Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

महानगरपालिकालाई धम्की दिंदै आएका नेपाल दम्पत्तिमाथि अन्ततः नगर प्रहरी कानुनअनुसार कदम चाल्न बाध्य

न्युजडेस्क न्युजडेस्क
२४ भाद्र २०७८, बिहीबार
महानगरपालिकालाई धम्की दिंदै आएका नेपाल दम्पत्तिमाथि अन्ततः नगर प्रहरी कानुनअनुसार कदम चाल्न बाध्य
11
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपालले अदालतको आदेशलाई समेत अवज्ञा गर्दै विगत ५ वर्षदेखि कब्जा गरेको घरमा नगर प्रहरीले डोजर चलाएको छ ।
घरबेटी नरेश न्यौपानेलाई घरभाडा समेत नतिरी ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपाल र उनकी श्रीमती रोहिका नेपालले सञ्चालन गर्दै आएको स्कुलमा पनि प्रहरीले डोजर चलाएको हो ।
काठमाडौं जिल्ला अदालत र काठमाडौं महानगरपालिकाको आदेशलाई समेत उल्लंघन गर्दै आघरवेटी नरेश न्यौपानेलाई उल्टै धम्की दिंदै आएका नेपाल दम्पत्तिमाथि अन्ततः नगर प्रहरी कानुनअनुसार कदम चाल्न बाध्य भएको हो।
नेपाल दम्पत्ति चावहिलमा रहेको न्यौपानेको घर कब्जा गरेर इडेन पब्लिक स्कुल सञ्चालन गर्दै आएका थिए । उक्त घर खाली गराउन जिल्ला अदालत, काठमाडौं महानगरपालिकाको न्यायीक समितिले पटक–पटक आदेश दिएको थियो । तर, नेपाल दम्पत्तिले भने घरबेटी न्यौपानेलाई उल्टै धम्की दिंदै घर कब्जा गर्दै आएका थिए । त्यसपछि महानगरपालिकाले भदौ १८ गते आइतबार घर खाली गराउने निर्णय भदौ १० गते गरेको थियो । भदौं १० मा रोहिका नेपाललाई पत्र लेख्दै महानगरपालिकाले भनेको थियो–‘तपाईले यो पत्र पाए वा रितपूर्वक तामेल भएपश्चात न्यायिक समितिबाट भएको निर्णय मिति २०७८/०७/१७ गते अगावै तपाई आफैले कार्यान्वयन गरी यस कार्यालयलाई जानकारी गराउनु होला । अन्यथा मिति २०७८/०७/१८ गते यसै कार्यालयबाट डोर खटि आई निर्णयानुसार कार्यान्वयन गरिने ब्यहोरा सूचित गरिन्छ ।’
यसरी पत्र काट्दा समेत नेपाल दम्पत्तिले घर खाली नगरेपछि नेपाल प्रहरीको सहयोगमा महानगर प्रहरीले आइतबार डोजर नै चलाएर घर खाली गराएको हो । नेपाल दम्पत्तिले २०७२ साउन १ गतेदेखि भाडामा लिएपनि २ वर्षपछिदेखि अहिलेसम्म भाडा समेत तिरेका छैनन् । न्यौपानेले पटक–पटक घरभाडाका लागि पहल गर्दा समेत उनीहरुले नतिरेपछि अन्ततः यो मुद्दा स्थानीय सरकार हुँदै अदालतसम्म पुगेको थियो ।
मिति २०७५ मंसिर १३ गते काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोलको उपस्थितिमा रोहिका नेपाल र नरेश न्यौपानेबीच २०७५ साल चैत मसान्तभित्र घर खाली गर्ने र त्यसबेलासम्मको घर भाडा वापतको रकम २१ लाख ५० हजार तिर्ने सम्झौता भएको थियो ।
तर, चैत मसान्तसम्म पनि उनीहरुले भाडा तिर्नु त परको कुरा घर खाली पनि गरेनन् । न्यौपानेको घर हडपेर बसेका नेपाल दम्पत्तिले उल्टै अदालतमा मुद्दा हालेका थिए । वडा कार्यालय, काठमाडौं महानगरपालिका हुँदै अदालत पुगेको उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले २०७७ माघ २० गते बाँकी बक्यौता चुक्ता गरी घर खाली गर्न आदेश दिएको थियो ।
त्यसअघि २०७६ मंसिर २३ गते काठमाडौं महानगरपालिकाले नेपाल दम्पत्तिले घरभाडा नतिरेको प्रष्ट हुन आएको भन्दै प्रहरीको सहयोगमा घर खाली गरी जानकारी गराउन रोहिका नेपाल (प्रिन्सिपल–इडेन पब्लिक स्कुल) लाई पत्र काटेको थियो । तर, उनीहरुले पटकपटकको ताकेता पश्चात पनि घर खाली नगरेपछि प्रशासनको सहयोगमा आइतबार घर खाली गराइएको हो ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२४ भाद्र २०७८, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२४ भाद्र २०७८, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२४ भाद्र २०७८, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२४ भाद्र २०७८, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२४ भाद्र २०७८, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२४ भाद्र २०७८, बिहीबार
Next Post
अफगानिस्तानमा तालिबान सरकार क्रुरुरता जारी , पाँच पत्रकार गिरफ्तार

अफगानिस्तानमा तालिबान सरकार क्रुरुरता जारी , पाँच पत्रकार गिरफ्तार

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी