![](https://simapost.com/wp-content/uploads/2021/11/1.jpg)
सिरहा । सिरहाको बिष्णुपुर बजारमा केहिदिन यतादेखी पटक पटक चोरी घटनाले असुरक्षित बन्दै गइरहेको छ ।
मुख्य राजमार्गको छेउमै रहेको सिद्धी बिनायक गार्मेन्टमा शनिबार साझ लाखौंको समान चोरी भएको छ ।
गार्मेन्टका सन्चालक दिपेन्द्र कुमार सिंह साझको ८ बजे समयमा गार्मेन्ट बन्द गरेर घरतिर खाना खान गएको मौका छोपी चोरी गरेका छन ।
गार्मेन्टबाट १ लाख नगद सहित २.५ तोलाको सुन,क्यामरा र मोबाइल चोरी भएको प्रहरिले जनाएको छ ।
घटनाबारे बुझन जादा ईलाका प्रहरि कार्यालय बिष्णुपुरका इन्चार्ज प्रकाश खडका साझमा घटना भयो बिहान छुट्टी लिएर काठमाण्डौ तिर गयो भनि बुझन आयो,यसले थप प्रहरि माथी नै संका उपसंका जागेको स्थानीयहरुको भनाइ रहेका छन ।
केहि दिन पहिला नाया बनेको भेटनरि अफिसबाट कम्पयुटर लगायतका सामग्रीहरु चोरी भएको थियोे ।
बिष्णुपुर बजारमा पटक पटक घटना दोहरिदा पनि प्रहरि मुखदर्सक बनेका छन । यतिबेला प्रहरि प्रशाशनको रबैया देखेर आफ्नो जिउधन असुरक्षित महसुस गरेका छन ।
![](https://i0.wp.com/nepalaction.com/wp-content/uploads/2021/11/2.jpg?resize=576%2C1024&ssl=1)
![](https://i0.wp.com/nepalaction.com/wp-content/uploads/2021/11/3.jpg?resize=640%2C360&ssl=1)
![](https://i0.wp.com/nepalaction.com/wp-content/uploads/2021/11/4.jpg?resize=576%2C1024&ssl=1)
![](https://i0.wp.com/nepalaction.com/wp-content/uploads/2021/11/5.jpeg?resize=640%2C360&ssl=1)