आइजीपी र एआइजीको तलब स्केल बराबर छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब ६६ हजार ८ सय ६० पुगेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५८ हजार ३ सय १ रुपैयाँ पुगेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तलब को ५५ हजार ९ सय ६४ रुपैयाँ पुगेको छ भने प्रहरी उपरीक्षक (एसपी) को तलब ५३ हजार ४० रुपैयाँ पुगेको छ ।

यो पनि

​यस्तै प्रहरी नायव उपरीक्षक (डीएसपी)को  ४९ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) को तलब ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ ।

प्रहरी नायव निरीक्षक (सई) को तलब ३८ हजार २ सय ५६ रुपैयाँ र प्रहरी सहायक निरीक्षक(असई) को ३५ हजार २ सय ४१ रुपैयाँ तलब कायम भएको छ पुगेको छ ।

त्यस्तै, प्रहरी हवल्दारको २९ हजार ६ सय १७ रुपैयाँ र प्रहरी जवानको २८ हजार ७ सय ३६ रुपैयाँ तलब तोकिएको छ । रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । फलोअर्स, सयस समेतको सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँमा १० औं ग्रेडको प्रतिग्रेड ७ सय १६ रुपैयाँका दरले २८ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।

सम्वन्धित समाचार :