लोसपाले माग्यो मुख्यमन्त्री राउतको राजीनामा
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।

सोमबार लोसपा नेपाल प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग आयोगले मारेको छापाका कारण प्रदेश सरकारको गरिमामा नै असर परेको भन्दै मुख्यमन्त्री राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निश्कर्ष बैठकले निकालेको हो ।

मुख्यमन्त्री राउतले सञ्चालन गरेको ‘बेटी बचाउ बेटी पढाउ, मुख्यमन्त्री स्वच्छता कार्यक्रम, विमा कार्यक्रम’ लगायतको बारेमा विभिन्न कोणबाट प्रश्न उठेको र यसको जवाफ मुख्यमन्त्री कार्यालयले दिनुको सट्टा उल्टै आयोगमाथि विभिन्न आरोप लगाएर भ्रष्टाचारलाई ढाकाछोप गर्ने प्रयास भइरहेको लोसपाको आरोप छ ।

सम्वन्धित समाचार :