Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहमा तस्करी फस्टाए

Sima Post Sima Post
२८ भाद्र २०७८, सोमबार
सिरहमा तस्करी फस्टाए
45
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

लाहान । आइतबार मध्यराती लहान नगरपालिका–३ ठाढी चोकबाट इन्स्पेक्टरसहितको टोलीले खैनी(सुर्ती) र चिनीले भरिएको मिनि ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा लग्यो। अँध्यारोमा भारतबाट तस्करी गरी ल्याएको आशंकामा पक्राउ गरिएको उक्त परिमाणको चिनी र खैनीसहितको मिनी ट्रक उज्यालो नहुँदै लहान प्रहरीले छाडिदियो।  
कुनै कागजात नभएर पक्राउ गरी प्रहरी कार्यालय लगिएको ना ५ ख ६३४८ नम्बरको मिनी ट्रक कागज बुझाएपछि छाडिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दहालले बताए। भन्सारको निलामी कागजात बुझाएपछि हामीले छाडिदिएको उनले बताए।
भन्सारमा निलाम भएको सामान ल्याउन मध्यरात अन्ध्यारोको साहारा किन लिनुपर्थ्याे? जिज्ञासामा उनले भने,‘त्यो त हो तर हामीले छाडिदियौ।’ व्यपारीहरुले जे भन्यो त्यसमै विश्वास गरेर हामीले छाडिदिएका हौं डीएसपी दहालले भने,‘व्यपारीहरुले ७/८ बोरा सुर्ती भन्यो हामीले पनि त्यही पायौं।’ तर ट्रकमा चिनीको बोरा माथि लोड सुर्तीको बोरा सरसर्ती गन्दा १२ बोरा देखियो। 

 ठाढी भन्सार कार्यालयका प्रमुख नरेश साहका अनुसार यसबीचमा यस भन्सार कानाबाट सुर्ती निलाम नै भएको छैन। चिनी पनि यस नाकाबाट भित्रिएको छैन। ‘यस भन्सार नाकाबाट आइतबार राती वैध तरिकाबाट(भन्सार कटाएर) चिनी भित्रिएको तथ्यांकमा उल्लेख छैन,’ उनले भने, ‘यस भन्सार कार्यालयबाट भदौ १० र २४ गते सामानहरु निलाम भएका छन तर त्यसमा सुर्ती छैन।’
भन्सारका नायब सुब्बा कमल बिष्टका अनुसार यस नाकाबाट भन्सार कटाएर मालसामान लैजाने थोरै छन्। ‘थोरै मात्रामा मालसामान लैजानेहरु मात्र भन्सार कटाउन आउँछन्,’ उनले भने। सीमा बन्द भएका कारण पनि यस नाकाबाट ठूलो परिमाणमा मालसामान वैधानिक तरिका(भन्सार कटाएर) लैजाँदैनन्।
कोरोना कहरका कारण ठाढी नाका बन्द भएपछि भन्सारको पश्चिमतर्फको बाटो भएर तस्करी फस्टाएको स्थानीय बताउँछन्। यस नाका भएर मोटरसाइकल, साइकलमा चिनी, सुर्ती, कपडा, कस्मेटिक्स, रजनिगन्धालगायतका मालसामान भित्र्याएर वारि ठाढीमा भण्डारन गरी मिनी ट्रक, यात्रु बस, टेम्पो, पिकअप मार्फत लहान पुर्‍याउने गरिएको ठाढीका स्थानीय बताउँछन्। कोरोनाको आडमा पछिल्लो समय तस्करहरु मालसामन सहरमा भित्र्याउने क्रम फस्टाएको छ। पारिबाट मालसमान ल्याएर ठाढीमा भन्डारण गरी लहानको पसल–पसल पुर्‍याउँछन्। तस्करी नियन्त्रणका लागि ठाढीमा सशस्त्र प्रहरी इन्सपेक्टरको कमाण्डमा बोर्डर आउटपोष्ट छ। तर तस्करका मालसामानलाई सुरक्षाकर्मी देखेको नदेखै गरिदिन्छन्।
आइतबार सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजिपी) शैलेन्द्र खनालले महोत्तरीको मटिहानीमा सशस्त्र प्रहरी बल नेपाल ९ नं. गणको उद्घाटन गर्दै सीमा क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रण गर्न मातहतका सशस्त्र प्रहरी युनिटलाई कडा निर्देशन दिएका थिए। उनले भनेका थिए,‘राम्रो काम गर्नेहरु पुरस्कृत हुन्छन्, कर्तव्य पूरा नगर्ने प्रहरीलाई कारवाही हुन्छ।’  
तर ठाढी नाकामा तस्करको रजाइँ अझै रोकिएको छैन। यस नाकाबाट तस्करहरुले कपडा, मोटरपार्टस, खाद्यान्न सामग्री, सुर्ती, गुट्खा र कस्मेटिक्स समानहरु सेटिङमा भित्र्याउँदा राज्यले पाउने राजस्व गुमिरहेको छ।
सिरहामा तीनवटा भन्सार कार्यालय सन्चालनमा छन्। मुख्य भन्सार ठाढी, छोटी भन्सार वरियारपट्टी र मुख्य भन्सार माडर(खैरटोका)। यी तीनै भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छ। सिरहाको तीनवटा नाकामा भन्सार कर्मचारी भएको कार्यालय सञ्चालनमा भए पनि अरु नाकामा सशस्त्र प्रहरीको उपस्थित छ। एकताका तेस्रो मुलुकको सुपारी र लसुन तस्करी हुने मुख्य नाकाको रुपमा चम्किएको ठाढी सुपारी तस्करी बन्द भएपछि केही समय सुस्ताएको थियो। पछिल्लो समय यो नाका पुनः चम्केको छ। यो नाकाबाट सुर्ती, चिनी लगायत दैनिक उपभोग्य वस्तु तस्करी भएर नेपाल भित्रिने क्रम बढेको छ।  
पारिबाट सामान लिएर आउने समान्य उपभोक्ता मात्र भन्सार कार्यालय छिर्छन्। तस्करका सामान भन्सार कार्यालय छिर्दैनन्। उनीहरुको सामान सीमा पार गरेपछि पश्चिमको बाटो हुँदै सुरक्षाकर्मीको उपस्थिति रहेको स्थान बसपार्क पुग्छ। बसपार्कमा बसको डिकी, छत, यात्रु बस्ने सिटमुनी, दुवैतिरको सिटको बीचको ओहोरदोहोर गर्ने बाटोमा सामान लोड हुने दृश्य उपस्थित सुरक्षाकर्मीले रमिते बनेर हेरिरहेका हुन्छन्। बसमा लोड भएको त्यो समान लहान पुगेर ठाढी बसपार्क पुग्छ। जहाँ तस्करीका मालसामान अनलोड गरी यहाँका बजार र अन्य बजारहरुमा पुर्‍याइन्छ।
लहानको ठाढी बसपार्कमा तस्करीका सामान अनलोड भई दिनदहाडै ठेला र सिटिरिक्सामा हालेर बजार पुर्‍याएको दृश्य देखेर स्थानीयले आजित भैसकेका छन्। साभार: नागरिक दैनिक



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२८ भाद्र २०७८, सोमबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२८ भाद्र २०७८, सोमबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२८ भाद्र २०७८, सोमबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२८ भाद्र २०७८, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२८ भाद्र २०७८, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२८ भाद्र २०७८, सोमबार
Next Post
सीमा विवाद अध्ययन गर्न सरकारी टोली हुम्लामा  नाम्खा गाउँपालिकाका अध्यक्ष सङ्घीय राजधानी काठमाडौंमा नेता गुहार्दै

सीमा विवाद अध्ययन गर्न सरकारी टोली हुम्लामा नाम्खा गाउँपालिकाका अध्यक्ष सङ्घीय राजधानी काठमाडौंमा नेता गुहार्दै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

2 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी