Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

भारतको पिथौरागढमा संयुक्त सैनिक अभ्यास गर्दै भारतीय सेना र नेपाली सेना ,

न्युजडेस्क न्युजडेस्क
४ आश्विन २०७८, सोमबार
भारतको पिथौरागढमा संयुक्त सैनिक अभ्यास गर्दै भारतीय सेना र नेपाली सेना ,
26
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

कोरोनाले रोकिएको संयुक्त सैनिक अभ्यास भारतसँग सुरू, अमेरिका र चीनसँगको मिति तय गर्न गृहकार्य
काठमाडौँ ।नेपाली सेनाले कोभिड–१९ का कारण झन्डै डेढ वर्षदेखि रोकिएको संयुक्त सैनिक अभ्यास सुरु गर्दैछ। भारतको पिथौरागढमा असोज ४ देखि १७ सम्म हुन लागेको नेपाल–भारत १५ औं ‘सूर्यकिरण’ संयुक्त अभ्याससँगै रोकिएका सैनिक गतिविधिले निरन्तरता पाउन लागेका हुन् ।

सेनाले सैनिक सम्पर्क वृद्धि गर्ने तथा सीप र कलाहरू आदानप्रदान गर्ने उद्देश्यले दशकयता मुख्यगरी भारत, अमेरिका, चीन र बेलायतसँग अभ्यास गर्दै आइरहेको छ । सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले कोभिड–१९ का कारण रोकिएका सैनिक अभ्यास, तालिम, सेमिनार र अन्य गतिविधिलाई अब अघि बढाउन लागेको जानकारी दिए । उनले भारतसँग संयुक्त सैनिक अभ्यासका लागि नेपाली टोली असोज २ मा पिथौरागढ पुग्ने जानकारी दिए ।
भारतसहित अन्य मुलुकसँग गरिँदै आएको संयुक्त सैनिक अभ्यास सम्बन्धलाई पनि ती देशका सेनासँग गृहकार्य गरेर अघि बढाउने उनले प्रस्ट पारे । ‘चीन र अमेरिकासँग संयुक्त अभ्यासको सम्बन्धमा गृहकार्य भइरहेको छ, अमेरिकासँग छिट्टै मिति तय हुनेछ भने चीनसँग केही समयपछि निर्णय गर्ने योजना छ,’ उनले भने । नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गर्दै आएको छ । एक वर्षमा नेपाल र भारतमा एक–एक पटक अभ्यास हुँदै आएकोमा कोभिड–१९ संक्रमण सुरु भएपछि रोकिएको थियो ।

नेपालले उत्तरी छिमेकी चीनको जनमुक्ति सेनासँग सन् २०१७ देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास गर्न थालेको हो, जसको दोस्रो संस्करण सन् २०१८ मा चीनको छेन्दुमा भए पनि तेस्रो संस्करण कोरोना संक्रमणका कारण रोकिएको छ । चीनसँगको संयुक्त अभ्यासका लागि गृहकार्य भइरहेका प्रवक्ता पौडेलले बताए । चीनसँग नेपालले प्रतिआतंकवादको सामना गर्ने प्रशिक्षण गर्दै आइरहेको छ ।

अमेरिकी सेनाको विशेष फौजसँग माओवादी द्वन्द्वकालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रूपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेक नेल’ लाई अघि बढाएको हो । उक्त अभ्यास पनि कोरोनाकै कारण रोकिएको छ । अमेरिकासँग हुने विपद् व्यवस्थापनसम्बन्धी संयुक्त सैनिक अभ्यासको तयारी भने अन्तिम चरणमा पुगेको छ ।

बेलायती सेनाले वेल्समा गर्ने क्याम्ब्रिएन पेट्रोल नामक संयुक्त सैनिक अभ्यासमा नेपाली सैनिकले सहभागिता जनाउँदै आएका छन् कोभिड–१९ संक्रमणका कारण ‘रेड लिस्ट’ मा परेको उक्त अभ्यासको सम्बन्धमा गृहकार्य अघि नबढेको सैनिक प्रवक्ता पौडेलले बताए । अन्य मुलुकले नेपालमै आएर अभ्यास गर्ने गरे पनि बेलायतले भने नेपाली सैनिकलाई उतै बोलाएर संयुक्त अभ्यास गर्दै आइरहेको छ ।

सैनिक प्रवक्ता पौडेलका अनुसार भारतको उत्तराखण्डस्थित पिथौरागढमा हुन लागेको १५ औं सूर्यकिरण संस्करणमा दुवै मुलुकका तर्फबाट बटालियन स्तरको संयुक्त प्रशिक्षण हुनेछन् । मुलुकअनुसार बटालियनको संख्या फरक हुन्छ । मुलुकअनुसार सेनामा ७ सय ५० देखि ८ सय ५० जनासम्मका बटालियन हुन्छन् ।

‘अहिले गरेको चाहिँ बटालियन स्तरको संयुक्त प्रशिक्षण हो, नेपालबाट ३०० जनाको पल्टन अभ्यासमा गएको छ, जसमा तीनवटा कम्पनी छन्,’ उनले भने । नेपाली सेना र भारतीय सेना दुवै पक्षबाट अभ्यासमा महासेनानीले नेतृत्व गर्नेछन् । भारतीय सेना र नेपाली सेनाबीच प्रतिविद्रोह र जंगल कला अभ्यास हुने उनले जानकारी दिए । भारतबाट ३ सय ५० सैनिकले सहभागिता जनाउनेछन् ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

४ आश्विन २०७८, सोमबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

४ आश्विन २०७८, सोमबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

४ आश्विन २०७८, सोमबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

४ आश्विन २०७८, सोमबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

४ आश्विन २०७८, सोमबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

४ आश्विन २०७८, सोमबार
Next Post
आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) सहाराका प्रमुखको मृत्यु

आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) सहाराका प्रमुखको मृत्यु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

2 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

4 weeks अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

4 weeks अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी