Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पाकिस्तानले चरमपन्थी समूहसँग सम्बन्ध नतोडेको : अशरफ गनी

न्युजडेस्क न्युजडेस्क
३२ श्रावण २०७८, सोमबार
पाकिस्तानले चरमपन्थी समूहसँग सम्बन्ध नतोडेको : अशरफ गनी
39
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पाकिस्तानस्थित अफगानिस्तानका राजदूत नजीबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिललाई जुलाई १६ तारिखमा अज्ञात हतियारधारीहरूले अपहरणको कोसिस गरेका थिए।

उनलाई ती अपहरणकारीले केही समय नियन्त्रणमा लिएर कुटपिट गरेर भागेको बताइएको थियो।
उक्त घटना भएको करिब एक महिनापश्चात् अफगान राजदूतले एक ट्वीट गर्दै आफ्नी छोरीले उक्त मामिलाबारे बोलेको कुरा राखेका छन्।

घटनाको विवरण
राजदूतले छोरीको फेसबुकको लिङ्क दिएका छन् जसमा उनले आफ्नो परिचयका साथ उक्त दिनको घटनाको विवरण सुनाएकी छन्।

“अपहरणको घटना जुलाई १६ मा भयो। म आफ्नो भाइका निम्ति उपहार किन्न चाहन्थेँ। मैले घरबाट बजार जान भनेर ट्याक्सी डाकेँ। उपहार किनेपछि अर्को ट्याक्सी चढेर घर फर्कन चाहन्थेँ। अपहरणको घटना यही दोस्रो ट्याक्सीमा भयो।”

अफगानिस्तानका राजदूतकी छोरीको पाकिस्तानमा अपहरण
उनी भन्छिन्, “ट्याक्सी चालकले अर्को एक व्यक्तिलाई पनि ट्याक्सीमा राखे। मैले यसरी अर्को यात्री नराख्न भनेर विरोध गरेँ। त्यतिनैबेला ती दोस्रा व्यक्तिले म तर्फ हेर्दै तिमी अफगान राजदूतको छोरी हो भन्दै मनपरी बोले र कुटपिट गर्न थाले। करिब तीनदेखि पाँच मिनेटसम्म यो सबै भयो र म बेहोस भएँ। होसमा आएपछि मलाई शारीरिक तथा मानसिक रूपमा प्रताडित गरियो। त्यसपछि मलाई घर पुर्‍याइयो र त्यहाँबाट अस्पताल पुर्‍याइयो जहाँ पाकिस्तानका प्रहरी पनि थिए। लगत्तै उनीहरूले जाँचबुझ थाले। उनीहरूले पटक पटक प्रश्न दोहोर्‍याइरहे, मैले पटकपटक उही जबाफ दिइरहेँ।”

घटनापश्चात् अपनाइएको जाँचबुझ तथा मेडिकल जाँचका तौरतरिकाबारे प्रश्न उठाउँदै सिलसिला अलिखिल भन्छिन्, “मलाई प्रताडित गरिएको हुनाले डाक्टरहरूले मेरो राम्ररी हेरविचार गर्छन् भन्ने लागेको थियो। अपहरणका मामिलामा पीडितहरूको शरीरमा विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ ताकि बेहोसीको समयमा के भएका थिए भन्ने जान्न सकियोस्। यसका निम्ति १२ देखि १८ घण्टा बीच रगत परीक्षण हुनुपर्छ। त्यसपछिको परीक्षणबाट थाहा पाउन सकिँदैन। तर मलाई थाहा छैन किन मेरा ती परीक्षण ठीकसँग गरिएनन्।”

अफगानिस्तानको लडाइँमा तीन दिनभित्र २७ बालबालिकाको मृत्यु
त्यसबेला डाक्टरहरूले पनि घटनाको विवरणबारे सोधेको र त्यसले आफू आश्चर्यमा परेको उनले बताइन्। प्रहरीसँग पटकपटक घटनास्थल पुगेर विवरण दिएको उनको भनाइ छ।

लगत्तै आफू टर्की गएको र घटनाको तीन-चार दिनपछि त्यहाँ सबै महत्त्वपूर्ण जाँच ठीक तरीकाले गरिएको उनले बताएकी छन्।

“अहिले शारीरिक रूपमा म ठीक छु तर मानसिक रूपमा ठीक हुन अझै समय लाग्छ किनभने अझैपनि हरेक रात म अचानक दुई तीनपल्ट ब्युँझन्छु र त्यतिखेर लाग्छ म उही घटनास्थलमा छु।”

उनले यस घटनासँग एक युवा अफगानको गरिमा, उनको परिवारको गरिमा, उनको देश अफगानिस्तानको गरिमासमेत जोडिएको हुनाले अफगान सरकारलाई यो मामिला गम्भीरतापूर्वक लिन आह्वान समेत गरेकी छन्।

पाकिस्तानी अधिकारीहरूलाई पनि इमानदारीका साथ यसको छानबिन गर्न र अपराधीलाई ढिलो नगरिकन पक्राउ गरी सजाय दिलाउन उनले आह्वान गरेकी छन्।

पाकिस्तानको प्रहरीले यसअघि अफगानिस्तानका राजदूतकी छोरीलाई अज्ञात हतियारधारीहरूले अपहरण गर्ने कोसिस गरेको तर सफल हुन नसकेपछि हिंसा गरेर भागेको बताएको थियो।

पाकिस्तान-अफगानिस्तान सम्बन्ध चिसिदै
अफगान राजदूतकी छोरीको अपहरणको घटना त्यतिखेर भएको छ जतिखेर पाकिस्तान र अफगानिस्तानका नेताबीच तनाव बढिरहेको छ।

अफगानिस्तानले पाकिस्तानमाथि तालिबानलाई सहयोग गरेको आरोप लगाएको छ। दुई देशका नेताबीच वाकयुद्ध पनि चलेको छ।

जुलाईमा मध्य तथा दक्षिण एसिया सम्पर्क सम्मेलनका बेला अफगानिस्तानका राष्ट्रपति अशरफ गनी छिमेकी देश पाकिस्तानका प्रधानमन्त्रीसँग केही फिटको दूरीमा उपस्थित थिए। पाकिस्तानमाथि निशाना लगाउँदै त्यतिखेर उनले पाकिस्तानले चरमपन्थी समूहसँग सम्बन्ध नतोडेको बताएका थिए।

गनीको बयान लगत्तै बोल्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ती आरोपबाट आफू निराश भएको बताएका थिए।  बिबिसी



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

३२ श्रावण २०७८, सोमबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

३२ श्रावण २०७८, सोमबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

३२ श्रावण २०७८, सोमबार
औरहीमा ७३ औँ प्रजातन्त्र दिवस भव्य रुपमा विविध कार्यक्रम गरी मनाए
BannerNews

औरहीमा ७३ औँ प्रजातन्त्र दिवस भव्य रुपमा विविध कार्यक्रम गरी मनाए

३२ श्रावण २०७८, सोमबार
बरियारपट्टीको वडा नम्बर ४मा फाईवर वाला कम्बल वितरण गरे
BannerNews

बरियारपट्टीको वडा नम्बर ४मा फाईवर वाला कम्बल वितरण गरे

३२ श्रावण २०७८, सोमबार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

३२ श्रावण २०७८, सोमबार
Next Post

२०२१ को विश्व अर्थतन्त्र : चीनभन्दा भारत अगाडि जाने प्रक्षेपण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 days अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी