वीरगन्ज ,१४ भदौ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ को पर्यटन तथा हवाई यातायात समितिको आयोजनामा पर्यटन व्यवसायलाई लक्ष्ँित गरि एक बैठक सम्पन्न भएको छ ।
बैठकले नेपाल भारत सीमा क्ष्ँेत्रमा भारतीय पर्यटनका लागि सहज वातावरणको सृजना गर्न आगामी योजना तर्जुमा गर्नुपर्ने विभिन्न विषय उपर छलफल भएको छ । बैठकमा सीमा क्ष्ँेत्रमा भारतीय प्रहरीले पर्यटकसंग गर्ने विभिन्न दूव्र्यवहार न्यूनिकरणका लागि सम्बन्धित पक्ष्ँसंग अन्तरक्रिया एवम् नियमित समन्वय गर्ने, भारतबाट नेपाल भित्रिने पर्यटकहरुका लागि सुरक्ष्ँित तथा स्थानिय यातायातको व्यवस्थालाई प्रभावकारी रुपमा सञ्चालन गरी शौहार्दपूर्ण व्यवहारमा नेपाल भित्रिन दिने सम्बन्धमा सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।
त्यसैगरी सीमरा देखि पोखरा सम्मको हवाई यातायातको सम्बन्धमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टले नेपालको प्रदेश २ र गण्डकी प्रदेशलाई हवाई सेवा मार्फत जोडी दुबै प्रदेशको प्रर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उदेश्यले भाद्र १६ गते देखि हप्ताको ३ दिन बुद्ध एयर मार्फत सेवा दिने निर्णय बैठकले गरेको छ । यसका लागि गण्डकी प्रदेशका उद्योग पर्यटन तथा बन मन्त्री मणीभद्र शर्माको नेतृत्वमा प्रदेशका विभिन्न पर्यटन व्यवसायी र नाटाका सदस्य सहित १० जनाको टोली पोखरा देखी सीमरा सम्मको पहिलो भ्रमण गरी बुद्ध एयरको हवाई उड्डयन कार्यक्रमको उदघाटन् गरिने कार्यक्रम रहेको बैठकमा जनाइएको छ । कार्यक्रममा पाल्नुहुने अतिथीहरुलाई प्रदेश–२ को पर्यटकिय स्थलहरुको भ्रमण गराउने दुई रात र तीन दिनका पर्यटन तथा हवाई यातायात समितिको योजना रहेको छ । यस भ्रमणलाई सफल पार्न पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरु परिभ्रमण योजना तयार पार्न संलग्न हुने बैठकले निर्णय गरेको छ ।
यसैगरी पर्यटकिय स्थालहरुको पहिचान तथा व्यवस्थापन गर्नुपर्ने कुरा औंल्याउदै आगामी दिनमा पर्यटकलाई आकर्षित गर्न जनकपुर, वीरगञ्ज, सिम्रौनगढ तथा पर्सा निकुञ्ज लगायत वीरगञ्जको घण्टाघर देखी शंकराचार्य गेटसम्मका धार्मिक एवम् पर्यटकिय स्थलहरुको स्तरोन्नती का लागि त्यसै अनुसारको कार्यक्रम निर्धारण गर्ने निर्णय बैठकले गरेको जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष्ँ गणेश लाठको अध्यक्ष्ँतमा बसेको बैठमा लायन्स क्लब इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान, नाटा प्रदेश–२ का अध्यक्ष्ँ मोहन शर्मा, यातायात परिवाह तथा आइसिडी समितिका सभापति अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष्ँ अनिल अग्रवाल, उपाध्यक्ष्ँ माधव राजपाल, महासचिव मनोज दास, सचिव आशिष लाठ, जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका महासचिव शिवजी साह, पर्यटन तथा हवाई यातायात समितिका सह संयोजक सञ्जय अग्रवाल, नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष्ँ अनुप अग्रवाल तथा पर्यटन तथा हवाई यातायात समितिका सदस्य विनोद चौधरीको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार :