Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अफगानिस्तानबाट नेपालीको उद्धारमा भारतीय सेनाको काँध, संकटमा सधै भारतको साथ

न्युजडेस्क न्युजडेस्क
९ भाद्र २०७८, बुधबार
अफगानिस्तानबाट नेपालीको उद्धारमा भारतीय सेनाको काँध, संकटमा सधै भारतको साथ
36
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय अफगानिस्तान अशान्त छ । अफगानिस्तानमा आतंकवादी समूह तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानको अवस्था अशान्त बनेको हो । अफगानिस्तानको राजधानी काबुलमा तालिबानी समूहले नियन्त्रण कायम गरेपछि राष्ट्रपति असरफ घानीले मुलुक छोडे । घानीले मुलुक छोेडेपछि तालिबानी समूहले राष्ट्रपति निवास र विमास्थलमा पनि कब्जा गर्यो । तालिबानी समूहको आतंक बढ्न थालेपछि त्रसित बनेका अफगानिस्तानमा रहेका विदेशी नागरिकहरु स्वदेश फर्किन आतुर भए ।

अमेरिका, बेलायत, युरोपेली मुलुक तथा अन्य विकसित मुलुकहरुले आफ्ना नागरिकको तत्काल उद्धारका लागि विमानहरु पठाए । तर, नेपालजस्तो सहज पहुँच र सुविधा नभएको मुलुकले भने मुक ताक्नुको विकल्प थिएन । छिमेकी पहिलो भन्ने सिद्धान्त बोकेको भारतजस्तो छिमेकी मुलुकले आफ्ना नागरिकका साथै नेपालीहरुको पनि उद्धार गरेको छ । पछिल्लो समय अफगानिस्तानबाट विभिन्न उडानहरुबाट करिब ७०० नेपालीहरु स्वदेश फर्किएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दिम बाग्चीका अनुसार भारतीय सेनाको एआई १९५६ नम्बरको उडानबाट ८७ भारतीय नागरिकसहित नेपालीको उद्धार गरिएको छ । भारतीय सेनाले लगातार आफ्ना कूटनीतिज्ञ र सर्वसाधारण नागरिकका साथै नेपालीहरुको पनि उद्धार गरेर काबुलबाट नयाँ दिल्लीसम्म ल्याएको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौंसम्म ल्याउनका लागि पनि निरन्तर समन्वय र सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संकटमा भारतको साथ

भारत सरकारले भारतीय सेनाको समन्वयमा अप्रेशन सुकोनमार्फत विभिन्न मुलुकमा समस्यामा परेका भारत, श्रीलंका र नेपाली नागरिकहरुको उद्धार गर्दै आएको छ । सन् २००६ देखि द्वन्द्वग्रस्त क्षेत्रबाट दक्षिण एसियाका नागरिकहरुको उद्धार गर्दै आएको छ । सन् २००६ को लेबनान युद्धपछि यो अप्रेशन सुरु गरिएको हो ।

सन् २००६ मा सीमित सैन्य स्रोत भएको नेपाल लगायतका मुलुकहरुको आग्रहपछि भारतीय सेनाले यो अप्रेसन सुरु गरेको थियो । यस क्षेत्रका करिब तीन हजार नागरिकहरुको उद्धार गरेको थियो । भारतीय नौ सेनाको इण्डियन नेभी टास्क फोर्स ५४ मार्फत एक हजार ७६४ भारतीय, ११२ श्रीलंकन र ६४ नेपालीहरुको उद्धार गरेको थियो । दोस्रो विश्वयुद्धपछि गरिएको यो सबैभन्दा ठूलो उद्धार कार्य थियो ।

यस क्षेत्रका नागरिकको उद्धारका लागि भारतीय सेनाको भूमिका निकै महत्वपूर्ण छ । अहिले अफगानिस्तानबाट पनि भारत सरकाले नेपालीहरुको उद्धार कार्य गरिरेको छ ।

के गर्दैछ नेपाल सरकार ?

नेपाल सरकारले पनि भारतलगायतका सरकारसँगको समन्वयमा आफ्ना नागरिकको उद्धारका लागि काम गरिरहेको छ । राहदानी नभएका नेपालका नागरिकहरुका लागि यात्रा अनुमति पत्र जारी गरी पठाउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिएकी छन् । काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलि नसकेको हुँदा बाँकी नेपालीको उद्धारका लागि उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको उनले बताएकी छन् ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको नामसहितको विवरण दर्ता गर्न तथा भाइबर र ह्वाट्सएप सुविधा सहितको मोबाइल नम्बरहरू ९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), ९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), ९७७ ९८४१ ७९२७७४ (परराष्ट्र मन्त्रालयको आपतकालिन नम्बर र भारतस्थिन नेपाली दूतावासको ९१ ८९२९६०१९२५ नम्बर प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले आग्रह गरेको छ ।

नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि सो को जानकारी उल्लेखित फोन नम्बरहरु वा अनलाइन पोर्टलबाट गराई दिनहुन मन्त्रालयले आग्रह गरेको छ । अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारका लागि गठित अन्तरनिकाय कार्यदलको आठौँ बैठक आज बसी त्यहाँबाट उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको व्यवस्थाबारे छलफल गरी सम्बन्धित सबै विन्दुमा मन्त्रालय तथा नेपाली नियोगमार्फत आवश्यक समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले यस समयमा गरेको उद्धारका लागि नेपालीहरुले पनि प्रशंसा गरेका छन् । उद्धार भएर आएका नेपालीहरुले संकटमा छिमेकी नै काम लाग्ने भएकोले भारतसँगको सम्बन्धलाई सुमधुर बनाउनुपर्ने बताएका छन् ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

९ भाद्र २०७८, बुधबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

९ भाद्र २०७८, बुधबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

९ भाद्र २०७८, बुधबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

९ भाद्र २०७८, बुधबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

९ भाद्र २०७८, बुधबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

९ भाद्र २०७८, बुधबार
Next Post
सतारुढ दल नेपाली काङ्ग्रेस पर्सा कोरोना संक्रमणको वेवास्ता गर्दै पार्टीगत भेला गर्‍यो, स्थानीय प्रशासन मौन

सतारुढ दल नेपाली काङ्ग्रेस पर्सा कोरोना संक्रमणको वेवास्ता गर्दै पार्टीगत भेला गर्‍यो, स्थानीय प्रशासन मौन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी