Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अफगानिस्तानमा फसेका ३४ जना नेपाली नागरिक गुरुद्वाराको आश्रयले जोगायो ज्यान

न्युजडेस्क न्युजडेस्क
३० भाद्र २०७८, बुधबार
अफगानिस्तानमा फसेका ३४ जना नेपाली नागरिक गुरुद्वाराको आश्रयले जोगायो ज्यान
10
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । । तालिवानले सत्ता कब्जा गरेपछि ३४ नेपाली घर फर्किने आशासहित विमानस्थल पुगेका थिए । तर, फर्किन पाएनन् । त्यसपछि उनीहरू ज्यान जोगाउँदै काबुलस्थित गुरुद्वाराको आश्रयमा पुगे ९तस्बिर० । उनीहरू विमानस्थलबाट निस्केको केही घन्टामा बम विस्फोट भएको थियो । अहिले युएनको सेल्टरमा रहेका उनीहरू उद्धारको पर्खाइमा छन् ।

अफगानिस्तानको राजधानी काबुलमा ३४ नेपाली स्वदेश फर्किने पर्खाइमा छन् । नेपाली सेनाबाट अवकाश पाएका १२ र भारतीय सेनाबाट अवकाश पाएका २२ पूर्वसुरक्षाकर्मीमध्ये कोही चार महिनादेखि त कोही डेढ वर्षदेखि काबुल पुगेर पनि बेरोजगार छन् ।

नेपालमा दलाललाई सात लाख बुझाएर गएका उनीहरूमध्ये अधिकांशले काबुल पुगेपछि अफगान दलाललाई थप चारदेखि आठ लाखसम्म बुझाएको बताएका छन् । तर, खाने र बस्ने सुविधाबाहेक उनीहरूले कुनै रोजगारी पाएनन् । तालिवान सत्तामा आएपछि ज्यान जोगाउँदै एयरपोर्ट र गुरुद्वारा हुँदै अहिले उनीहरू युएन एरियामा बसेका छन् । सबै रित्तोहात फर्किँदै छन् । संयुक्त राष्ट्रसंघीय कार्यालय र युनिसेफमा कार्यरत चार सय ७० नेपाली सुरक्षाकर्मीमध्ये सय र बेरोजगार अवस्थाका ३४ जनालाई चार्टर उडानबाट काठमाडौं ल्याउने भनिएको छ । तर, कहिले ल्याउने भन्ने अझै टुंगो छैन ।

‘रोजगारीका लागि आएका, तर चारदेखि १८ महिनासम्म काबुलमा रोजगारी पर्खेर बसेका हामी बेरोजगार थियौँ, अहिले पनि बेरोजगार छौँ,’ गोर्खाका एक नेपाली पूर्वसुरक्षाकर्मीले सुनाए, ‘तालिवान आइसकेपछि बाँचिएला कि नबाँचिएला भन्ने थियो, हामी होटेलबाट एयरपोर्ट गएर बस्यौँ । तर, उद्धार हुन नसकेपछि गुरुद्वारामा गएर बस्यौँ । भारतीय राजदूतावासमा पनि गयौँ, नेपाली र भारतीय दूतावासका सरहरूकोे सहयोगमा हामी युएन एरियामा आएर बसेका छौँ । अहिले हामी सुरक्षित त छौँ । तर, कहिले घर पुगिएला भन्ने भएको छ । हामीलाई पैसा डुबेको चिन्ताभन्दा पनि सकुशल घर कहिले पुगिएला भन्ने चिन्ताले सताएको छ ।’

काबुलमा रहेका नेपाली औपचारिक रूपमा बोल्न चाहँदैनन् । आफूहरू रहेको सेल्टर असुरक्षित रहेको सन्देश जाने भएकाले उनीहरूलाई मिडियामा नबोल्न भनिएको एक नेपालीले बताए । बेरोजगार ३४ जनामध्ये नेपाली सेनाका अवकाशप्राप्त तीन र भारतीय सेनाबाट अवकाशप्राप्त १० जना नेपालीमध्ये केही काबुलको रोसन प्लाजा होटेलमा १८ महिनादेखि बस्दै आएका थिए ।

लमजुङका एक नेपाली १८ महिनादेखि विनारोजगार होटेलमा बस्दै आएका थिए । ‘मैले पोखरातिरको एकजना नेपाली दलाललाई सात लाख रुपैयाँ बुझाएँ, काबुल आएर यहाँको दलाललाई पटक–पटक गरेर आठ लाख रुपैयाँ थप बुझाएँ,’ ती नेपालीले टेलिफोनमा भने, ‘काबुल पुगेको एक महिनाभित्र जागिर हुने र मासिक कम्तीमा पनि एक लाख २० हजार नेपाली रुपैयाँ कमाइ हुने भनेर आइयो । काम पाइएला भनेर दलालले मागेको पैसा पनि थप्दै गएँ, अब बेरोजगार अवस्थामा फर्किनुपरेको छ । त्यही पनि सुरक्षित घर पुगे त हुन्थ्यो ।’

दलालले खाने–बस्ने बस्दोबस्त भने होटेलमा राम्रैसँग गरिदिएको अर्का नेपालीले बताए । ‘अर्को सातादेखि कुनै दूतावासको जिम्मा लगाइदिन्छौँ, काम दिलाइदिन्छौँ भन्दाभन्दै धेरै महिना झुलाइदियो, अमेरिकाले काबुल छोड्नुभन्दा अगाडिसम्म पनि घर फर्काइदिन्छौँ, चिन्ता नगर भन्दै आयो, तर पछि दलालकै अत्तोपत्तो भएन,’ उनले भने, ‘हामीलाई उनीहरूले पासपोर्ट र कागजात दिए, खाने–बस्ने बन्दोबस्त होटेलमा बसुन्जेल राम्रै थियो । तर, जेका लागि आएका थियौँ, काम पाएनौँ । ऋणमा डुबेर फर्किने अवस्था आयो ।’

उडान खुल्नासाथ उद्धार : नेपाली राजदूतावास

नयाँदिल्लीस्थित नेपाली राजदूतावासले काबुल विमानस्थलबाट नागरिक उडान सुचारु भएलगत्तै नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता आएको बताएको छ । ‘काबुल विमानस्थलबाट नागरिक उडान सुचारु भएपछि उहाँहरूलाई त्यहाँको रोजगारदाता कम्पनीको खर्चमा चार्टर उडानमार्फत काठमाडौंसम्म ल्याइदिने प्रतिबद्धता व्यक्त भएको छ,’ दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘संयुक्त राष्ट्रसंघमा सुरक्षाकर्मीका रूपमा कार्यरत सयजना नेपालीलाई काठमाडौं ल्याउँदा ३४ जनालाई पनि ल्याउने ग्यारेन्टी सुरक्षा कम्पनीले गरेको छ । अहिले ३४ जना संयुक्त राष्ट्रसंघीय हाताभित्र सुरक्षित रूपमा बस्नुभएको छ । हामी सम्पर्कमा छौँ, समस्या केही छैन भन्नुभएको छ ।’

उनीहरूलाई स्वदेश नआउन्जेलसम्मका लागि खाने–बस्ने सुविधा उपलब्ध छ । दिल्लीस्थित दूतावासले गठन गरेको विशेष कार्यदलका संयोजकसमेत रहेका सुवेदीका अनुसार ३४ जनाको पिसिआर परीक्षणसमेत भइसकेको छ । उनीहरू सबैको रिपोर्ट निगेटिभ आएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतले भने नेपालले काठमाडौंस्थित अमेरिकी, भारतीय, जर्मनी र बेलायतको राजदूतावासमार्फत काबुलमा रहेका नेपालीलाई ती मुलुकका नागरिकसँगै उद्धारका लागि औपचारिक रूपमा प्रयास थालेको दाबी गरे । परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘हामीले निकै ठूलो कूटनीतिक प्रयासबाट एक हजारजना नेपालीलाई त्यहाँबाट उद्धार गराउन सफल भएका छौँ । ३४ जना बाँकी भएका नेपालीलाई पनि ग्रिन जोनमा लगेर राख्न कूटनीतिक प्रयास गरेका हौँ ।’

गृह मन्त्रालयले काबुलमा रहेका नेपालीलाई यताबाट जहाज पठाएर तत्काल ल्याउन सकिने अवस्था नभएको जनाएको छ । ‘परराष्ट्र मन्त्रालयको सहसचिव नेतृत्वको कार्यदलमा म पनि सदस्य छु । कार्यदलमा भएको छलफलका आधारमा म भन्न सक्छु कि अफगानिस्तानको काबुलमा रहेका नेपालीलाई तत्काल ल्याउनका लागि अहिले नेपालले जहाज पठाउने अवस्था छैन । किनभने काबुल विमानस्थल सहज रूपमा अझै सुचारु भएको छैन । नागरिक जहाज अझै अपेक्षित रूपमा सुचारु भएको छैन,’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा दुई दिनअघि आयोजित कार्यक्रममा गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलको भनाइ थियो ।

करिब नौ सय फर्किए, सयजना बाटोमा

अफगानिस्तानबाट उद्धार भएर अहिलेसम्म करिब नौ सय नेपाली स्वदेश फर्केका छन् । परराष्ट्रका अधिकारीहरूका अनुसार सयजना भने विभिन्न मुलुकका पारगमन बिन्दु ९ट्रान्जिट प्वाइन्ट०मा छन् । करिब एक हजार नेपालीले काबुल छाडेका छन् । ‘काबुलमा उद्धारको पर्खाइमा रहनुभएका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी पछिल्लो विज्ञप्तिमा भनिएको छ । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल अहिले ठप्पजस्तै छ । अमेरिकाले ११ दिनअघि आफ्ना सबै फौज र स्टाफ फिर्ता गरेसँगै काबुल विमानस्थल सहज रूपमा सुचारु भएको छैन ।

सरकार भन्छ– जहाज पठाएर तत्काल ल्याउन सक्ने अवस्था छैन

गृह मन्त्रालयले काबुलमा रहेका नेपालीलाई यताबाट जहाज पठाएर तत्काल ल्याउन सकिने अवस्था नभएको जनाएको छ । ‘परराष्ट्र मन्त्रालयको सहसचिब नेतृत्वको कार्यदलमा म पनि सदस्य छु । कार्यदलमा भएको छलफलका आधारमा म भन्न सक्छु कि अफगानिस्तानको काबुलमा रहेका नेपालीलाई तत्काल ल्याउनका लागि अहिले नेपालले जहाज पठाउने अवस्था छैन । किनभने काबुल विमानस्थल सहज रूपमा अझै सुचारु भएको छैन । नागरिक जहाज अझै अपेक्षित रूपमा सुचारु भएको छैन,’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा दुई दिनअघि आयोजित कार्यक्रममा गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलको भनाइ थियो ।

उडान खुल्नासाथ उद्धार

रामप्रसाद सुवेदी, दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख

काबुल विमानस्थलबाट नागरिक उडान सुचारु भएपछि उहाँहरूलाई त्यहाँको रोजगारदाता कम्पनीको खर्चमा चार्टर उडानमार्फत काठमाडौंसम्म ल्याइदिने प्रतिबद्धता व्यक्त भएको छ ।

संयुक्त राष्ट्रसंघमा सुरक्षाकर्मीका रूपमा कार्यरत सयजना नेपालीलाई काठमाडौं ल्याउँदा ३४ जनालाई पनि ल्याउने ग्यारेन्टी सुरक्षा कम्पनीले गरेको छ ।

अहिले ३४ जना संयुक्त राष्ट्रसंघीय हाताभित्र सुरक्षित रूपमा बस्नुभएको छ । हामी सम्पर्कमा छौँ, समस्या केही छैन भन्नुभएको छ  नयाँ  पत्रीका ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

३० भाद्र २०७८, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

३० भाद्र २०७८, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

३० भाद्र २०७८, बुधबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

३० भाद्र २०७८, बुधबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

३० भाद्र २०७८, बुधबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

३० भाद्र २०७८, बुधबार
Next Post
के चीनले अलीबाबाका संस्थापक ज्याकमालाई कार्यवाही गरेर प्रविधि कम्पनीहरुमाथि नियन्त्रण गर्न खाेज्दै छ ?

के चीनले अलीबाबाका संस्थापक ज्याकमालाई कार्यवाही गरेर प्रविधि कम्पनीहरुमाथि नियन्त्रण गर्न खाेज्दै छ ?

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी