वीरगन्ज,२४ मंसीर /
स्थानीय सरकार विभिन्न तालिम ,गोष्ठि र भेलाको नाममा बजेट सकाउन थालेका छन । स्थानीय सरकारका जनप्रतिनिधिले महिला , युवालाई तालिम दिने बहाना रकम झवा्म पार्न थालेका हुन ।
बाराको परवानीपुर गाँउपालिका पनि यहि पथमा छ । नेपाल कै सबैभन्दा सानो गाँउपालिकाको रुपमा रहेको परवानीपुर गाँउपालिका तालिम, गोष्ठी र भेलाको नाममा बजेट सकाउनेमा चाँही पहिलो पालिका होला ।
किनभने ,गाँउपालिका प्रमुख हरीनारायण साह तालिम,भेला र गोष्ठिको नाममा रकम उठाउने र खाने परिचित नाम हो । स्रोतका अनुसार अहिले पनि गाँउपालिका प्रमुख साहको गोष्ठी ,भेला र तालिम गर्न आफ्नै संस्था छ ।
साह पहिले देखि नै आईएनजिओ चलाएर भ्रष्टचार गरेको कतिपय उदाहरण छन । आईएनजिओ चलाउने साह गाँउपालिका प्रमुखमा निर्वाचित भएदेखि नै यो तालिम,गोष्ठीको नाममा करौडौ रकम भ्रष्टचार गरेको गाँउपालिकाका कर्मचारीहरुले बेला बेलामा भन्छन ।
कर्मचारी स्रोतका अनुसार गाँउपालिका प्रमुख साह तालिम र गोष्ठीको नाममा करिब चार बर्षको अवधिमा एक करोड भन्दा बढि रकम कुम्लयाएका छन ।
गाँउपालिका प्रमुख साह विगत लामो समयदेखिको अनुभव यहि क्षेत्रमा देखाउँदै आएका छन । कर्मचारी स्रोतका अनुसार पालिकामा अन्य ४ वटा कार्यक्रम अन्य संस्थाले गर्दा कम्तीमा तिन वटा संस्था नाममा उनकै हुन्छ ।
यहि तालिमको नाममा मंगलबारदेखि सिलाई कटाई तालिम सुरु भएको छ । गाँउपालिकाको आर्थिक सहयोगमा एक महिने सिलाई कटाई तालिम सुरु भएको हो । जसको उद्घाटन गाँउपालिका प्रमुख साह आफै गरेका छन ।
भने साक्षीमा वडा नम्बर २ का वडा अध्यक्ष ईश्वरी साह छन । दुबै जना सिलाई गर्ने मेशीनमा तस्वीर नै खिचाएका छन ।
बेला बेलामा पालिकाले व्यावसायिक तथा सिप विकास तालिमको नाममा करिब करोड रुपैयाँ रकम भुक्तानीका लागि फर्जी काम आरोप लाग्दै आएको छ । चालु आर्थिक बर्ष सुरु भएको केहि महिना पछि र आर्थिक बर्षको अन्तिम असारमा सञ्चालन गरेर रकम भ्रष्चार गर्दै आएको छ ।
अनियमित कार्यलाई नियमित बनाउन सेवाप्रदायक संस्था स्किल डेभलपमेण्टको नाममा लागिपरेका छन् । पालिकामा तालिमको नाममा अनुगमन गरे जस्तो गरेर भत्ता र कार्यक्रमको प्रलोभनमा पारी व्यावसायिक तथा सिप विकास तालिम शीर्षकको लाखौ लाख रुपैया घोटाला गर्न लागिएको छ ।
सिलाई तालिम ३ सय ९० घण्टाको हो । तर तालिम प्रदायक संस्थाले प्रतिदिन ३ घण्टाको दरले गराइरहेको तालिम एक महिनामा सकाउने लक्ष्य पाएको छ । जुन तिन मसान्तभित्र सम्पन्न गर्नुपर्ने हो । यीनीहरुले तीनदेखि दिनको तीन घण्टा हुने तालिमले एक मसान्तसम्म तोकिएको समयसीमा पूरा गर्न सक्दैन ।
यस्तो अवस्थामा कागजमा ३ सय ९० घण्टा तालिम गराएको देखाएर रकम भुक्तानी गरी संस्थासाग कमिशनका लागि पालिकाले पदाधिकारीहरुले नै फर्जी काम गराइरहेका छन् । व्यावसायिक तथा सिप विकास तालिमको नाममा स्थानीय सरकारले गरेको फर्जी काममाथि गम्भीर रुपमा अनुसन्धान हुन आवश्यक छ ।