Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेपाल-भारत सम्बन्ध : भारतकाे याे ठाउं जहाँ नेपालीले आफू नेपालमै रहेको महसुस गर्छन्

न्युजडेस्क न्युजडेस्क
५ भाद्र २०७८, शनिबार
नेपाल-भारत सम्बन्ध : भारतकाे याे ठाउं जहाँ नेपालीले आफू नेपालमै रहेको महसुस गर्छन्
31
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

वनारस । पूर्वीय सभ्यता र आदर्शको मौलिक पहिचान हो भारतको वाराणसी। उत्तर प्रदेशको एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र। काशी वा बनारसको नामले पनि चिनिन्छ यो ठाउँ जसले हिन्दु धर्मावलम्बीहरुलाई आफूतिर आकर्षित गरिरहेको हुन्छ, सधैं।

जहाँसुकै रहेका हिन्दुहरुका लागि यहाँ पुग्ने, स्नान गर्ने र पूजापाठमा सहभागी हुने महत्त्वकांक्षा हुन्छ। काशीको यस भूमिमा विश्नाथ महादेवको मन्दिर छ। भारतका विभिन्न स्थानका साथै नेपालीहरु समेत एकपटक नै भए पनि काशी विश्वनाथ महादेवको दर्शन र गंगा स्नान गर्न पुगेका हुन्छन्।

भारतको यो भूमिसँग नेपालको साइनो धेरै अघिदेखि नै रहँदै आएको हो, नयाँ होइन। बनारसमा रहेका विभिन्न घाटहरुमध्ये एउटा घाट नेपालीका लागि ‘डेडिकेटेड’ नै छ भन्दा फरक पर्दैन। बनारसको गंगा घाटहरु मध्ये ललिता घाटमा पुग्दा नेपालीहरु आफ्नै मुलुकमा रहेको अनुभूति गर्न सक्छन्।

ललिता घाटमा रहेको पशुपतिनाथ मन्दिर, त्यहाँ पूजाअर्चनामा व्यस्त रहेका नेपाली पूजारीहरु, संस्कृत अध्ययनका लागि बसेका नेपाली विद्यार्थी तथा आश्रममा मृत्युको पर्खाइमा रहेका नेपाली वृद्धवृद्धा। सबैले गराउने अनुभूति एकै हो – नेपालीपन।

प्राचिन नगरी, पवित्रस्थल

बनारसलाई संसारकै सबैभन्दा प्राचिन नगरीका रुपमा समेत चिनिन्छ। यो नगरी गंगा नदीको उत्तरी किनारमा रहेको छ। प्राचिन नाम वाराण्सी भए पनि लोकोच्चारणमा बनारस भनिँदै आएको छ। बनारसको विषयमा हिन्दुहरुको पवित्र ग्रन्थ ऋग्वेदमा समेत उल्लेख गरिएको पाइन्छ। यस स्थानलाई आद्य वैष्णवहरुको स्थानको रुपमा समेत चिनिन्छ। प्राचिन समयमा यो नगरी भगवान विष्णु (माधव)को पुरी (नगर) थियो भनिन्छ। त्यस स्थलमा भगवाण विष्णुको आनन्दको आँशु झरेको किम्बदन्ती छ। उनकै आशुबाट बिन्दुसरोबर बनेको मन्यता छ। त्यसैले विष्णुलाई बनारसमा बिन्दुमाधवका नामले समेत चिनिन्छ।

यद्यपि, पौराणिक कथाका अनुसार भगवान शिव ब्रह्माविरुद्ध क्रुद्ध भए। र, उनको शिर काटे। त्यो शिर उनको हत्केलामा टाँसिइरह्यो। १२ वर्षसम्म अनेकौ तीर्थाटन गरे पनि शिर हत्केलाबाट झरेन। त्यसपछि बनारसको काशी पुगे शिव। यहीँ पुगेपछिमात्र ‘ब्रम्हहत्या’बाट उनले मुक्ति पाएको कथा छ।

नेपाल झल्काउने लालिता घाट

नेपाल झल्काउने वर्षौ पुरानो विरासत काशीस्थित गंगा घाटमा अहिले पनि यथावत छ। काशीको ८० वटा प्रसिद्ध गंगाघाटहरुमध्ये ललिता घाट एक हो जसले अहिले पनि नेपालको पहिचान दिन्छ। ललिता घाटमा रहेको पशुपतिनाथको मन्दिर हुबहु राजधानी काठमाडौँको पशुपतिनाथको शैलीमा छ। यस मन्दिरको नाम हो – साम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर। यस घाट अरुभन्दा फरक हुनुको कारण यही मन्दिर हो जसको बनावट अरुभन्दा विल्कुलै फरक लाग्छ। दशाश्वमेध घाट र मणिकर्णिका घाटको बिचमा रहेको ललिता घाटले छुट्टै पहिचान बोकेको छ। यस घाटलाई शुरुमा नेपाली घाट, राजराजेश्वरी घाट भनिँदै आए पनि कालन्तरमा ललिता देवी मन्दिरको नाउँले ललिताघाट हुन गएको हो।

यस घाटमा सम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर, ललिता गौरी मन्दिर, गंगा केशव मन्दिर रहेको छ। घाटमा मन्दिरहरु तथा धर्मशाला निर्माण राजा राजेन्द्रवीर बिक्रम शाहले पूरा गरेका थिए। उनले सन् १८४३ मा ती मन्दिरहरुको निर्माण कार्य पूरा गराएका थिए।

त्यतिखेर मन्दिर निर्माणका लागि नेपालबाटै काठ तथा कालिगढ लगिएको थियो। काशीमा रहेको पशुपतिनाथ मन्दिरको छेउमै धर्मशाला पनि निर्माण गरिएको छ। नेपालको सांस्कृतिक झल्को दिन्छ यसले पनि। धर्मशालामा काठबाट बनेको बालकनी र आँखी झ्यालले यहाँ पुगेका नेपालीलाई भारतको बनारसमा नभई नेपालको कुनै ठाउँमा पुगेको आभाष गराउँछ। अहिले रहेका मन्दिरहरुको जिर्णोद्धार नेपाल सरकारले सन् १९४३ मा पहिलोपटक गरेको थियो।

मन्दिर संरक्षणप्रति नेपाल सरकार उदासिन

मन्दिर तथा घाटको स्वामित्वका विवाद शुरु भएपछि काशी नरेश विभूतिनारायण सिंहले नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्वामित्व ग्रहण गर्नका लागि पत्र लेखेका थिए। त्यस पछिमात्रै नेपालको पुरातत्त्व विभागले यस घाटका साथै मन्दिरको रेखदेख गर्दै आइरहेको छ। पुरातत्त्व विभागले प्रत्येक ५ वर्षमा यस घाटका लागि संरक्षण समिति चयन गर्छ। हाल संरक्षण समितिका अध्यक्ष हुन् ओमकार नन्द गिरी।

अहिले यहाँको धर्मशालामा मोक्ष प्राप्तिका लागि भन्दै नेपालबाट आएका १८ बृद्धाहरु रहेका छन्। उनीहरुका लागि यही मन्दिर व्यवस्थापनले खाना र बासको चाँजोपाँजो मिलाउँदै आएको छ।

यद्यपि, भारतको बनारसस्थित नेपालको स्वामित्वमा रहेको घाटका कतिपय मन्दिर तथा जग्गाहरु अतिक्रमणमा परेका छन्। यसबारे नेपाल सरकारले चासो नदेखाएकोमा पूजारी तथा संरक्षक रोहितकुमार ढकाल चिन्तित छन्।

‘पुरातत्त्व विभागले नेपाली घाटका केही मन्दिर तथा जग्गा संरक्षण गरे पनि बाँकी भूभागको समेत संरक्षणका लागि भारत सरकारसँग समन्वय गर्नु आवश्यक छ,’ पूजारी ढकालले भने। उनका अनुसार घाटमा रहेको घरका तल्लाहरु नेपाल सरकारकै स्वामित्वमा रहे पनि भूईतल्ला भने नेपाल सरकारको स्वामित्वमा छैन। सबै तल्लाको स्वामित्व ग्रहणका लागि पनि नेपाल सरकारले चासो देखाउनुपर्ने उनको भनाई छ।

यता, भारत सरकारले विश्वनाथ करिडोर निर्माण अन्तर्गत ललिता घाटका लागि समेत बजेट छुट्याएकोमा ढकाल खुशी छन्। ‘भारत सरकारले ललिता घाटको सौन्दर्यिकरणका लागि ठूलै राशी खर्च गरिरहेको छ, यसले ललिता घाटमा आउने पर्यटकहरुको संख्यामा वृद्धि हुनेछ,’ उनले भने। पहिलाेपाेष्टबाट



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

५ भाद्र २०७८, शनिबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

५ भाद्र २०७८, शनिबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

५ भाद्र २०७८, शनिबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

५ भाद्र २०७८, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

५ भाद्र २०७८, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

५ भाद्र २०७८, शनिबार
Next Post
पूर्व आतंकवादी समूहका कमाण्डर साहिदलाई नेपालमा मुख्य आकर्षकको रुपमा लिन थालिएको भन्दै अन्तर्राष्ट्रिय यस्तर आलोचना

पूर्व आतंकवादी समूहका कमाण्डर साहिदलाई नेपालमा मुख्य आकर्षकको रुपमा लिन थालिएको भन्दै अन्तर्राष्ट्रिय यस्तर आलोचना

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी