Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

थुप्रै विषयमा विमति हुँदाहुँदै पनि चीनले भारतसँग सम्बन्ध घनिष्ठ रहेको ‘इम्प्रेसन’ दिन खोजिरह्याे : गाेखले-“दि लङ गेम

न्युजडेस्क न्युजडेस्क
२८ श्रावण २०७८, बिहीबार
थुप्रै विषयमा विमति हुँदाहुँदै पनि चीनले भारतसँग सम्बन्ध घनिष्ठ रहेको ‘इम्प्रेसन’ दिन खोजिरह्याे : गाेखले-“दि लङ गेम
9
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

सन् १९५० को दशक र अहिलेको चीनमा आकाश-जमीन फरक छ । परिवर्तित समयमा पनि जनवादी गणतन्त्र चीन स्थापनाकालको कूटनीतिक शैली-प्रक्रियाको जुइनो भने बलियो नै छ । अर्थात्, अरू मुलुकसँग वार्ता गर्ने चीनको आधारभूत शैलीमा एकरूपता र निरन्तरता छ ।

वार्तामा बस्दा चिनियाँहरूको उद्देश्य, रणनीति र प्राप्तिबारे कहिल्यै, कुनै अलमल हुँदैन । उनीहरू आफ्नो संवेदनशीलता बुझिदिन दबाबमूलक आग्रह गर्छन्, तर अर्काे पक्षको समस्यामा कम संवेदनशील रहन्छन् ।

प्रमुख वार्ताकार विस्तृतमा नगई मोटामोटी सैद्धान्तिक कुरा राख्छन् अनि विवादित र कठिन विषयवस्तुको जिम्मेवारी मातहतलाई दिन्छन् । नेतृत्वले सौहार्दपूर्ण रूपमा सैद्धान्तिक छलफल गरेर विवादित विषय ‘डिल’ गर्ने जिम्मा सम्बन्धित विभागका अधिकारीहरूलाई दिने चिनियाँ शैली अद्यापि कायमै छ ।

सी जिनपिङ पार्टी नेतृत्वमा आएपछि कूटनीतिमा पनि सी विचारधारा लागू भएको गोखलेले उल्लेख गरेका छन् । उनका अनुसार, कुनै पनि चिनियाँ कूटनीतिज्ञको सबभन्दा ठूलो क्षमता राजनीतिक नेतृत्वको भावना र निर्देशन ठम्याउन सक्नु हो ।
चीनले अरूसँग गरेको वार्ताको विषयवस्तु आफ्ना सरकारी संचारमाध्यम मार्फत बाहिर ल्याउँछ । कतिपय सन्दर्भमा त अर्काे पक्षलाई अप्ठेरो पर्ने गरी संचारमाध्यम र प्रेस विज्ञप्तिबाट त्यस्ता विषयवस्तु सार्वजनिक गरिदिन्छ । लामो समय ‘चिनियाँ चाल’ झेलेका भारतका पूर्व विदेशसचिव विजय गोखलेको निचोड हो, यो ।

गोखलेको हालै प्रकाशित पुस्तक ‘दि लङ गेम’ मा चीनको पुरानो कूटनीतिक शैलीमा आधारभूत बदलाव नआएको उल्लेख छ । उनले तनावपूर्ण विषयहरूमा भएका भारत-चीन वार्ताहरूलाई केन्द्रमा राखेर चिनियाँ कूटनीतिक चातुर्यको विश्लेषण गरेका छन् ।

तिब्बत, सिक्किम, भारत-चीन युद्ध लगायत विषयमा भारतीयहरूले आफ्नो आँखाबाट दर्जनौं किताब लेखेका छन्, जसमा विवादहरू कसरी हल भए, त्यसबाट के नतिजा आयो, दुई देशको सम्बन्ध कसरी विकसित भयो भन्ने विषयमा वस्तुनिष्ठ विवेचना पाइँदैन ।

गोखलेले ७० वर्षको अवधिमा भएका महत्वपूर्ण वार्ताहरूको आलोकमा चिनियाँ प्रवृत्ति केलाएका छन् । उनले सन् १९४९ मा भारतले जनवादी गणतन्त्र चीनलाई मान्यता दिएको सन्दर्भ उप्काउँदै तिब्बतमा भारतीय चासो, आणविक परीक्षण, सिक्किम मामिला, मसुद अजहरलाई आतंककारी घोषणा गर्ने लगायत विषयका वार्ताहरूमा ‘चीनले आफ्नो हात कसरी माथि पार्‍यो’ भनेर विश्लेषण गरेका छन् ।

१९५० को दशकमा तिब्बत मामिलामा भएका विभिन्न वार्तामा भारत र चीनका चासोहरू आदान-प्रदान भए । गोखलेका अनुसार, त्यतिवेला थुप्रै विषयमा विमति हुँदाहुँदै पनि चीनले भारतसँग सम्बन्ध घनिष्ठ रहेको ‘इम्प्रेसन’ दिन खोजिरहेको थियो । त्यसको मूल कारण थियो- भारतलाई अमेरिकी र बेलायती क्याम्पमा जानबाट रोक्नु ।

चीनले दलाई लामालाई तिब्बतबाट भारत पलायन हुन नदिन ठूलो कसरत गरेको थियो । भारतलाई वार्तामा भुलाएर तिब्बतमा नियन्त्रण कायम गरेपछि मात्र सीमा लगायत विवादित विषयमा भारतसँग सम्झौता गर्ने चिनियाँ रणनीति रहेको गोखलेले उल्लेख गरेका छन् ।

त्यसका लागि उसले भारतको नेतृत्वलाई आश्वस्त पारिरहेको थियो । विशेषतः तिब्बतसँगको सीमा र त्यहाँ भारतको व्यापारिक लगायत स्वार्थहरूको सवालमा चीनले जवाहरलाल नेहरूलाई पटक-पटक आश्वस्त बनाएको थियो । आफूले सम्झौता गर्नुपर्ने विषयमा वार्ता गर्न नहतारिइकन भारतसँगको सम्बन्धलाई सहज-सौहार्दपूर्ण देखाउने यत्न चीनले त्यसबेला गरेको थियो ।

गोखलेको पुस्तकका अनुसार चीनको मुख्य सरोकार तिब्बतमाथिको खतरा भारतबाट बुझ्नु र त्यसलाई असफल पार्ने रणनीति तय गर्नु थियो । अमेरिकाले भारतसँग मिलेर तिब्बतमा अस्थिरता बढाउँछ भन्ने चिनियाँ आकलन थियो । प्रधानमन्त्री चाउ एनलाईले राजा त्रिभुवनलाई हटाउन बि्रटिशहरूले नेपालका राणाहरूलाई समर्थन गरेको भारतीय अधिकारीहरूसँग बताएको गोखलेले उल्लेख गरेका छन् । उनका अनुसार, चाउ ब्रिटिश र अमेरिकीहरूले नेपालबाट तिब्बतमा समस्या सिर्जना गर्ने आशंका गर्थे ।

नेपालमा भारतको राजनीतिक प्रभाव रहेका कारण चिनियाँहरू यो विषय भारतीयहरूसँग बारम्बार उठाइरहन्थे । पुस्तकका अनुसार नेपालबाट हस्तक्षेप भएको अवस्थामा तिब्बतमा चिनियाँ जनमुक्ति सेनालाई स्थापित गर्ने कार्य जटिल हुने चिनियाँ बुझाइ थियो । पश्चिमा प्रभाव-दबाबमा नेपालले तिब्बत मामिलामा अडान नलिने हो कि भन्ने आशंका चीनलाई थियो ।

इतिहासका विभिन्न कालखण्डमा नेपालले तिब्बतमाथि आक्रमण गरेकोले पनि भारतसँग होस् वा सोभियत युनियनसँगको वार्तामा चीनले नेपालको प्रसंग उठाउने गरेको पुस्तकमा उल्लेख छ । चीनले आफ्नो अनुकूलका एजेण्डा मात्रै वार्तामा उठाएर तिब्बतलाई पूर्ण नियन्त्रणमा लिएको र भारतका स्वार्थहरूलाई निस्तेज पारेको गोखलेले लेखेका छन् ।

भारतको विदेशसचिव रहिसकेका व्यक्तिले लेखेको ‘दि लङ गेम’ मा भारतीय आँखा हाबी हुनु अस्वाभाविक होइन, तर धेरै ठाउँमा पुस्तक चीनप्रति असन्तुलित रूपमा पूर्वाग्रही पनि लाग्छ ।
उनका अनुसार चीनसँगको वार्तामा भारतको हात तल पर्नुको केही खास कारण छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सँग परराष्ट्र नीति संचालन र वार्ताको अनुभव थियो । उनीहरूले दोस्रो विश्वयुद्धको समयमा नै अमेरिका, बेलायत, जापान, रसिया लगायत मुलुकसँग वार्ता गरेका थिए ।

भारतका प्रधानमन्त्री नेहरू र अन्य नेतासँग भने कूटनीतिक वार्ताको अनुभव कम थियो । किनभने, त्यसअघि भारतको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध बि्रटिशहरूले संचालन गरेका थिए । यही कारणले तिब्बतसँग सम्बन्धित धेरै विषयमा चीन हावी भएको गोखलेको निष्कर्ष छ ।

पुस्तकमा उनले चीनको कूटनीतिक वार्ता शैली र परराष्ट्र नीति संचालनमा प्रभाव पार्ने निकायहरूबारे पनि उल्लेख गरेका छन् ।

वार्ताको चिनियाँ शैली

पुस्तकमा चीनले विदेशीसँग वार्ता गर्ने तौरतरिकाबारे विस्तृतमा उल्लेख छ । त्यसअनुसार, चिनियाँहरू वार्तामा बस्नुपूर्व विषयवस्तु र प्रोटोकललाई एकदमै ध्यानमा राख्छन् । एकदमै होशियारीपूर्वक मिहिन र विस्तृत तयारी गर्छन् ।

चिनियाँहरूले विषयवस्तुमा पकड राख्न अभिलेखहरूको मात्र नभई देशी-विदेशी थिंक ट्यांकको अध्ययन प्रतिवेदनहरूको गहन अध्ययन गर्ने, अर्काे पक्षका प्रतिनिधिमण्डलका सदस्यहरूको व्यक्तिगत विवरण, उनीहरूको चीन र अन्य मुलुकसँगको ‘कनेक्सन’ केलाउनेदेखि वार्ताका एजेण्डालाई प्रभावित पार्न अनौपचारिक माध्यमहरूको प्रयोगसम्म गर्ने गोखलेले उल्लेख गरेका छन् । उनका अनुसार, चिनियाँहरू मिल्न सक्ने र नसक्ने विषयमा पहिल्यै स्पष्ट भएर वार्तामा आएका हुन्छन् ।

उनीहरू वार्तामा सीधै भन्न नमिल्ने विषय सम्बन्धित मुलुकलाई बुझाउन ठीक समयमा चाइना डेल्ली, ग्लोबल टाइम्स लगायत आफ्ना मुखपत्रहरूमा लेख्न लगाएर वार्तालाई प्रभावित पार्छन् । सन् १९५० को दशकमा चिनियाँ नेतृत्वले भारतीय प्रधानमन्त्री नेहरूसँग सौहार्दपूर्ण सम्बन्ध राखे पनि चिनियाँ मिडियाले उच्चस्तरीय वार्ता आसपासमा उनलाई पश्चिमा स्वार्थ पूरा गर्ने ‘पोजिसन’मा रहेको आशयका विश्लेषणहरू प्रकाशित गर्थे । अहिले पनि त्यो शैली कायम रहेको गोखलेले लेखेका छन् ।

उनका अनुसार, चिनियाँहरू अहिले पनि अलि गम्भीर विषयमा वार्ता गर्नुपर्दा वार्तास्थल आफैं निक्र्योल गर्छन् र ठाउँ त्यही हुनुपर्ने जिकिर गर्छन् । त्यसरी ‘ग्राउण्ड कन्ट्रोल’ गर्दा मनोवैज्ञानिक रूपमा आफूलाई सहज र अर्को पक्षलाई दबाब पर्छ भनेर विदेशी टोलीलाई आफ्नै देशमा बोलाउँछन् । गोखलेले सन् १९५० मा कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी वार्ता गर्न पनि चीनले भारतलाई उतै बोलाएको सन्दर्भ उल्लेख गरेका छन् ।

पुस्तकमा चीनको वार्ता शैलीबारे विस्तृतमा उल्लेख छ । चिनियाँहरू हरेक वार्तामा श्रेणी ‘मेन्टेन’ गर्छन् । जसको उद्देश्य अर्को मुलुकभन्दा आफू ठूलो र उत्कृष्ट छु भन्ने सन्देश दिनु हो । भारतसँगको वार्तामा पनि उसले कहिल्यै बराबरी हैसियतमा वार्ता नगरेको गोखलेले खुलाएका छन् ।

उनका अनुसार, चीनले भारतसँगको हरेक वार्तामा ‘लिगलाइज हेजेमोनी’ मार्फत एक प्रकारको श्रेणी खडा गर्ने गरेको छ । यसको अर्थ अन्तर्राष्ट्रिय कानूनमा विशेष हैसियत निर्माण गरेर आफूलाई ठूलो शक्तिको रूपमा प्रस्तुत गर्नु हो । चीनले द्विपक्षीय वार्तामा समेत जहिल्यै आफूलाई राष्ट्रसंघीय सुरक्षा परिषदको स्थायी सदस्य रहेको ‘ग्रेट पावर’ को रूपमा प्रस्तुत गर्ने गरेको गोखलेले उल्लेख गरेका छन् ।

चीनको विदेश नीति संचालन

चिनियाँ विदेश नीतिनिर्माण र संचालनमा विभिन्न निकाय सक्रिय हुन्छन् । गोखलेका अनुसार यसमा विदेश मन्त्रालय, जनमुक्ति सेना, राज्य सुरक्षा मन्त्रालय, युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्ट, सीसीपीको विदेश विभाग, स्टेट काउन्सिल इन्फर्मेसन अफिस, सरकारी थिंक ट्यांक र विदेश नीति सम्बन्धी केन्द्रीय कमिसनको अहं भूमिका हुन्छ ।

चीनको कूटनीतिमा पीएलएको पनि ठूलो भूमिका हुन्छ । महत्वपूर्ण देशसँगको वार्तामा पीएलएका प्रतिनिधि सामेल हुन्छन् । खास-खास देशका लागि राजदूत छनोट गर्दा पार्टीको विदेश विभागको विशेष भूमिका हुन्छ । यो विभाग विशेषतः अन्य मुलुकका राजनीतिक शक्तिहरूसँगको भाइचारामा बढी केन्द्रित हुन्छ । अहिले सो विभागले विश्वका ५०० भन्दा बढी राजनीतिक दल र संगठनसँग सम्बन्ध स्थापना गरेको छ।

चीनमा सीसीपीको सर्वाधिक प्रभाव रहने नै भयो । सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना हुँदा नै माओले विदेश नीतिमा पार्टीको नेतृत्वमा विशेष जोड दिएका थिए, जुन आजपर्यन्त कायम छ । चीनका कूटनीतिज्ञहरू ‘लाल’ र ‘व्यावसायिक’ दुवै हुनुपर्छ ।

२०१३ मा सी जिनपिङ पार्टी नेतृत्वमा आएपछि विदेश नीतिमा पार्टी नियन्त्रण अझै बढेको, कूटनीतिमा पनि सी विचारधारा लागू भएको गोखलेले उल्लेख गरेका छन् । उनका अनुसार, कुनै पनि चिनियाँ कूटनीतिज्ञको सबभन्दा ठूलो क्षमता राजनीतिक नेतृत्वको भावना र निर्देशन ठम्याउन सक्नु हो ।

गोखलेका अनुसार, विदेश नीतिमा काम गर्ने हरेक सरकारी निकायमा थिंक ट्यांक बनाइएको हुन्छ । थिंक ट्यांकहरूले अनुसन्धानमा सहयोग गर्छन् । विदेश नीतिमा सबै निकायको समन्वय गर्ने काम सेन्ट्रल फरेन अफेयर्स कमिसनले गर्छ । स्वयम् राष्ट्रपतिले हेर्ने यो कमिसनको दैनिक काममा विदेशमन्त्री सहभागी हुन्छन् ।

भारतको विदेशसचिव रहिसकेका व्यक्तिले लेखेको ‘दि लङ गेम’ मा भारतीय आँखा हाबी हुनु अस्वाभाविक होइन, तर धेरै ठाउँमा पुस्तक चीनप्रति असन्तुलित रूपमा पूर्वाग्रही पनि लाग्छ । चीन-भारत सम्बन्धमा चासो राख्नेहरूका लागि यो निकै रोचक र उपयोगी छ । तर भारतको विदेश सेवामा जीवन बिताएका कर्मचारीको पूर्वाग्रह पर्गेल्न भने सक्नुपर्छ । (अनलाइन खबरमा कमलदेव भट्टराईकाे लेखबाट)



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२८ श्रावण २०७८, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२८ श्रावण २०७८, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२८ श्रावण २०७८, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२८ श्रावण २०७८, बिहीबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२८ श्रावण २०७८, बिहीबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२८ श्रावण २०७८, बिहीबार
Next Post
मुश्लिम छात्रा सहनाज भईन प्रदेश टप, वीरगञ्जको सत्यम् कलेज प्रदेश मै सर्वोत्कृष्ट

मुश्लिम छात्रा सहनाज भईन प्रदेश टप, वीरगञ्जको सत्यम् कलेज प्रदेश मै सर्वोत्कृष्ट

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

23 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी