वीरगन्ज ,३० भदौ ।

पर्सामा नेकपा (माओवादी केन्द्र) २०६४ साल यता प्रत्यक्ष रूपमा कहिले पनि  निर्वाचन जित्न नसकेको पार्टी हो ।

जिल्लामा माओवादी पार्टीको नाममा लिडर कम डिलर बढी भएकै कारण प्रत्यक्ष निर्वाचन जित्न सकेको इतिहास नै छैन ।

तर अहिले पुरानो माओवादीलाई बाइपास गर्न पार्टीमा केहि अवसरबादी माओवादी बनेर भित्रीएपछी आन्तरिक विवाद छताछुल्ल भएको छ।

केहि बर्ष अगाडि माओवादीमा भित्रीएकाहरुले नाम चलेका पुरानो माओवादीका नेताहरुलाई स्वीकार नै नगरी  काम गर्न थालेपछी आन्तरिक गुटको राजनीति बाहिरी रूपमा छताछुल्ल भएको हो ।

यो विवाद लामो समय देखि भएपनि करिब एक महिनादेखि बाहिरी रूपमा देखिएको आन्तरिक स्रोतले जनाएको छ ।

केहि साता अगाडि नेकपा माओवादी केन्द्र पर्साका जिल्ला अध्यक्ष विजय महतोको अगुवाइमा पार्टी अध्यक्ष प्रचण्डलाई भेटेको तस्बिर समाजिक संजालमा बाहिरीएको थियो ।

तर जिल्ला अध्यक्ष महतोको टोलि प्रचण्डलाई भेटेर जिल्ला नफर्कदै पुरानो माओवादी मध्येका जगरनाथपुर गाउँपालिकाका जालीम मियाको अगुवाइमा अर्को टोली पनि पुगेर प्रचण्डलाई भेटेको तस्वीर सार्वजनिक भयो ।

पार्टीमा रहेको जून विवाद त्यहीँ बेला नै अलगअलग प्रचण्डलाई भेटेको तस्वीरले णै पुष्टि गरिसकेको थियो ।

तर जिल्लाका कार्यकर्ताहरुले यसलाई स्वीकार गरेका थिएनन् । केहि साता ढिला भएपनि अहिले आन्तरिक विवाद  सार्वजनिक रूपमा आरोप प्रत्यारोप सहित नै बाहिरीएको छ ।

मुल पार्टीमा देखिएको गुटगत राजनीतिको प्रभाव भ्रातृ संगठन अनेरास्ववियू(क्रान्तिकारी)मा समेत देखिएको छ।

बुधबार भदौ २९ क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ वीरगन्जमा हुन लागेको क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी हुने गरि सम्पुर्ण तयारी पुरा भएको छ ।

पार्टीको जिल्ला कमिटीलाई समेत जानकारी नदिई आयोजना गर्न लागिएको सो सम्मेलनका कारण पार्टीमा बिवाद शुरु भएको छ।

बुधबार बिहान ११ बजेदेखी शुरु हुने भनिएको सम्मेलन रोक्न पार्टीका केन्द्रिय सल्लाहकारसहितका नेताहरुले पार्टीको प्रदेश–२ कमिटी, क्रान्तिकारीको केन्द्रिय कार्यालय र क्रान्तिकारीको प्रदेश–२ कमिटीलाई पत्र लेखेका छन्।

पर्साका नेता को कता तिर ?
पार्टीमा विवाद सुरु भएपछि दुईभाग गुटमा नेताहरु विभाजन भएका छन ।
अनेरास्ववियु क्रान्तिकारीको जिल्ला भेला रोक्नलाई पार्टीका केन्द्रिय सल्लाहकार जालिम मियाँ, प्रदेश–२ समिती सदस्यहरु छोटेलाल प्रसाद यादव, बाबुराम कौशिक, रामबाबु बैठा, संघिय सांसद शेष चाँद तारा ,प्रभु यादव लगायत पर्सा जिल्ला समितीका सदस्यहरुले हस्ताक्षर गरेका छन्।

उनीहरुले भेला रोक्नका लागि निकालेको पत्रमा ‘संकिर्ण मानसिकताका साथ केहि निश्चित व्यक्तिलाई मात्र संगठनको नेतृत्वमा राख्ने अभिप्रायले आयोजना भएकोले जिल्ला सम्मेलनको कार्यक्रम यथाशिघ्र स्थगन गरी संगठनलाई वृहत सहभागितामुलक बनाउन जोडदार माग गर्दछौ,’ पत्रमा लेखेका छन ।

यस्तै नेकपा माओवादी केन्द्र कि केन्द्रिय सदस्य उर्मिला अर्याल , पर्साका अध्यक्ष विजय महतो , युवा नेता रामदरश कुशवाहा,  महानगर इन्चार्ज रहबर अन्सारी , जिल्ला सदस्य एवं अनेरास्ववियु क्रान्तिकारी प्रदेश २ का सहइन्चार्ज प्रभाकर गुप्ता सहितका नेताहरुले कुनै पनि हालतमा कार्यक्रम सम्पन्न गर्ने गरी अडान लिएका छन   ।

सम्वन्धित समाचार :