Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

भाषामा दुई देशको सम्बन्ध

न्युजडेस्क न्युजडेस्क
७ भाद्र २०७८, सोमबार
भाषामा दुई देशको सम्बन्ध
15
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन मनाइने विश्व (संस्कृत) दिवसको सन्दर्भमा भाषा मानवको उत्कृष्ट सम्पदा हो। यसले मानव विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। दुई व्यक्तिको मध्यआत्मीय सम्बन्ध गाँस्नमा यसको ठूलो योगदान हुन्छ।

यहाँसम्म कि दुई राष्ट्रको बिचमा प्रगाढ सम्बन्ध बनाउनमा पनि भाषाले सकारात्मक छाप छोडिरहेको हुन्छ। नेपाल र भारतको सन्दर्भमा भनौं भने संस्कृत त्यस्तो भाषा हो। जसको यी दुवै देशवासीको परस्पर मधुर सम्बन्ध स्थापनामा प्रत्यक्ष अथवा अप्रत्यक्ष योगदान रहिआएको छ। यसका मुख्य कारणमध्ये पहिलो नेपाल र भारतका अधिकांश जनताले बुझ्ने र बोल्ने भाषा हिन्दी र नेपाली दुबै भाषाको जननी संस्कृत हो।

एघारौं शताब्दीको प्रारम्भदेखि नेपाल र भारतमा विकसित भएका शताधिक अन्य आधुनिक आर्यभाषाहरूको सँगसँगै नेपाली र हिन्दीको पनि जननी भाषा संस्कृत नै हो। संस्कृतसँगको सम्बन्धबिना नेपाली र हिन्दी भाषाको कल्पना पनि गर्न सकिन्न। अन्य आर्यभाषाहरूको जस्तै नेपाली र हिन्दीको पनि संस्कृत (प्राकृत अपभ्रंश हुँदै विकास भएको पाइन्छ। त्यसैले नेपाली भाषाभाषीहरूका लागि भारतका ६० प्रतिशतभन्दा धेरै जनताद्वारा प्रयोगमा ल्याइने हिन्दी भाषालाई बुझ्न र बोल्न गाह्रो पर्दैन। हिन्दी भाषाभाषीका लागि पनि नेपाली भाषा सहज बोधगम्य हुन्छ। धार्मिक, सांस्कृतिक, दार्शनिक, पौराणिक विषयमा प्रयुक्त हुने नेपाली भाषामा ५० देखि ८० प्रतिशतसम्म र सामान्य विषय क्षेत्रमा प्रचलित नेपालीमा ६० प्रतिशतभन्दा धेरै संस्कृत स्रोतका शब्दहरू पाइन्छन्। साहित्यिक हिन्दी भाषामा ७० प्रतिशत शब्द संस्कृतकै पाइन्छन्।

त्यतिमात्रै होइन, यी दुबै भाषामा संस्कृतका तत्सम र तद्भव दुवै प्रकारका शब्द प्रचुर मात्रामा प्रयुक्त हुन्छन्। नेपाली र हिन्दीमा समान रूपमा प्रयोगमा ल्याइने ज्ञान, विद्या, शान्ति, शक्ति, नदी, धर्म, कर्म, शरीर, सम्पत्ति, विपत्ति, जागृति आदि तत्सम शब्द हुन् भने मीत (मित्र), लाज (लज्जा), आमा (अम्बा), भाइ (भ्रातृ), ससुरा र ससुर (श्वसुर), काम (कर्म), काठ (कष्ठ), हाथी (हस्ती), हाथ (हस्थ), दूध (दुग्ध) आदि तद्भव (संस्कृतबाट बनेका) शब्द हुन्।

प्राचीनकालमा प्रतिष्ठित आर्यावर्त भूभागको गौरवपूर्ण साझा सम्पदाको रूपमा रहेको नेपाली र हिन्दी दुबै भाषाको शब्दनिर्माणमा पनि संस्कृतकै नियम र शैलीको अनुसरण भएको पाइन्छ। संस्कृत भाषा नेपाल र भारतका आधुनिक आर्य भाषाहरूको अभिभावक र संरक्षक भाषा हो। संस्कृत भाषा मात्र नभई आर्यसंस्कृतिको आश्रय एवं संवाहक पनि हो। आर्यहरूको जीवनको मूल्य स्रोतको रूपमा विख्यात चतुर्विध वेद, ब्राह्मण, आरण्यक, उपनिषद्, स्मृति ग्रन्थ, पुराण, रामायण, महाभारत, कालीदास, भवभूति आदिका विश्वविख्यात काव्य (नाटक, चरक, सुश्रुत आदिद्वारा रचित शरीरशास्त्र, शिल्पशास्त्र, पाणिनी) कात्यायनादिकृत व्याकरण शास्त्र, योगशास्त्र आदि अमूल्य ज्ञानराशि नेपाल र भारत दुवैका साझा सम्पत्ति हुन्।

त्यसैले संस्कृत भाषासँग दुबै देशको सम्बन्ध गाँसिएको छ। नेपाली र हिन्दी दुबै भाषाको समृद्धि, सौन्दर्य र प्रभाव संस्कृत शब्दहरूको कारणले नै अक्षुग्ण रहिआएको छ। संस्कृत शब्द सम्पदाकै कारण यी दुवै भाषाको प्रभाव र विस्तार हुँदै गएको छ, यसमा दुई मत छैन, संस्कृत एवं भाषाप्रेमीहरूका लागि यो गौरवको विषय हो। यसरी नेपाल भारतका निवासी भौगोलिक, सांस्कृतिक आदि रूपमा मात्र सम्वृद्ध नभई दुवै देशका, बहुसंख्यक जनताद्वारा प्रयोगमा ल्याइने नेपाली र हिन्दी भाषाको पनि एउटै जननी संस्कृतबाट विकास भएकाले यिनीहरूमध्ये निकटको सम्बन्ध रहिआएको छ।

नेपाली र हिन्दी भाषाको संस्कृतसँगको यो अविच्छेद्य सम्बन्ध छ। जसमा हजारौं वर्षदेखि दुवै भाषाभाषीबिच एउटा मधुर र आत्मीय सम्बन्ध रहिआएको छ। यही भाषिक सम्बन्धको दृढ सूत्रले बाँधिएका नेपाल भारतका जनताले दुवै देशबिच रहिआएको हजारौं वर्ष पुरानो सम्बन्धलाई, राजनीतिक र कूटनीतिक प्रभावलाई पन्छाएर सदा आत्मीय, अखण्ड, चिरञ्जीवी बनाउँदै आएका छन्।

वस्तुतः एकातिर संस्कृत भाषाले नेपाली र हिन्दी दुबैलाई जीवनशक्ति प्रदान गरेको छ। अर्कातिर नेपाल र भारतका नेपालीभाषी र हिन्दीभाषी जनताबिच मधुर आत्मीय र कौटम्बिक सम्बन्धलाई निरन्तरता दिने काम पनि गरेको छ। तसर्थ, संस्कृत नेपाल भारतबिच दिगो सम्बन्धका लागि काम गर्न चाहने राजनीतिक र कूटनीतिक संयन्त्रका लागि अत्यन्त उपयोगी र लाभकारी साधन बन्न सक्छ भन्नेमा दुईमत छैन।

(लेखक केदारनाथ शर्मा भारतीय दूतावास, काठमाडौंको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक हुन्।)



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

७ भाद्र २०७८, सोमबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

७ भाद्र २०७८, सोमबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

७ भाद्र २०७८, सोमबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

७ भाद्र २०७८, सोमबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

७ भाद्र २०७८, सोमबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

७ भाद्र २०७८, सोमबार
Next Post
पाकिस्तानी राजदूत सैयद हैदर शाहमार्फत पाकिस्तानी प्रधानमन्त्रीका नाममा ज्ञापन पत्र पठाए

पाकिस्तानी राजदूत सैयद हैदर शाहमार्फत पाकिस्तानी प्रधानमन्त्रीका नाममा ज्ञापन पत्र पठाए

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी