Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

किन शापित देश हो अफगानिस्तान

न्युजडेस्क न्युजडेस्क
२२ भाद्र २०७८, मंगलवार
किन शापित देश हो अफगानिस्तान
26
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

विद्रोही । करीब ५ हजारवर्षदेखि अस्तित्वमा रहेको स्वतन्त्र देश जसको प्राचीन नाम हो गान्धार त्यसपछि नाम भयो आर्यन र सो पछि अफगानिस्तान नाम भएको देश विगतदेखि शापित छ । यस शापको सन्दर्भ जोडिन्छ– जब शकुनीको कारण महारानी गान्धारीका (कौरव) १०० वटा छोरा महाभारत जसको पुरानो नाम हो जय युद्धमा मारिए अनि शकुनीकी बैनी र महाराज ध्रृतराष्टको पत्नी गान्धारीले आफ्नो माइती देश गान्धारलाई श्राप दिएकी थिइन् कि जसरी मेरो १०० वटा छोरा शकुनीको कारण मारिए त्यसको यो गान्धार देशमा कहिले पनि शान्ति नरहोस् । त्यहाँ आजसम्म शान्ति स्थापना हुन सकेको छैन । समय–समयमा यहाँ शकुनी जस्तो शैतान पैदा हुँदै आएका छन् । जसको कारण यो देशमा आजसम्म शान्ति हुन सकेको छैन । विगतमा यस देशमाथि विश्व विजय अभियान अन्तर्गत सिकन्दरले आक्रमण गरेको थियो । सो समय सिकन्दरलाईअफगानिस्तानमाथि कब्जा गर्न निकै नै धौ–धौ परेको थियो । यस समयमा सिकन्दरकी आमाले सिकन्दरसँग भनिन्, सिकन्दर तिमी त भनि रहेका थियौ कि अफगानिस्तानमाथि सजिलै कब्जा हुन्छ तर के भयो कि अहिलेसम्म त्यहाँ तिम्रो शासन हुन सकेन । आमाको कुरा सुनेर सिकन्दरलाई निकै नै लाजको बोध भयो । यस समय उनीले अफगानिस्तानको माटो आफ्नो आमालाई पु¥याई दिए सो माटो देखेर उनीको आमाले आफू बसेको एक ठाउँमा फाल्न लगाइ दिएकी थिइन् । सो माटोको प्रभाव यति थियो कि जसरी आज अफगानिस्तानमा मारकाट चली रहेको छ सोही प्रकार त्यहाँका जनताबीच आपसी मारकाट मच्यो । यसबाट त्यहाँ हजारौं–हजार व्यक्तिको युद्धमा मृत्यु भएको उल्लेख पाइन्छ ।
यस्तो छ अफगानिस्तानको माटोको प्रभाव जस माटोमा निरन्तर युद्ध चल्दै रहन्छ । कहिले यसमाथि आधिपत्य जमाउन ब्रिटेन पुग्छ, कहिले रुस त कहिले अमेरिका तर अन्तमा सबै मार खाएर त्यहाँबाट भाग्छन् । यस देशमा मोहम्मद गजनवी, मोहम्मद गौरी, ओसामा बिन लादेन, अलजवाहरी जस्ता शैतान पैदा भई यसलाई अशान्त पारे आज यहाँ तालिबान जस्तो शैतान पैदा भएको छ जसले केही दिनमा नै पुरै अफगानिस्तानमाथि कब्जा गरी सकेको छ । यो तालिबान नामको शैतान पाकिस्तान र अमेरिकाले सन् १९९६ मा पैदा गरेका थिए । सो समय पाकिस्तानमा रहेको आतंकवादी संगठन लश्करे तोयबाका कार्यकर्तालाई लिएर पाकिस्तान र अमेरिका अफगानिस्तानमा पु¥याएको थियो यहींको एक सानो मदरसामा मुल्ला उमरको नेतृत्वमा ५०–६० जना मदरसाका विद्यार्थीलाई समेटी तालिबान समूहको स्थापना गरिएको थियो । यस तालिबानले सो समय आफ्नो संगठन विस्तृत रुपमा बढाउँदै सम्पूर्ण अफगानिस्तानमा शरीयत कानून लागू गर्ने, काफिरहरुको हत्या गर्ने कार्य अघि बढाएको थियो । यसै समयमा त्यहाँ अलकायदा जस्तो आतंकवादी संगठनले प्रवेश लियो र त्यसले अमेरिकामा पसी ट्वीन टावर, पेन्टागनलाई ध्वस्त पा¥यो यसै अलकायदाको सफाया गर्ने उद्देश्य लिएर अमेरिका अफगानिस्तनमा पुगी त्यहाँ रहेको प्राकृतिक संसाधान दोहन गर्नमा लाग्यो पछि अलकायदा प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानको एबटाबादमा मार्ने सफलता त्यसले पायो । यो ओसामा बिन लादेन अमेरिकाले उत्पादन गरेको थियो । यस व्यक्तिलाई रुसको विरुद्धमा त्यसले प्रयोग ग¥यो ।

विद्रोही

ओसामा बिन लादेन जब अमेरिकाको लागि विध्वंशकारी साबित हुन लाग्यो यस समय त्यसलाई अन्तर्राष्टिय आतंकवादी घोषणा ग¥यो । सम्पूर्ण विश्वलाई थर्कमान पार्ने यस सदीमा २ वटा आतंकवादी पैदा भए त्यसमा पहिलो व्यक्ति थियो अलकायदा प्रमुख लादेन र दोस्रो व्यक्ति थियो आइएस प्रमुख बगदादी । यी दुवै व्यक्ति अमेरिकाको अति नजिक रहेका थिए । बगदादी त वर्षाैंसम्म अमेरिकाको जेलमा थियो बडो कूटनीतिक तवरले त्यसले बगदादीलाई छाड्यो र त्यसले सम्पूर्ण विश्वलाई त्राहिमाम बनायो । ओसामा बिन लादेनको लास अमेरिकाले आजसम्म देखाएको छैन यसरी नै बगदादीको सफाया पनि रहस्यमयपूर्ण छ । हुन सक्छ यिनी दुवै व्यक्ति आजसम्म अमेरिकामा सुरक्षित बसे होलान् यसको शंका अवश्य छ । अहिले अमेरिकाले अफगानिस्तानमा आफ्नो अभियान सफल भई सकेको छ । हामी अलकायदाको सफाया गर्न गएका थियौं हाम्रो यो मिसन पूरा भएको छ भनि त्यसले विश्वमा स्याबासी लिन खोजेको छ । आतंकको आफ्नो देश प्रबल विरोधी छ यो कुराको त्यो दावी गर्दै आएको छ तर जसरी त्यो भर्खरै अफगानिस्तानबाट आधी रातमा भागेको छ यस कुरा अमेरिकाको विश्वभरी नै आलोचना हुन शुरु भएको छ । अमेरिका अफगानिस्तानमा २० वर्षसम्म बस्यो तर के त्यसले त्यहाँ आतंकवादको सफाया गर्न सक्यो त ? उत्तर छ गर्न सकेन । बरु त्यहाँ त्यसले आतंकवादलाई थप मलजल दिएर फर्केको छ । अमेरिका अफगानिस्तानबाट फर्किनु पथ्र्याे तर आफ्नो लडाकु विमान घातक हतियार, बम बारुद सबै व्यवस्थापन गरेर मात्र । तर त्यसले अहिले तालिबानीलाई ८५ अर्ब डालर बराबरको घातक सैन्य सामाग्री उपहारमा दिएर भागेको छ । यसको रहस्य के हो त ? यसको दुष्परिणाम के आउने हो यो आगामी दिनपछि देखा पर्ने छ तर अहिले जुन देशलाई घातक परिणाम भोग्नु पर्नेछ त्यसले खुबै खुशी मनाई रहेको देखिन्छ । आगामी समय तालिबानको प्रभाव प्रत्यक्ष रुपमा पाकिस्तानमाथि देखा पर्नेछ । कारण छ अहिले देखिनै अफगानिस्तानले पाकिस्तान हाम्रो अर्काे घर हो भनेको छ । यस कुराको पुष्टि पाकिस्तानका गृह मन्त्री शेष रसीदले गरेका छन् । उनले भनेका छन् कि, तालिबानका अधिकांश नेता पाकिस्तानमा जन्मेका हुन् यहीं हर्केका हुन् यहीं पढेलेखेका हुन् । यस कारण तालिबानको अर्काे घर पाकिस्तान हो । तालिबानले अफगानिस्तानमा शरीयत कानून लागू गरेपछि पाकिस्तानमा सो शरीयत कानून लगाउने प्रयास गर्नेछ किनकि एक हिसाबले दुवै देश इस्लामी हुन् यस कारण त्यहाँ शरीयत कानून लागू गर्न तालिबानले दबाव अवश्य दिन्छ पाकिस्तानसँग परमाणु बम छ त्यो थप शक्तिशाली बन्न पाकिस्तानमा आक्रमण एक दिन अवश्य गर्नेछ । यसरी आगामी समय पाकिस्तानको अस्तित्व नै मेटिने खतरा छ । पाकिस्तान कब्जा गरेपछि त्यसले गजवा–ए–हिन्दको परिकल्पना गर्दै भारतमाथि आक्रमण गर्न खोज्छ । गजवा भनेको विदेशी आक्रमणकारी मो. गजनवी र हिन्द भनेको हिन्दुस्तान हो यसरी हिन्दुस्तान मो. गजनवीको देश हो यहाँ इस्लामको स्थापना गर्नुपर्छ कट्टरपन्थीहरुको यो सोच रहेको छ र यसै अभियान अन्तर्गत उनी काम गर्दै आएका छन् ।

फाईल फोटो

तालिबान अहिले एक अत्यन्त खतरनाक रुपमा विश्वमा प्रस्तुत भएको छ । त्यसले भारतमा रहेका रोहिंग्या शरणार्थी, अफगानी शरणार्थी, बाँग्लादेशी घुसपैठिया र भारतमा लुकीछिपी ढंगले बसेका शरीया कानूनका हिमायतीलाई सक्रिय बनाउने छ जसको कारण यिनीहरु अर्काे भारत विभाजनको संघर्ष चर्काउने छन् जसबाट भारतको थुप्रै प्रान्त अशान्त भई विभाजित बन्न सक्ने खतरा छ । यो खतरा टार्न बिजेपी सरकार अहिले नै सक्रिय बन्नु जरुरी छ शरणार्थीलाई त्यसले नियन्त्रण गर्न सकेन भने सम्पूर्ण भारत टुक्रा–टुक्रा बन्नेछ । भारतीय प्रम नरेन्द्र मोदी अहिले विश्वमा मानवीय कार्य गरी नोबल पुरुस्कार पाउन लालायित छन् उनी यो कार्य गरी नोबल पुरस्कार त प्राप्त गर्न सक्छन् तर यस्तो कार्यबाट जसरी मोहनदास कर्मचारी गाँधीले भारतको अहित गरेका थिए सोही प्रकार उनी भन्दा बढी अहित नरेन्द्र मोदीबाट भारतको हुने अनुमान छ । अफगानिस्तान भनेको भारत, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, इरान, रुस लगायतको मुख्य धुरी हो यस कारण कट्टरपन्थीहरु अफगानिस्तानलाई एउटा बेसको रुपमा प्रयोग गर्न चाहन्छन् । यही कारण छ कि शरीया कानून लागू गर्ने दबाव यहाँ बढी छ । विश्वमा ५२ वटा इस्लामी देश छन् यसमा साउदी अरब लगायत केही देशमा शरीया कानून लागू छ । शरीया कानून जुन देशमा लागू हुन्छ त्यहाँ सुख, समृद्धि, समुन्नति र शान्तिको स्थापना हुन्छ यस्तो दावीहरु छ जब यति फाइदा यसबाट छ भने तमाम इस्लामी देश जहाँ शरीया कानून छैन उनीले यो लागू गर्न किन हच्की रहेका छन् ? यस्तो छ भने पाकिस्तान जहाँ सबै भन्दा बढि अशान्ति छ त्यहाँ यो कानून लागू हुनु प–यो, मलेशिया, बाँग्लादेश लगायत देशमा यो शरीया कानून लागू हुनु प–यो मात्र अफगानिस्तानमा शरीया कानून ल्याउने किन दबाव छ ? तर जे होस्, अब अफगानिस्तानबाट एक किसिमले शैतान जागी सकेको छ ।
यसबाट आगामीसमय भारत, नेपाल, बाँग्लादेश, श्रीलंका, भुटान, चीन, म्यान्मार, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान आदि सबै देश अशान्त बन्नेछन् । माथिबाट चीन, पाकिस्तान, रुस लगायत शैतान तालिबान जिन्दाबाद गर्न थालेका छन् तर भित्रभित्रै उनीहरुको मुटु अहिलेदेखि नै हल्लिन शुरु भएको छ । अमेरिकाको घातक हतियारमाथि कब्जा गरे लगत्तै तालिबानले पाकिस्तानको २ जना सैनिकको ड्यूरेड लाइनमा हत्या गरेका छन् ।
यो घटनाको शुरुवात मात्र हो अब पाकिस्तानको खराब दिन शुरु हुनेवाला छ तर एउटा कुरा छ अब भारत र नेपाल दुवै नै अति सचेत र सजग भई बस्ने बेला आएको छ ।
भारतमा अफगान शरणार्थीको बिगबिगी अझ बढ्नेछ उनी अफगानी शरणार्थीको आडमा तालिबानी समूहको घुसपैठ यहाँ हुन सक्छ उनी समूह नेपालभित्र पनि पस्न सक्छन् र यहाँको वातावरण अशान्त बनाउने छन् । उदाहरणको रुपमा लिऊँ भने केही दिन अघि काठमाडौंमा बिना पासपोर्टभिसाको एक जना अफगानी पक्राउ परेका थिए यस्ता अफगानीको प्रवेश अब बढ्ने छ । अहिलेसम्म नेपालले काठमाडौंमा रोहिंग्या शरणार्थी बसाएको थियो अब अफगान शरणार्थी हामीको समस्या बन्ने सम्भावना छ । अफगान समस्या माथिबाट राजनीतिक देखिन्छ तर भित्री रुपमा देख्ने हो भने यो समस्या धार्मिक छ । जसले शरीया कानूनमाथि भरोसा राख्दैन त्यसको तालिबान हत्या गरी दिन्छ अफगानिस्तानमा अनेकौं समुदायहरु छन् यसमा केही समुदाय शरीया कानूनको पक्षमा छन् अधिकांशहरु लोकतन्त्र, प्रजातन्त्रमाथि आस्था राख्छन् । यस मध्येको समुदाय हो शिया र हजारा समुदाय लगायत यिनी प्रजातन्त्र, लोकतन्त्रको पक्षमा छन् यस कारण तालिबानले हजारौं हजार शिया र हजारा समुदायका व्यक्तिको हत्या गरी सकेको छ ।
यसबीच त्यहाँ महिला र बच्चाहरुको उत्पीडन बढेको छ महिलामाथि तालिबानीहरु कोर्रा हिर्काउन शुरु गरेका छन् ।
अब प्रजातन्त्र र लोकतन्त्रको स्थापना गर्न र आतंककारीलाई धपाउन स्वतन्त्र अफगानिस्तानको स्थापनाको लागि नार्दन एलायन्सले युद्ध छेडी सकेको छ नार्दन एलायन्सलाई दबाउन अहिले रुस, चीन, पाकिस्तान जस्ता देश खुलेर लागी सकेका छन् तर अफगानिस्तानको माटोमा एउटा खासियत अवश्य छ सो माटो गान्धारीको श्राप खेपी रहे पनि आफ्नो स्वतन्त्रताको लागि शरीरमा एक थोपा रगत रहेसम्म अन्तिम श्वाँस रहेसम्म राष्ट्रभक्त अफगानी जनता संघर्ष गरी रहन्छन् । तालिबान भनेको अफगानको माटोको वास्तविक सपुत होइनन् यिनीहरु पाकिस्तानको लश्करे तोयबाका आतंककारी हुन् । यिनीको उद्देश्य अर्काको देशमाथि कब्जा गर्नु हो ।
अफगानिस्तानको विलय पाकिस्तानमा गराउनु यिनीको उद्देश्य हो तर स्वतन्त्र अफगानिस्तानलाई कोही निल्न सक्दैन कोही निल्न खोज्छ भने त्यसको तुरुन्तै मृत्यु हुन्छ । चीन र पाकिस्तान यसलाई निल्न खोजे भने त्यसको अन्त निश्चय पनि हुन्छ । अफगानिस्तान भनेको बौद्धिक वर्गको देश हो यस देशमा कृष्णभक्त रसखान पैदा भए र भगवान कृष्णको उपदेश विश्वमा फैलाए । रसखान अफगानिस्तानबाट भारतको मथुरामा आई बसे र उनी कृष्णभक्तिमा लीन भए । यस समय उनीले भनेका थिए मेरो अर्काे जन्म होस् भने मथुरा र वृन्दावनमा गाईको योनीमा । जसबाट म कृष्णको बाँसुरीको मधुर स्वर रसपान गर्न सकुँ । आज अफगानिस्तानमा बौद्धिक वर्गको हत्या भई रहेको छ त्यहाँ स्थापित संग्रहालय ध्वस्त पारिँदैछ कविकार, गीतकार, कलाकार, मूर्तिकारहरुको हत्या गरिँदैछ । यस्तो कार्य निश्चित पनि दुर्भाग्यपूर्ण छ । कला, संस्कृति जस देशबाट विलुप्त हुन्छ त्यस समय सो देशको अस्तित्व पनि मेटिन्छ । सत्यतमखबर



यो पनि पढ्नुहोला !

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२२ भाद्र २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२२ भाद्र २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२२ भाद्र २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२२ भाद्र २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२२ भाद्र २०७८, मंगलवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२२ भाद्र २०७८, मंगलवार
Next Post
ताइवानको“एअर डिफेन्स आइडेन्टीफीकेसन जोनमा चिनको फेरि दादागिरी

ताइवानको“एअर डिफेन्स आइडेन्टीफीकेसन जोनमा चिनको फेरि दादागिरी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी