Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सीमा विवाद अध्ययन गर्न सरकारी टोली हुम्लामा नाम्खा गाउँपालिकाका अध्यक्ष सङ्घीय राजधानी काठमाडौंमा नेता गुहार्दै

न्युजडेस्क न्युजडेस्क
२८ भाद्र २०७८, सोमबार
सीमा विवाद अध्ययन गर्न सरकारी टोली हुम्लामा  नाम्खा गाउँपालिकाका अध्यक्ष सङ्घीय राजधानी काठमाडौंमा नेता गुहार्दै
9
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल सरकारले चीनसँग सीमा मिचिएको अध्ययन गर्न टोली हुम्ला पठाएपछि यता चलखेल शुरु भएको छ। स्थानीय जनप्रतिनिधिहरूले सीमा मिचिएको भनिरहँदा यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले सीमा नमिचिएको बताएको थियो । तर ओली हटेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त विवादबारे अध्ययन टोली बनाएको छ। 

टोलीले आफ्नो काम शुरु गरिसकेको छ। ओली सरकारको निर्णयमा असहमति जनाउँदै देउवा सरकारले यही भदौ १७ गते हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र आसपासका क्षेत्रमा चीनले सीमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिति बनाएपछि गृह मन्त्रालयका सहसचिव आचार्यको नेतृत्वको समितिले अध्ययन थालेको हो ।

नाम्खा गाउँपालिका अध्यक्षको प्रचण्डसँग भेट 
अध्ययन टोली हुम्ला पुगिसकेको अवस्थामा नाम्खा गाउँपालिकाका अध्यक्ष सङ्घीय राजधानी काठमाडौंमा आइपुगेका छन् । गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर सीमा विवादबारे कुरा गरेको बताइएको छ। 

कुनै अध्ययन बिना तत्कालीन सरकारबाट कुनै सीमा विवाद नरहेको भनाउन सफल ‍ प्रचण्ड अहिले समस्यामा परेको बताइएको छ। चीन सीमा विवादबारे अध्ययन टोली बनाएकोमा उनी रुष्ट रहेका छन् । यसै प्रसङ्गमा उनको गाउँपालिका अध्यक्षसँगको भेटघाटलाई महत्त्वका साथ हेरिएको छ। 

सरकारले अध्ययन टोली बनाएसँगै चिनियाँ दूतावासबाट विभिन्न नेता, प्रशासन, सम्बन्धित गाउँपालिका प्रमुख–उपप्रमुखहरूसँग भेटघाट तीव्र बनाइएको श्रोतको दाबी छ । उक्त भेटघाट के प्रायोजनका लागि भन्ने नखुले पनि अध्ययन टोलीको अध्ययनमा प्रभावित पार्न हुनसक्ने श्रोतले बताएको छ ।

चिनियाँ अधिकारीहरूले हुम्लाका जनप्रतिनिधिहरूलाई पनि पटक–पटक भेटिसकेको बताइएको छ। सीमा विवादबारे अध्ययन टोली उता रहेको समयमा उनीहरूको भेटघाटको गहिरो अर्थ रहेको बताइएको छ। 

यसअघि हुम्लाको मिचिएको विषय देउवा सरकारको कार्यक्रममा समेट्न माओवादी केन्द्रले असहमति जनाइसकेपछि सो विषयलाई घुमाएर लेख्नुपरेको कार्यदलका एक सदस्यले बताएका थिए । माओवादीले हुम्लाको लिमीमा अतिक्रमण भएको कुरालाई कार्यक्रममा समेट्न असहमति जनाएपछि कार्यदलमा तनाव उत्पन्न भएको थियो। 

सीमा स्तम्भमा छेड छाड 
तत्कालीन समयमा चीनसँग सीमा जोडिएको हुम्लामा १० वटा मुख्य तथा सहायक सीमा स्तम्भमा गरिएको निरीक्षणका क्रममा ५ वटामा चीनले अतिक्रमण गरेको पाइएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाही नेतृत्वको, स्थानीय जनप्रतिनिधि र पत्रकारहरूसहितको टोलीले हुम्लाको सीमामा जोडिएको ४ नम्बर सीमा स्तम्भ बाहेक ५ देखि १२ सम्मका सबै मुख्य तथा सहायक स्तम्भहरूको निरीक्षण गरेको थियो । 

नेपाली भूमिमै चिनियाँ भवन
सिमकोटबाट सीमा अवलोकनका लागि गएका नेता शाहीको टोली नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा पुगेपछि त्यहाँ चिनियाँहरूले नेपाली भूमिमै भवनहरू बनाएको पाएको उनले बताएका थिए । उनले चिनियाँहरूले नेपाली भूमिमै घरहरू बनाएको दाबी गर्दै दुवै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा यथाशक्य चाँडो अध्ययन तथा अनुगमन गर्न समेत सरकारसँग माग गरेका थिए ।

उनको भ्रमणपछि नेपाली काँग्रेसले तत्कालीन केपी ओली सरकारलाई सीमा विवादबारे जानकारी गराएको थियो । कांग्रेसका उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशाङ्क कोइराला लगायतका नेताहरूले सरकारसँग उक्त विवादबारे जानकारी मागेका थिए । ओली सरकारले तत्कालीन समयमा कुनै अध्ययन बिनै सीमा नमिचिएको बताएको थियो । 

वडा अध्यक्ष चिन्तित
चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् । वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताएका थिए ।

नाम्खाका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरू नेपाली भूमिमा रहे पनि सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताएका थिए ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२८ भाद्र २०७८, सोमबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२८ भाद्र २०७८, सोमबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२८ भाद्र २०७८, सोमबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२८ भाद्र २०७८, सोमबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२८ भाद्र २०७८, सोमबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२८ भाद्र २०७८, सोमबार
Next Post
राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग

राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी