Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रचण्डकाे दाेहराे निति, देउवा सरकार अल्पमतमा पर्न सक्ने

न्युजडेस्क न्युजडेस्क
३ भाद्र २०७८, बिहीबार
प्रचण्डकाे दाेहराे निति, देउवा सरकार अल्पमतमा पर्न सक्ने
13
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।
सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन् । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण छ ।
माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए । परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन् ।

‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा भने,‘ यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ । प्रतिगमनको खतरा टरिसकेको छैन, त्यसैले हामीले धेरै हौसिन जरुरी छैन ।’

सरकारको गणितबारे चर्चा गर्दै प्रचण्डले अगाडि भने, ‘जसपाले वैधानिकता पाएकाले २० सांसद छन् । काँग्रेस र हाम्रा सांसद १११ छन् । सबै जोड्दा १३१ मात्र पुग्छ, यत्ति हो । यसरी हेर्दा हामी अल्पमतमा छौँ ।’

‘सरकार विस्तार माओवादीका कारण ढिलो भएको होइन’

सरकार गठन भएको एक महिनासम्म मन्त्रिमण्डल विस्तार नहुनुमा माओवादी पार्टीको कुनै दोष नरहेको प्रचण्डको भनाइ छ । प्रधानमन्त्रीले नाम माग्नासाथ स्थायी कमिटीको बैठक राखेर मन्त्रीका नाम दिन सक्ने प्रचण्डको तर्क छ ।

प्रचण्डले भने, ‘दलभित्रको अवस्थाका कारणले ढिलो भएको हो, हाम्रो कारणले ढिलो भएको हैन ।’

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको कारण बताउँदै प्रचण्डले भने, ‘कहिले जसपाको आधिकारिकता विवाद त कहिले एमालेको अन्तरसंघर्षले स्वरूप लेओस् भनियो ।अहिले प्रधानमन्त्री आफैँले काँग्रेस कार्यसमितिको बैठकपछि गरौँ भन्नुभएको छ ।’

प्रचण्डले पार्टीको बैठकमा माधव नेपालबारे खासै बोलेनन् । उनले यत्ति मात्र भने, ‘माधवजीको के हुन्छ, थाहा छैन । आशा गरौँ, ठिकै हुन्छ ।’

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले केपी ओली प्रवृत्तिबारे लामो व्याख्या गरे पनि माधव नेपाल खासै खुलेनन् । त्यस्तै, नेपाली काँग्रेससँग गरिएको गठबन्धनको विषयमा पनि उनले सम्बोधनमा खासै व्याख्या गरेनन् ।

तर, बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सङ्गठनात्मक प्रस्तावमा भने उनले काँग्रेससँग गरिएको गठबन्धनको औचित्यबारे विश्लेषण गरेका छन् । प्रचण्डको यो प्रतिवेदनमाथि राय दिनका लागि आइतबार ११ बजे पुनः बस्ने बैठकमा समूहगत छलफल गरिने भएको छ ।

चुनावसम्म गठबन्धन कायमै राखिने

प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमा अहिलेको सत्तारुढ गठबन्धनलाई आगामी चुनावसम्म कायमै राख्ने पार्टीको नीति रहने उल्लेख छ । प्रस्तावमा भनिएको छ–

‘केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ । यसलाई नरुचाउने शक्तिहरू गठबन्धनलाई कमजोर पार्न र भत्काउन लागिपरेका छन् । अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तिमा कायम राख्ने पार्टीको नीति हुनेछ ।’



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

३ भाद्र २०७८, बिहीबार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

३ भाद्र २०७८, बिहीबार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

३ भाद्र २०७८, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

३ भाद्र २०७८, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

३ भाद्र २०७८, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

३ भाद्र २०७८, बिहीबार
Next Post
थारु भाषा समानीकरणका लागि कार्यशाला गोष्ठी सम्पन्न

थारु भाषा समानीकरणका लागि कार्यशाला गोष्ठी सम्पन्न

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी