वीरगन्ज,१४ कातिक/
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा नेकपा एमालेको वडा अधिवेशनको उदघाटन शत्र सम्पन्न भएको छ । वडा कमिटिको आयोजनामा परवानीपुर बजारमा वडा अधिवेशनको उदघाटन शत्र सम्पन्न भएको हो ।
नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं वडा नम्बर ३ का वडाअध्यक्ष नविन यादवको अध्यक्ष्तामा भएको उदघाटन शत्रले आईतबार हुने बन्द शत्र मार्फत नयाँ नेतृत्व चयन गर्ने छ ।
उदघाटन शत्रका प्रमुख अतिथि नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरीले सम्बोधन गर्दै यो अधिवेशनले चयन हुने नयाँ नेतृत्वले पार्टीलाई बलियो बनाएर अगाडी बढ्ने विश्वास व्यतm गरेका छन ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय सदस्य अच्युत मैनालीले नयाँ नेतृत्वले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्ने गरी काम गर्ने बताए ।
नेकपा एमाले प्रदेश कमिटि सदस्य जयप्रकाश यादवले पनि वडा अधिवेशनले पार्टी मजबुत भए निर्वाचनमा पनि सकरात्मक नतिजा आउने दावि गरे ।
यस्तै नेकपा एमाले प्रदेश कमिटि सदस्य रामपाल यादवले चयन हुन थालेको नयाँ नेतृत्वमा प्रभावशाली युवा समावेश हुन भएकाले अब अगामी निर्वाचनमा नेकपा एमालेको पक्षमा सफलता हुने विश्वास व्यतm गरे ।
नेकपा एमाले प्रदेश कमिटि सदस्य अमर यादवले अब युवा बिनाको नयाँ नेतृत्व नहुने नभएकाले युवाले अब पार्टी चलाउन आग्रह गरे ।
त्यस्तै प्रेस चौतारीका सदस्य तिवारी यादवले पनि नयाँ चयन हुने कमिटिमा नेतृत्वलाई व्यतिmवादी नबनाई जनमैत्री कमिटि बनाउन आग्रह गरे ।
उदघाटन शत्रमा नेताहरु रामक्षेत्री पटेल , मोबिन आलम , सोतन यादव , उमेश गुप्ता , अनेरास्ववियुका केन्द्रिय सदस्य प्रशान्त यादव , परवानीपुर युवा समाजका अध्यक्ष धनराज गुप्ता लगायतकाले मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार :