काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको झाँको झारेका छन् ।

विगतमा मिलिनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता गरेका व्यक्तिहरु नै अहिले बोल्न डराएको भन्दै ओलीले एमसीसीमा सत्ता गठबन्धनको धारणा मागेका हुन् ।

यिनै मान्छेहरु हुन् कांग्रेस र माओवादी भएका बेला एमसीसी सम्झौता गरे । अहिले एमसीसीमा बोल्दैनन् । झुक्याएर पास गर्न खोज्या छ । के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के गर्ने? देउवाले जीले, प्रचण्डजीले बोल्नुपर्दैन । के गर्ने एमसीसी? उहाँहरु चुपचाप छन् । यस्ता अनगिन्ती कुराहरु गोप्य राखेर नेपाली जनतालाई छक्याएर अघि बढ्न खोजेका छन्,’ शनिबार राष्ट्रिय सभागृहमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने ।

उनले सुकुम्वासी आयोग खारेज र आफूले सुरु गरेका योजना रोक्ने सरकारको निर्णयको पनि आलोचना गरे । ’पहिला गरिबमाथि बञ्चरो प्रहार गरेर सुरु गर्योआ । त्यसपछि विकास निर्माणका काम एकपछि अर्को भत्काउन थाल्यो,’ ओलीले भने ।

उनले वर्तमान सरकारले धराहरा पनि भत्काउन सक्ने भन्दै चनाखो हुन आह्वान गरे । ’तपाईहरु नहुने हो भने भक्तपुरमा एकपटक राती क्रेन लगेर मूर्तिको घाटी मर्काएजस्तै धरहराको पनि क्रेन ल्याएर यिनीहरुले घाँटी मर्काउँछन् ।

देख्न नसकेर, विकास निर्माण यसरी गर्ने हो, धरहरा यसरी बनाउने हो भनेर मर्काउन सक्छन्,’ ओलीले भने, ’रानीपोखरीमा ढुंगा हान्न सक्छन् । मूर्ति भक्काउन सक्छन् । याद गर्नुस् यिनीहहरुले कुनै रचनात्मक काम गर्न सक्दैनन् । विगार्दै गएका छन् ।’ नेपालपाना

सम्वन्धित समाचार :