसकेको तीतो यथार्थता छ ।
अहिले कृषि जन्य उत्पादनले बजार पाउने सहज अवस्था छैन । सहकारीले बजारीकरणमा अगुवाई नगरी यस स्थिति सुधारिन गाह्रो छ । सहकारी संस्थाहरुले समूह बनाई, उत्पादन गर्ने, संस्था आफैंले कृषि उपज खरिद बिक्रि गर्ने, आफैं संकलन केन्द्र निर्माण गर्ने वा सो केन्द्रसम्म लैजाने प्रबन्ध मिलाउने, आफ्नै ब्राण्डमा उत्पादन बिक्रि गर्ने हो भने कृषि उत्पादनको बजारीकरणमा केहि हदसम्म सहजता ल्याउन सकिन्छ । सहकारीका सदस्यहरुले आफ्नो ईच्छा अनुसारको शेयर लगाएको हिसाबमा सहकारीको नाफा लिनेदेखि सबै क्रियाकलापमा सबै सदस्यको समान हैसियत हुन्छ । सहकारीले यस खाले पहलकदमी लिएको खण्डमा कृषि क्षेत्रको विकास, पुँजी निर्माण, सामजिक एकीकरण, उद्यमशिलता विकास, व्यवसायिकता, समानता जस्ता कुरामा सरकारले लिएको सोचलाई मूर्तरुप दिलाउन सघाउ पुर्यांउदछ । सरकारले आफ्ना विविध अनुदानका कार्यक्रममा सहकारीलाई परिचालन गर्न खोजेको देखिएपनि यसको प्रभावकारिता त्यति देखिन सकेको छैन ।
मिथिला लघुवित संस्थाको अध्यक्ष श्यामप्रसाद साहले यस संस्थाले ऋण दिने र लिने मात्र नगरेर आयमुलक सीपहरु जस्तै अचार बनाउने तालिम, सिलाई, बुनाईका क्रियाकलाप गरी मिथिला लघुवित्त संस्थाले आफ्ना सदस्यको वृत्ति विकासमा सघाउ पुर्याउन अर्गानिक उत्पादन, बाली उत्पादन, सहकारी खेती, सामुदायिक सिंचाई, कृषि पर्यटन, कृषि उपजको खरिद बिक्री। कृषि प्रशोधन उद्योग, मूल्य शृंखला, मह उत्पादन एवम प्रशोधन, पशु सुरक्षा कार्यक्रम,लैंगिक सशक्तीकरण, पिछडिएका वर्ग लक्षित कार्यक्रम गरेर एक समावेशी समाज निर्माणमा आजका मिथिला लघुवित्त ले भूमिका निर्वाह गर्छन् ।कार्यक्रममा किसान ,महिला दिदिबहिनी ,जनप्रतिनिधिको र स्थानीयको उल्लेखनीय उपस्थिति थिए ।