काठमाडौं । चिनियाँ प्रहरीले तिब्बती यात्रीहरुमाथि धरपकड गरेका छन् । धरपकडको क्रममा सादा पोशकमा खटिएका चिनियाँ प्रहरीहरुले दुई तिब्बती यात्रुहरुलाई हानी पुर्‍याएका छन् । स्रोतका अनुसार चिनियाँ प्रहरीहरुले तिब्बती यात्रुहरु ५० वर्षीय ऋग्द्रक र २६ वषीर्य शेरब ज्ञात्सोलाई हानी पुर्‍याएका हुन् ।

‘स्वतन्त्र तिब्बत पश्चिमी चीनको किङहाई प्रान्तका प्रहरीहरूले आइतबारको दिन अनियमित खोजीमा सडकमा यात्रा गरिरहेका तिब्बतीहरूको एउटा समूहलाई रोके । उनले खोजीको विरोध गर्ने ऋग्द्रकलाई ड्रिचु नदीमामा धकेले जहाँ उनको मृत्यु भयो र हस्तक्षेप गर्न प्रयास गर्ने ज्ञात्सोलाई गोली हाने’, तिब्बती स्रोतले भन्यो ।

ऋग्द्रक र ज्ञात्सो अन्य सवारी चालकको समूह लिएर युशु तिब्बत स्वायत्त प्रदेशको डोमाडा गाउँ फर्किरहेका बेला चिनियाँ प्रहरीले सादा पोशाक लगाएर सडकमा रोकेका थिए । सो क्षेत्रमा बस्दै आएका तिब्बतीले सोमबार रेडियो फ्रि एसिया (आरएफए) जानकारी दिएको समाचार सार्वजनिक भएको हो ।

‘निरीक्षण गर्ने अधिकारीहरू प्रहरी हुन् भन्ने वास्तवमा तिनीहरू दुवैलाई थाहा थिएन, त्यसैले ऋग्द्रकले एक जना अधिकारीको सामना गर्र्नुपर्‍यो, उनी कुन विभागका हुन् र किन रोकिए र खोजी गरिरहेका छन् भनी जान्न माग गरे’, नाम नखुलाउने शर्तमा बोल्दै स्रोतले भन्यो ।

डोमाडामा परिवारका पाँच सदस्य रहेका ज्ञात्सो नामका यात्रुले प्रहरीको सामना गरे र गोली खानुपर्यो । तर, अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको र उनी खतराबाट बाहिर रहेको स्रोतले बतायो।

चीनले मोबाइल फोनमा सोशल मिडिया र मेसेजिङ एपहरूमा विशेष ध्यान दिइरहेका छन्, सूत्रहरूले पहिलेका रिपोर्टहरूमा भनेका छन् । अगस्ट ८ को युशु प्रिफेक्चर स्थापनाको ७० औँ वार्षिकोत्सवका लागि राखिएका कडा सुरक्षाका बीच सामाजिक सञ्जालमा फोटो सेयर गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको युशुको एक स्रोतले बतायो ।

स्रोतका अनुसार चीनले पश्चिमी चिनियाँ प्रान्तका तिब्बत र तिब्बती क्षेत्रहरूमा विरोध प्रदर्शन वा अन्य राजनैतिक रूपमा संवेदनशील सूचनाहरू निर्वासनमा बस्ने तिब्बतीहरूलाई र अन्य बाह्य सम्पर्कहरूलाई समाचारको प्रवाह रोक्ने उद्देश्यले कडा सञ्चार क्लम्पडाउन लगाएको छ ।

चिनियाँ प्रहरीले जुलाइदेखि युशुमा रहेका तिब्बतीहरूको विशेष निगरानी गर्न थालेको छ । विशेष गरी मोबाइल फोनमा, सामाजिक सञ्जालमा राखिएको राजनीतिक टिका टिप्पणीहरुको चिनियाँ प्रहरीले खोजी गर्न थालेकोको हो ।

पहिले स्वतन्त्र राष्ट्र तिब्बतमाथि आक्रमण गरेर ७० वर्षअघि बलपूर्वक चीनमा समावेश गरिएको थियो । चिनियाँ अधिकारीहरूले यस क्षेत्रमा कडा पकड कायम राखेका छन् । तिब्बतीहरूको राजनैतिक गतिविधि र सांस्कृतिक तथा धार्मिक पहिचानको शान्तिपूर्ण अभिव्यक्तिमा प्रतिबन्ध लगाएका छन् ।

सम्वन्धित समाचार :