लहान ।नेपाली काग्रेसका सजिल्ला सभापती तथा संविधान सभासदस्य रामचन्द्र यादवले स्थानीय तहमा हुने अनियमिता विरुद्ध पत्रकारहरुले खुलेर कलम चलाउने बेला भएको बताए ।

आफ्नै निवास धनगढीमाई नपा १० जिरोमाईलमा आयोजित दशैं शुभकामना आदान–प्रदान कार्यक्रममा नेता यादवले स्थानिय तहमा भ्रस्टाचारले सीमा नाघेको भन्दै त्यसको विरुद्ध पत्रकारहरुको कलम चल्नु पर्ने बताएको हो ।


उनले जुनसुकै दलले जितेकोभएपनि स्थानीय तहले गरेको अनियमिततालाई सञ्चार माध्यममार्फत उजागर गरे भोलिका दिनमा न्यूनिकरण हुने विश्वास व्यक्त गरे । उनलेभने, ‘मेरै पार्टी वा म नै किन नहोस्, भ्रष्टचारको विरुद्धमा तपाईहरु कलम चलाउनुहोस्, म तपाईहरुको साथमा रहन्छु ।’


सोही क्रममा आसन्न १४ महाअधिवेन अन्तर्गत जिल्लाका सवै कार्यक्रमहरु दशैं लगतैबाट सुरु हुने सभापती यादवले बताए । उनले जिल्लाको क्रियाशिल सदस्य डुङ्गो लागिसकेको भन्दै दशैंको एक दुई दिन पछिबाटै वडा, स्थानीय तह र जिल्लाको निर्वाचन प्रकृया सुरुहुने बताए । उनले जिल्लामा ११ हजार क्रियाशिल सदस्य रहेको जानकारी दिए ।


सभापति यादवले यो अधिवेनमा सर्वसम्मत सभापतिम चयन हुने त्यो आफूनै भएको विश्वास व्यक्त गरे ।

सञ्चारकर्मीले तपाई यो पटकको उमेद्वार हो की होइन ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले म आफै सभापती छु, अभिवेशनले पनि मलाई नै छान्नेमा म ढुक्क छु, त्यसैले उम्मेवारी घोषणा गर्नुको अर्थ छैन ।’

सम्वन्धित समाचार :