Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेपाली सेना र भारतीय सेनाका बीच सम्बाद ८ जना पुर्बसेना पतिलाई निम्तो

न्युजडेस्क न्युजडेस्क
२० भाद्र २०७८, आईतवार
नेपाली सेना र भारतीय सेनाका बीच सम्बाद ८ जना पुर्बसेना पतिलाई निम्तो
56
SHARES
175
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतीय सेनाको निम्तोलाई पूर्वप्रधानसेनापतिहरु धर्मपालबरसिंह थापा, प्यारजंग थापा, रुक्मांगद कटवाल, गौरवसमशेर राणा र राजेन्द्र क्षेत्रीले स्वीकार गरी आफूहरु सहभागी हुने जानकारी दिएको सैनिक स्रोतले जनाएको छ। भारतीय सेनाले नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरुलाई दिल्लीमा एकैसाथ भेला गर्ने भएको छ। नेपाल र भारतका बीच लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा विवाद चर्किएयता दुई देशका बीच निकै खटपटपूर्ण सम्बन्ध रहँदै आएको सन्दर्भमा नेपालका सबै भूतपूर्व प्रधानसेनापतिहरु भारतीय सेनाले यसरी एकैसाथ निम्त्याउनुलाई अर्थपूर्ण हेरिएको छ ।

सैनिक स्रोतका अनुसार, हालसम्म जीवित सातजना भूतपूर्व प्रधानसेनापतिहरु र यसै महिनाको २४ गतेदेखि भूतपूर्व हुन लागेका सेनापतिलाई समेत गरेर आठैजनालाई भारतीय सेनाले औपचारिक निम्तो गरेको छ । यही सेप्टेम्बरको १७ र १८ तारिक दिल्लीमा भारतीय सेनाको विशेष कार्यक्रम भन्दै सबैलाई निम्तो दिइएको हो।

प्रज्वल्लसमेशर राणाको स्पष्ट भइनसकेको तर छत्रमानसिंह गुरुङ र भदौ २४ गतेदेखि भूतपूर्व हुन लागेका हालका सेनापति पूर्णचन्द्र थापाले आफू हाललाई सहभागी हुन नसक्ने जानकारी पठाएका छन्। ‘पूर्वसेनापति कटवालले सहभागिता जनाउने भने पनि हाल उनी अमेरिका भ्रमणमा छन्, त्यतिबेलासम्म उनी फर्कन्छन् कि फर्कन्नन् यकिन भएन’, सैनिक स्रोतले भन्यो।

नेपाल सरकारसँग सम्बन्ध जटिल बनेको बेला नेपाली सेना र भारतीय सेनाका बीच सम्बाद अघि बढाएर राजनीतिक तहलाई दवाव दिने र दुईदेशका बीचको जटिलतालाई सरलीकृत गर्ने कार्य पनि हुँदै आएको छ। पछिल्लो उदाहरणका रुपमा सन् २०१५ को भारतीय नाकावन्दीका बेला नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सैन्य कुटनीतिका माध्यमबाट भारतीय सेनासँग समन्वय गरी नाकाबन्दी हटाउन उल्लेख्य भूमिका खेलेका थिए।

नेपालमा भारतको सुरक्षा चासो निकै गहिरो छ र उसले सैनिक सम्बन्धमा जोड दिँदै पनि आएको छ। तर, भूतपूर्व सेनापतिहरु जम्मा गरेर उसले नेपाल सरकार नेपाली सेनाको नयां नेतृत्वलाई दिन खोजेको सन्देश के हो ? भन्ने चाहिँ स्पष्ट भइसकेको छैन। नेपालले भारतबाहेक तेस्रो मुलुकसँग नेपाली सेनाका लागि अत्याधुनिक हतियार खरिद गरेकोमा प्रायजसो गुनासो र कहिले काहीं आपत्ति प्रकट गर्दै आएको छ।

पूर्वसेनापति गौरवसमशेर जवराको पालामा नेपाली सेनाले इजरायलबाट अत्याधुनिक मानिएको गलिल हतियार खरिद गरेको थियो भने पूर्वसेनापति राजेन्द्र क्षेत्रीको कार्यकालमा नेपाली सेनाले इजरायलबाटै अति आधुनिक हतियार टेवोर खरिद गरेको थियो । त्यसपछि अमेरिकाबाट पनि एम १६ हतियार नेपाली सेनाले खरिद गरेको छ।

तर, भारत सरकार र भारतीय सेनाले भने सैनिक कुटनीति र अन्य माध्यमबाट पनि नेपाललाई अरु मुलुकबाट हतियार नकिन्न र चाहिएको हतियार भारतीय सेनाले नै दिनसक्ने भन्दै आएको अवस्था छ।

त्यसैगरी उत्तरी छिमेकी मुलुक चीनको सेनासँग नेपाली सेनाले ज्वाइन्ट मिलिटरी एक्सरसाइज नेपालमै गराउने गरेको कुराप्रति पनि भारतीय सेनाले विभिन्न माध्यमबाट असन्तुष्टि प्रकट गर्दै आएको छ।

भारतको सत्ता पक्ष नेपाली राजनीतिक दल र नेताहरुले नेपालमा भारतविरोधी भावना बढ्ने गरी भारतको विरोध नगरुन् भन्ने चाहान्छन् र त्यसो गर्ने नेताहरुलाई नेपाली सेनाले दुईपक्षीय सम्बन्धमा आघात पर्ने कारण देखाएर सचेत गराओस् भन्ने भारतीय चाहना रहने गरेको छ।

नेपाल सरकारसँग सम्बन्ध जटिल बनेको बेला नेपाली सेना र भारतीय सेनाका बीच सम्बाद अघि बढाएर राजनीतिक तहलाई दवाव दिने र दुईदेशका बीचको जटिलतालाई सरलीकृत गर्ने कार्य पनि हुँदै आएको छ।

पछिल्लो उदाहरणका रुपमा सन् २०१५ को भारतीय नाकावन्दीका बेला नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सैन्य कुटनीतिका माध्यमबाट भारतीय सेनासँग समन्वय गरी नाकाबन्दी हटाउन उल्लेख्य भूमिका खेलेका थिए।

त्यसैगरी भारतीय सेनापति मनोजमुकुन्द नरभणेले नेपालविरुद्ध अभिव्यक्ति दिँदै नेपाललाई चीनले प्रयोग गरेको आरोप लगाएर दुई देश र सेनाका बीच सम्बन्धमा दरार आएका बेला हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले सैन्य कुटनीतिकै माध्यमबाट भारतीय सेनापतिलाई आफ्नो नेपालविरोधी भनाइ आफैंले सच्याउनु पर्ने अवस्था सिर्जना गराएका थिए। नरभणेले देहरादुनको एउटा कार्यक्रममा बोल्दै नेपालप्रति सद्भावपूर्ण कुरा बोलेर पुरानो भुल सच्याउनु परेको थियो। डिसिनेपाल



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२० भाद्र २०७८, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२० भाद्र २०७८, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२० भाद्र २०७८, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२० भाद्र २०७८, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२० भाद्र २०७८, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२० भाद्र २०७८, आईतवार
Next Post
चीनले नाका बन्द गरेकाले सिमा क्षेत्रका नेपालीहरु बेरोजगार

चीनले नाका बन्द गरेकाले सिमा क्षेत्रका नेपालीहरु बेरोजगार

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी