Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रदेश २मा तस्करीराज

Sima Post Sima Post
११ कार्तिक २०७८, बिहीबार
प्रदेश २मा तस्करीराज
86
SHARES
268
VIEWS
Share on FacebookShare on Twitter

असोज १७ गते ठूलो ग्यालेनमा डिजल भरेर पारि गइरहेको ना ३ त २५६६ नम्बरको ट्याक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लियो। प्रहरीले वीरगन्जको जानकी टोलाको बाटो हुँदै भारततर्फ लाँदै गरेको अवस्थामा जगरनाथपुर गाउँपालिका–२ बाट ट्र्याक्टरसहित ७० लिटर डिजेल फेला परेको थियो। ट्र्याक्टर चालक भने फरार भएको प्रहरीले जनाएको छ।

असोज २७ गते पर्साको वीरगञ्जस्थित आइसिपी गेटबाट प्रहरीले ग्याँस बुलेटबाट १२० किलो लागुऔषध गाँजा बरामद गर्यो। एलपी ग्याँस बोक्ने एनएल ०१ के ०७५४ नम्बरको भारतीय ट्यांकरको चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको पर्सा प्रहरीले जनाएको छ। ग्यास बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।

असोज १९ गते पर्साको वीरगन्ज महानगरपालिका १६ बाट प्रहरीले एमपी ०७ एचबी १३६२ नम्बरको मालबाहक भारतीय ट्रक नियन्त्रणमा लिई ठूलो परिमाणमा विभिनन किसिमका चकलेट बरामद गर्‍यो। ट्रकमा लोड समानको तौल र मूल्य फरक पारी ब्राण्ड उल्लेख नगरी सुगर ललिपपको नाममा कम मूल्यांकन गरी प्रज्ञापन बनाई बिना भिसिटिएस उक्त सामान भित्र्याइएको थियो।

भन्सार राजस्व छल्न ब्राण्ड उल्लेख नगरी भित्र्याइएको एम्बीक ह्यापी किड्स चकलेटसहित ट्रक र चालकसहित ७३ लाख मूल्यांकन गरी प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो।

देशकै प्रमुख भन्सार नाकाबाट भैरहेको अवैध आयातको फेहरिस्त लामै छ। साउन २३ गते साउन २३ मा वीरगन्जबाट धाराका सामान लोड गरी काठमाडौं लैजाने क्रममा प्रहरीलाई शंका लागेपछि ट्रक नियन्त्रणमा लियो। अनुसन्धान गर्न राजस्व कार्यालय पथलैया पठायो। आयात गरिएका सामानको स्रोत देखाउन नसकेपछि वीरगन्जको जया एन्ड जिया इम्पेक्सलाई राजस्व अनुसन्धान कार्यालय पथलैयाले भदौ पहिलो साता ४२ लाख रूपैयाँ जरिवाना गर्‍यो।

राजस्व कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंकप्रसाद पाण्डेयका अनुसार राजस्व छलीका वस्तु बोकेको शंका लागेपछि प्रहरीले उक्त फर्मको सामान लोड भएको ट्रक राजस्व कार्यालयमा बुझाएको थियो। उनले भने, ‘जया एन्ड जियाले सामानको कागजात पेश गर्न नसकेपछि ४२ लाख रूपैयाँ जरिवाना गरिएको छ, अनुसन्धान जारी छ।’

भदौ २० गते राति वीरगन्ज महानगरपालिका–१४ गण्डकबाट प्रहरीले चितवन जाँदै गरेको ना.३.ख ५१६५ र ना.३.ख ५५२५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा ७ महिना पुरानो मितिको प्रज्ञापनपत्र फेला पर्‍यो। ट्रकमा २०७७ माघ २२ र अर्को ट्रकमा साउन २२ को प्रज्ञापनपत्र फेला परेको थियो।

सामानको बिलबिजक चाहिँ भदौ १८ र भदौ १९ मा काटिएको थियो। ट्रकमा कपडा, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स आइटम लोड भएका थिए। दुवै गाडीमा प्रज्ञापनपत्र र बिलबिजकको मितिमा धेरै फरक देखिएकाले भन्सार राजस्व छलीका वस्तु पुरानो मितिको प्रज्ञापनपत्रमा पठाउन लागिएको आशंकामा ट्रक नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठायो।

भदौ २३ गते वाराको इलाका प्रहरी कार्यालय अमलेखगन्जले इट्टा बोकेको ना.५.ख ८८४६ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर जाँच गर्दा त्यसमा १५ लाख मूल्य बराबरको ९ पोका कपडा बरामद ग¥यो। काठमाडौंका लागि कलैयाबाट इँट्टा बोकेको ट्रकले वीरगन्जको आदर्शनगर क्षेत्रबाट कपडा पनि लोड गरेको सूचना पछ्याउँदै प्रहरीले जाँच गर्र्दा नौ पोका कपडाका कुनै कागजात फेला परेन।

असोजको पहिलो सात्ता महोत्तरीको लोहारपट्टी नगरपालिका ६ बाट भन्सार छलीका कपडा लोड गरिएकोे बीआर ३०ए २०४६ र अर्को नम्बर प्लेट नभएको मोटरसाइकल प्रहरीले बरामद गर्यो। दुवै मोटरसाइकलका चालक फारर भएको प्रहरीले जनायो। उक्त मोटरसाइकलमा विभिन्न ब्राण्डका ६ लाख बराबरको कपडा कारबाहीका लागि मालिबारा भन्सार कार्यालयमा बुझाइयो।

माथिका यी प्रतिनिधिमूलक घटना मात्र हुन। पछिल्लोसमय प्रदेश २ मा तस्कर राजु चलेको छ। वीरगन्ज, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी क्षेत्रबाट अवैध कारोबार फस्टाएको छ। कारोबारीका अनुसार भारतबाट न्यून बिजकीकरण र भन्सार राजस्व छली भित्रिएका वस्तु सीमावर्ती गाउँसहर हुँदै मुख्य सहरमा ल्याएर अन्य सहरमा पठाउने गरिएको छ। अवैध रूपले भित्रिएका वस्तुको बिलबिजक काटेर सपोर्टिङमा पुरानो प्रज्ञापनपत्र राखेर विभिन्न सहर पठाउन थालिएको छ,’ एक कारोबारीले भने।

पछिल्लोसमय नेपालबाट भारत तस्करी हुनेमा एउटा आइटम थपिएको छ, इन्घन। अहिले वीरगन्जदेखि सप्तरीसम्मका सीमावर्ती क्षेत्रमा इन्धनको भारत तस्करी फस्टाएको छ। भारतभन्दा नेपालमा सस्तो हुँदा डिजेलको तस्करी हुन थालेको छ। 

नेपालको तुलनामा हाल भारतमा डिजेल र पेट्रोल क्रमशः २७ र ३० रूपैयाँ महँगो पर्छ। त्यसैले नेपालबाट भारततर्फ तस्करी बढेको हो। अहिले यस प्रदेशका जिल्लामा प्रतिलिटर पेट्रोल १२८ रूपैयाँ पर्छ भने डिजेल प्रतिलिटर १११ रूपैयाँमा बिक्री भइरहेको छ। तीन वर्षयता भारतमा भन्दा नेपालमा इन्धन सस्तो पर्दै आएको छ।

त्यसैले भारततर्फ इन्धन तस्करी भइरहेको हो। सीमावर्ती बजारका पेट्रोल पम्पमा इन्धन भर्न आउने भारतीय सवारीसाधनको चाप बाक्लै हुन्छ। मोटरसाइकलदेखि चारपांग्रे सवारी आउने गरेका छन। भारतबाट मालसामान बोकेर वारि आउने सवारीसाधन इन्धन भरेर फर्कने गरेका छन। ग्रामीण नाकामा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति हुँदासमेत यदाकदा मात्र इन्धन तस्कर पक्राउ पर्नुले सेटिङ प्रष्ट हुन्छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जिल्लाको ग्रामीण भेगबाट भारततर्फ इन्धन तस्करी बढी हुने गरेको बताए। ‘विशेष गरी खेतीपाती प्रयोजनका लागि जेनरेटर तथा ट्र्याक्टरमा प्रयोग गर्न भनी ट्र्याक्टरमै बोकेर खेततर्फ लग्ने चलन छ,’ उनले भने, ‘खेतीपातीको बहानामा इन्धन भारततर्फ लग्ने गर्छन्, नियन्त्रणका लागि सक्दो प्रयास जारी छ।’

सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरका अनुसार तस्करीलगायतका अवैध कार्य नियन्त्रणका लागि निर्ममतापूर्वक लागिपरेको बताए। हरेक सीमानाकामा सुरक्षाकर्मी तैनाथ रहे पनि तस्करीको सामान समातिन नछाडेकोले पनि सेटिङमा तस्करी भएको पुष्टि हुन्छ। 

चाडपर्वहरू नजिकिदै गएपछि भारतबाट नेपाल र नेपालबाट भारततिर हुने तस्करीमा झन् वृद्धि भएको छ। कपडा, खाद्यान्न सामग्रीहरू, स्पेयर पार्टस्, भैसी–राँगा, बिस्फोटक पदार्थ पटाकालगायतका विभिन्न सामानहरू भारतबाट तस्करीको माध्यमबाट नेपालमा भित्रिने गरेको पाइएको छ। यसै गरी नेपालबाट इलाइची, मरिच, केराउ, मदिरा, छोहरा, डिजेल, पेट्रोललगायतका सामान भारततर्फ तस्करीको माध्यमबाट जाने गरेको पाइएको छ। सभार नागरिक



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

११ कार्तिक २०७८, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

११ कार्तिक २०७८, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

११ कार्तिक २०७८, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

११ कार्तिक २०७८, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

११ कार्तिक २०७८, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

११ कार्तिक २०७८, बिहीबार
Next Post
चीन खासगरी नेकपा फुटाउने फैसलामा असन्तुष्ट

चीन खासगरी नेकपा फुटाउने फैसलामा असन्तुष्ट

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी