Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

एमसीसी रोक्न चिनिया राजदूतको दौडधुप

न्युजडेस्क न्युजडेस्क
३२ श्रावण २०७८, सोमबार
एमसीसी रोक्न चिनिया राजदूतको दौडधुप
31
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि यति बेला अमेरिकी सहयोग नियोग एमसीसी नेपालमा चर्चाको केन्द्र विन्दुमा छ ।

एमसीसी संसदबाट पास गराउन अमेरिका हात धोएर लागेको छ भने एमसीसी रोक्न चिनिया राजदूत होउयान्छीले आफ्नो सक्रियतालाई तीव्र पारेकी छन् । एमसीसीको विषय पेचिलो बन्दै गइरहेको बेला चिनिया राजदूतको यो अस्वभाविक सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजदूत यान्छीले पालैपालो नेपालका सत्ता साझेदार विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेट गरिरहेकी छन् । उनले सत्तारुढ गठबन्धनका नेताहरुसँगको भेटमा अमेरिकी मिलीनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई रोक्नको लागि दवाव दिइरहेकी छन् ।

५० अर्बभन्दा बढी अनुदानको यो परियोजना अन्तर्गत अमेरिकाले सडक र ऊर्जामा यो रकम खर्च गर्दैछ । साउन १५ गते चिनिया राजदूत होउ यान्छीले ऊर्जा मन्त्री पम्फा भुषालसँग भेट गरेकी थिइन् । सो भेटमा राजदूत यान्छीले तत्काल एमसीसी परियोजना अघि नबढाउन घुमाउँरो पारामा दवाब दिएकी थिइन् । उनले एमसीसीको साटो चीनको महत्वकांक्षी परियोजना वेल्ड एण्ड रोड इनीसीएटीभ (बीआरआई)लाई अघि बढाउन दवाब दिएको बुझिएको छ ।

सो भेटमा राजदूत यान्छीले बीआरआई प्रोजेक्ट अनुसार चीन सरकार नेपाललाई जति पनि ऋण सहयोग गर्न तयार रहेको तर एमसीसी रोक्नुपर्नेमा जोड दिएकी थिइन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीले पौष ५ गते संसद विगठन गरेपछि लगभग शून्य जस्तै भएको एमसीसी देउवा प्रधानमन्त्री भएसँगै फेरि पेचिलो हुँदै गएको छ । बहुचर्चित एमसीसी च्याप्टरमा सहमति नजुटिरहेको बेला एमसीसी सम्बद्ध ऊर्जा मन्त्रालयका मन्त्री र राजदूत यान्छीको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

राजदूत यान्छीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग साउन २४ गते खुमलटार पुगेर भेट गरेकी थिइन् । करिब ३० मिनेटको भेटमा राजदूत यान्छीले एमसीसी तत्काल पास नगर्न आग्रह गरेकी थिइन् । यदि एमसीसी पास भयो भने नतिजा राम्रो नहुने पनि घुमाउरो पारामा चेतावनी दिएकी थिइन् । चिनिया राजदूतसँगको भेटपछि माओवादी अध्यक्ष प्रचण्डले तत्काल एमसीसीको प्रस्तावलाई सदनमा टेबुल नगर्ने मनस्थितिमा आफूलाई पु¥याएका छन् ।

राजदूत यान्छीले एमसीसी रोक्न र त्यसको सट्टा बीआरआईलाई अघि बढाउन सत्ता साझेदार दलका प्रमुख नेताहरुलाई आग्रह गरेकी थिइन् । जवाफमा नेताहरुले यस विषयमा पार्टीमा छलफल गरेर अघि बढ्ने धारणा व्यक्त गरेका छन् । राजदूत यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्ति भएपछि आफ्नो सक्रियतालाई तीव्र बनाएकी छन् । उनले माधव नेपाल, पम्फा भुषाल, प्रचण्ड, उपेन्द यादव, सभामुख अग्नि सापकोटा लगायतका नेताहरुसँग भेट गरी तत्काल एमसीसीलाई रोकी चीनको महत्वकांक्षी राष्ट्रिय ध्वजावाहक परियोजना बीआरआईलाई अघि बढाउन घुमाउरो भाषामा चेतावनी दिँदै आइरहेकी छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको अघिल्लो सरकारको पालामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर काकीले यो सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, पछि यसलाई राजनीतिकरण गरेर विवादित बनाइयो । यही विषय विवादित बनेपछि चीनले नेपालका शीर्ष नेताहरुलाई एमसीसी पारित नगर्न र बिआरआई परियोजना अघि बढाउन दवाव सिर्जना गर्न थालो । यसको पछिल्लो उदाहरण चीनकी राजदूतको दौडधूपलाई हेर्न सकिन्छ ।

प्रधानमन्त्री नियुक्ति भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कै सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रचण्ड, उपेन्द्र यादव, माधव नेपाल लगायत नेताहरुसँग चिनिया राजदूत होउ यान्छीले लगातार भेटलाई तीव्र बनाइरहेको बेला एमसीसीमा देउवालाई घेराबन्दी गर्ने रणनीतिमा चीन अघि बढेको देखिन्छ । सत्ता गठबन्धनकै शीर्ष नेताहरुलाई भेटेर एमसीसीलाई कुनै हालतमा पारित हुन नदिने र बीआरआई परियोजनालाई अघि बढाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव सिर्जना गर्ने र गराउने विषयमा नै उक्त भेटघाटालाई तीव्रता दिएकी छिन् ।

प्रधानमन्त्री देउवालाई सहयोग गरे जस्तो पनि देखाउने र अर्कोतिर सत्ता गठबन्धनकै नेताहरुलाई दवाव दिएर विभिन्न परियोजनामा घेराबन्द्यी गर्ने रणनीतिमा चिनिया राजदूत होउ यान्छी लागेकी छिन् । यसले नेपालको आन्तरिक मामिलामा चीनले प्रत्यक्ष दवाव सिर्जना गरिरहेको छ । कुनै पनि विदेशी परियोजनालाई पास गर्ने वा नगर्ने नेपालको सार्वभौम संसदले निक्र्याेृल गर्छ । तर, यो एक महिनाको अवधिमा चीनले नेपालको आन्तरिक मामिलामा दवाव सिर्जना गरी घुमाउरो पारामा सत्ता गठबन्धन राजनीतिक दलका नेताहरुलाई चेतावनी दिनु राजनीतिक हस्तक्षेप नै मान्न सकिन्छ ।

राजदूत यान्छीको सत्ता साझेदार नेताहरुसँगको भेटवार्तापछि तत्काललाई एमसीसी परियोजना संसदमा पेस नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्काललाई एमसीसी परियोजनालाई यथास्थितिमा राख्ने र बृहत राजनीतिक संवादपछि मात्र यसको बारेमा निर्णयमा पुगिने बताएका छन् ।

तर, सत्ता साझेदार दल नेपाली कांग्रेस भने एमसीसीलाई संसदमा प्रवेश गराउने मनस्थितिमा छ । चिनिया राजदूत हाउ यान्छीको अस्वाभाविक बढी सक्रियताले नेपालको राजनीतिमा फेरि एकपटक हलचल हुने सम्भावना बढेर आएको छ ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

३२ श्रावण २०७८, सोमबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

३२ श्रावण २०७८, सोमबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

३२ श्रावण २०७८, सोमबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

३२ श्रावण २०७८, सोमबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

३२ श्रावण २०७८, सोमबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

३२ श्रावण २०७८, सोमबार
Next Post
औरही गाउँपालिकाले छैठों गाउँसभा सम्पन्न

औरही गाउँपालिकाले छैठों गाउँसभा सम्पन्न

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी