Shares

सिरहा/असोज ३० गते । सिरहामा झिझिया नाचको बिषयमा विवाद हुँदा भएको झगडाको क्रममा एक जनाको ईनारमा खसेर ज्यान गएको छ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ भाइजिटोलका भुनेश्वर महतोको १७ वर्षिय छोरा सत्रुधन महतोको मृत्यू भएको स्थानीयहरुले जनाएको छ ।गएराती सो ईनारमा ४ जना खसेका थिए । दुई जनालाई स्थानीय प्रहरीले ईनारबाट जिवितै उद्धार गरेको थियो भने त्यतिबेला ईनार गहिरो भएर प्रहरीले शत्रुधनलाई देख्न सकेनन् । एक जना भने आफैँ निस्केका थिए ।

सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं. ३ चोहर्बास्थित झिझिया नाचको बिषयलाई लिएर भएको झगडाको क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेको छ ।उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताईको छ ।

त्यहाँ आयोजना गरिएको झिझिया कार्यक्रमको क्रममा मेला समिति र झिझिया नाच्ने गोलबजारको टीम सोमनी नामक टिमबीच स्टेजमै विवाद भएको थियो । सो टिमकी एक किशोरीले झिझिया बाहेकको गीतमा नाच गरेपछि समितिसँग विवाद भएको थियो ।

समितिको तर्फबाट एक वृद्धले किशोरीलाई झिझियामा मात्र नाच गर्न भनेपछि किशोरीले झिझियामा मात्र नाच्ने हो भने स्टेज किन बनाएको भनेर जवाफ फर्काएपछि विवाद भएको थियो । सोही विवादको क्रममा पछि झगडा भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी, यसको पुष्टि भने भएको छैनन् ।घटनाबारे पनि अनुसन्धान भईरहेको जनाएको छ ।

साभारः न्यूज ब्युरो

सम्वन्धित समाचार :