Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चिनियाँ कम्पनीकाे निर्माण सामग्री ढुवानीमा प्रशासनद्वारा राेक

न्युजडेस्क न्युजडेस्क
४ भाद्र २०७८, शुक्रबार
चिनियाँ कम्पनीकाे निर्माण सामग्री ढुवानीमा प्रशासनद्वारा राेक
31
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्माण सम्पन्न भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठेकेदारलाई बाँकी रहेका निर्माण सामग्री, मेसिन, उपकरणहरु अन्य स्थानमा लैजान अवरोध भएको छ ।

आयोजनाको सिभिल संरचना (लट १)को ठेकेदार सिनो हाइड्रो निर्माण कार्य पूरा गरी आफ्ना उपकरण तथा सामग्रीहरु आफू ठेकेदार भई निर्माणाधीन अवस्थामा रहेका अन्य आयोजनामा लैजान लागेको हो ।

ठेक्का सम्झौतामा भएको व्यवस्था बमोजिम आयोजनाले परामर्शदाताको सिफारिसमा उपकरणहरु बाहिर लैजान स्वीकृति दिइसकेको छ ।

तर, उपकरण र बचत भएको निर्माण सामग्री अन्यत्र लैजान भइरहेको अवरोधका कारण आयोजनाले ठेक्का सम्झौताको व्यवस्था बमोजिम सिनो हाइड्रोलाई क्षतिपूर्ति तिर्नु पर्ने अवस्था उत्पन्न भएको छ ।

निर्माणका लागि ठेकेदारले ल्याएका आफ्ना निर्माण उपकरणहरुलगायत अन्य सानाठूला मेसिन, औजार र उपकरणहरु तथा उपयोग हुन नसक्ने सग्ला, काम लाग्ने, प्रयोग भई बचत भएका सिमेन्ट, छड, पाता, फलामहरु सम्बन्धित ठेकेदारको आफ्नो सम्पत्ति भएको हुनाले परामर्शदाताको सिफारिस अनुसार आयोजनास्थल बाहिर पठाउन अनुमति दिइन्छ ।

काम सम्पन्न भएको प्रमाणपत्रसमेत सिनो हाइड्रोलाई जारी गरिसकेको अवस्थामा त्यस्ता उपकरणहरु लैजान पाउने आयोजनाले जनाएको छ । तर, केही व्यक्तिहरुले उपकरणहरु बाहिर लैजान नदिन आयोजना स्थल दोलखाको लामाबगर र गोंगरमा केही व्यक्तिहरुले अवरोध सिर्जना गरेको, धम्की दिएको आयोजनाले जनाएको छ । अवरोधका कारण ढुवानीका लागि आयोजनास्थल दोलखाको लामाबगर तथा गोंगरमा लोड गरेका उपकरणहरु लैजान सकेको छैन ।

निर्माणका लागि ठेकेदारले ल्याएका आफ्ना निर्माण उपकरणहरुलगायत अन्य सानाठूला मेसिन, औजार र उपकरणहरु तथा उपयोग हुननसक्ने सग्ला, काम काम लाग्ने, प्रयोग भई बचत भएका सिमेन्ट, छड, पाता, फलामहरु सम्बन्धित ठेकेदारको आफ्नो सम्पत्ति भएको हुनाले परामर्शदाताको सिफारिस अनुसार आयोजनास्थल बाहिर पठाउन अनुमति दिइने गरेको छ ।

सिनो हाइड्रोलेे आफ्ना स्वामित्वमा रहेका अस्थायी फलामको पुल (बेली ब्रिज) लगायतका उपकरणहरु निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनामा लैजान लागेको छ । तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह, सुरुङ र सम्बन्धित उपकरणहरु (प्याकेज २)को ठेकेदार सिनो हाइड्रो हो ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका अनुसार, विभिन्न संरचनाहरको निर्माण र जडानका क्रममा सहउत्पादनको रुपमा निस्किएका र स्थानीय संरचनामा प्रयोग हुन नसक्ने खालका फलामे छड, पाइप, एङगल,बीम पाताका टुक्राहरु, निर्माणमा प्रयोग गर्न नसकिने आल्मुनियम तथा तामाका तारहरु लगायत कुनै कवडीजन्य वस्तु भने ठकेदारले लैजान पाउँदैन । कवाडी सामानहरु सम्बन्धित ठेकेदारहरुले आयोजनालाई हस्तान्तरण गरेपछि प्रचलित कानुनअनुसार सार्वजनिक बोलपत्र आहृवान गरी लिलाम बिक्री गरिन्छ ।

सिनो हाइड्रोले दुई वटा ट्रकमा उपकरणहरु लोड गरी लामाबगरबाट बाहिर लैजान तयारी अवस्थामा राखेको छ । तर, उपकरणहरु बाहिर लैजान प्रहरीले रोकेको छ ।

आयोजना र सिनो हाइड्रोले उपकरणहरु लैजान अवरोध सिर्जना भएको जानकारी गराउँदै आवश्यक सुरक्षाको व्यवस्था गरिदिन जिल्ला प्रशासन र प्रहरी कार्यालय दोलखालाई अनुरोध गरेका छन् । ‘राष्ट्रिय गौरबको आयोजना निर्माण सम्पन्न गर्ने ठेकेदारहरुलाई प्रोत्साहन गर्नु पर्नेमा यस विपरीत उसका उपकरणहरु रोक्नु/रोक्न खोज्नु सरासर कानुन विपरीत छ, अर्कोतर्फ निर्माण सम्पन्न भइसकेपछि ठेकेदारले आफ्ना उपकरणहरु र बचत भएका निर्माण सामाग्री लग्न नपाउने हो भने ठेक्का सम्झौताअनुसार ठूलो रकम क्षतिपूर्ति माग गर्न सक्ने भएको र क्षतिपूर्ति आयोजना वा राज्यले बेहोर्नु पर्ने हुन सक्छ’आयोजनाले प्रशासन कार्यालयमा लेखेको पत्रमा उल्लेख छ ।

प्रशासन कार्यालयले जारी अवरोध हटाएर उपकरणहरु लैजान सुरक्षा व्यवस्था उपलब्ध गराउन सकेको छैन ।

‘कुनै कारणले मेसिन तथा कुनै उपकरण मर्मत र अन्य कामले लैजानु परेमा स्थानीय प्रशासनलाई पूर्व जानकारी गराएर मात्र लैजान हुन आदेशअनुसार अनुरोध छ’, प्रशासन कार्यालयले आयोजनालाई लेखेको पत्रमा उल्लेख छ ।

प्रशासनले आवश्यक सुरक्षा व्यवस्था गर्नु पर्नेमा अधिकार क्षेत्रभन्दा बाहिर गई कानुन विपरीत पत्र लेखेको आयोजनाका एक अधिकारीले बताए । उनले पूर्व जानकारी गराउँदासमेत प्रशासनले विनाकारण प्रहरी लगाएर उपकरण रोकिराखेको आरोप लगाए ।

‘सिनो हाइड्रोलाई कार्य सम्पन्न भएको प्रमाणपत्र दिइसकेका छौं, यसो हुँदा पनि मेसिन/निर्माण उपकरण रोक्नु कानु विपरीत तथा अनैतिक कार्य हो, अख्तियारको दुरुपयोग हो, कानुनबमोजिम ठेक्का गरेको कम्पनीको निजी सम्पत्ति ओसारप्रसार गर्न नदिनु भनेको सम्पत्तिको संवैधानिक हको वर्खिलाप हो’,उनले भने ।अनलाइनखबर



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

४ भाद्र २०७८, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

४ भाद्र २०७८, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

४ भाद्र २०७८, शुक्रबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

४ भाद्र २०७८, शुक्रबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

४ भाद्र २०७८, शुक्रबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

४ भाद्र २०७८, शुक्रबार
Next Post
सरकारी वकिल विरुद्ध गाउ गाउको चौकमा बिरोध तथा भण्डाफोर कार्यक्रम गर्ने

सरकारी वकिल विरुद्ध गाउ गाउको चौकमा बिरोध तथा भण्डाफोर कार्यक्रम गर्ने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी