काठमाडौं । लाेकतान्त्रिक समाजवादी पार्टीका भातृसंगठनहरुले चीनकाे विस्तारबाद ,सिमा अतिक्रमण विरुद्ध प्रदर्शन गरेका छन ।
लोसपा नेपाल निकट युवा संघ, विद्यार्थी संगठनले नेपालको भुमी चीनकाे बिस्तारवाद नितिको विरुद्ध आज काठमाडौंको माइतीघर मण्डलामा शान्ति पुर्ण बिरोध गरिएको छ। नेपालको ७ जिल्लाको ११ ठाँउमा र करिब चार सय वर्ग किलोमिटर नेपाली भुमी अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन बिरोध गरिएको छ।
नेपाल सरकारले बनाएको समितीले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नको लागि माग राखि नेपाली भुमी अतिक्रमण गर्न पाइदैन मुल नाराको साथ आज बिरोध प्रदर्शन गरिएको छ। युवा अध्यक्ष मुकेश झाको नेतृत्व र विद्यार्थी नेता रन्जित निस्पक्ष, युवा अध्यक्ष रन्जित सिंह नेता प्रमोद झा, प्रमेश साह, ज्ञानेन्द्र झा लगायत नेताहरुको उपस्थिति थियो।