जनता माध्यमिक (प्राबिधिक) विद्यालय बरियारपट्टीले आफ्ना १० जना शिक्षकहरुलाइ ७५ प्रतिशत अनुदानमा ल्यापटक प्रदान गरेको छ । शिक्षणकार्यलाई प्रविधिमैत्रि बनाउन तत्काललाई १० जना शिक्षकहरुलाई विद्यालयको आन्तरिक स्रोतबाट खरिदगरी ल्यापटक प्रदान गरिएको हो ।
विद्यालयमा बाल विकास देखि कक्षा १२ सम्ममा ३३ जना शिक्षकहरु कार्यरत रहेकोमा हाललाई अति आवश्यक र आफूसँग ल्यापटम नभएकामध्ये १० जना शिक्षकलाई विद्यालयले ल्यापटक दिएको प्रधानाध्यापक विरवल यादवले बताए । उनले बाँकी शिक्षकहरुलाई क्रमिक रुपमा ल्यापटप उपलब्ध गराउने बताए ।
उनले अहिले प्राविधिक धार, ११ र १२ कक्षा पढाउने शिक्षकहरुलाई प्राथमिकतामा राखेर ल्यापटप दिएको जनाए ।
प्रधानाध्यपक यादवले विद्यालय नमुना कार्यक्रममा परेकोले पनि हामीले यसलाई प्रविधिमैत्रि बनाउँदै जानुपर्ने बताए । उनलेभने, ‘यो प्रविधिकको युग हो, हमीले यससँगै अगाडी बढ्दै जानुपर्छ र नमुना विद्यलय कार्यक्रममा पनि परेकोले हामीले ल्यापटक दिनसुरुगरेका हौं । बाँकी शिक्षकहरुलाई पनि स्रोत जुट्दै गएपछि उपलब्ध गराउँछौं ।’विद्यालयलाई प्रविधिमैत्रि बनाउन प्रोजेक्टर, स्मार्ट बोर्डहरुपनि जडानकार्य भईरहेको उनले सुनाए । उनले तत्काललाई १ थान स्मार्ट बोर्ड र २ वटा प्रोजेक्टर समेत खरिद गरीएको बताए ।