सिराहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा ‘बर्थिङ सेन्टर’ संचालनमा आएको छ । साउन २८ गते बिहिवार देखि २४ घण्टे प्रसुती सेवा संचालन गरिएको हो ।
स्थानीयलाई सुलभ हुने गरि वडा नम्बर – १ रामपुर र वडा नम्बर – ६ सितापुरको स्वास्थ्य चौकीमा एकैसाथ प्रसुती सेवा केन्द्रको उदघाटन भएको छ । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिगाउँपालिका अध्यक्ष रामबल्लभ साहले स्वयंम् सेविकाहरुलाई बर्थिङ्ग सेन्टरको प्रचार प्रसार गर्न निर्देशन दिएका छन । उनले नियमित प्रदान गर्ने सुरक्षीत प्रसुती सेवालाई थप निरन्तरता दिन गाउँपालिकाले आगामी दिनमा सक्दो प्रयास गर्ने बताए ।स्वास्थ्य संस्थामै सुत्केरी गराउँदा चिकित्सकको उचित परामर्शका साथै औषधी उपचार, नि: शुल्क स्वास्थ्य सामाग्री समेत प्रदान गरीने भएकोले सुरक्षित प्रसुती सेवा लिन पालिकाका गर्भवती दिदी बहिनीहरुलाई अध्यक्ष साहले आग्रह गरेका थिए ।
विधिबत रुपमा सेवा केन्द्रको उदघाटन भएको गाउँपालिकाका स्वास्थय शाखा प्रमुख काशीराम यादवले जानकारी दिएका छन ।
उदघाटन कार्यक्रममा वडा नम्बर – १ का वडा अध्यक्ष मनिकलाल यादव र ६ का वडा अध्यक्ष राजेश्वर साहको अध्यक्षता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव , गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुमिन्त्रा लामा , लेखापाल नरेश कामती , आयुर्वेद शाखा प्रमुख धनिकलाल यादव लगायतका स्थानीय बुद्धिजीवी , राजनैतिक दलका पदाधिकारीहरुको रोहबरमा उदघाटन भएको रामपुर स्वास्थ्य चौकीका प्रमुख अनिल कुमार साहले जानकारी दिए । कार्यक्रममा रामपुर स्वास्थ्य चौकीका जग्गा दाता बिन्देश्वर साह हलुवाईलाई प्रमाण- पत्र सहित दौसला ओढाई गाउँपालिका अध्यक्ष रामबल्लभ साहले सम्मान गरेका थिए ।
एसबिए तालिम प्राप्त दक्ष अनमी तथा चिकित्सकहरुद्वारा गाउँमै २४ घण्टे प्रसुतीसेवा संचालनमा आएपछि स्थानीय खुशी भएका छन ।
© 2025: Sima Post | All right reserved | Privacy Policy