काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उनले सत्तारुढ गठबन्धनका नेता भेटेर बहुप्रतिक्षित र विवादित बनेको अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना रोक्न सत्ता गठबन्धनका नेतालाई दबाब दिइरहेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारको पालामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विकासमा टेवा पुग्ने यो सम्झौतामा हस्ताक्षर गरेका थिए । तर पछि यसलाई राजनीतिकरण गरेर विवादित बनाइयो ।
यस्तो बेला फेरि प्रधानमन्त्री भएका देउवाले ५० अर्बभन्दा बढी अनुदान आउने यो परियोजनालाई अघि बढाएर विकास निर्माणको तीव्रता र सुखी नेपाली समृद्ध नेपालको नारा अघि सार्दा चीनलाई टाउको दुखाईको विषय बनेको छ । र रोक्न सक्रिय भएको छ । चीन आफ्नो परियोजना बीआरआई नेपालमा लागु गराउने र एमसीसी रोक्ने प्रयासमा छ ।
यसैक्रममा आफू अनुकूल सत्ता गठबन्धनका नेताहरु प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई दबाब दिएर एमसीसीमा देउवालाई घेराबन्दी गर्ने रणनीतिमा चीन अघि बढेको एक कुटनीतिज्ञले बताए । सत्ता गठबन्धनका नेताहरुका अनुसार पनि एमसीसी रोक्न शीर्ष नेतामाथि चर्को चिनियाँ दबाब छ ।
मंगलवार यस्तै दबाब दिन चिनियाँ राजदूत हात्तीवनस्थित उपेन्द्र यादवको अपार्टमेन्ट पुगेकी छन् । जहाँ उनले यादवलाई एमसीसी रोक्न पल गर्न आग्रह गरेको स्रोतले जानकारी दियो । एमसीसीलाई कुनै पनि हालतमा पास हुन नदिने र बिआरआईलाई अगाडि बढाउनका निम्ति प्रधानमन्त्री देउवामाथि दबाब सिर्जना गर्ने र गराउने विषयमा यान्छी र यादवबीच कुराकानी भएको स्रोतको भनाई छ । उपेन्द्रको निवासमा चिनियाँ राजदूतलाई उनका छोरा अमरेन्द्र यादवले हात हल्लाएर विदा गरेका थिए ।
एकातिर प्रधानमन्त्री देउवालाई समर्थन गरेको जस्तो देखाउने र अर्कोतिर सत्ता गठबन्धनका नेताहरुलाई अघि सारेर एमसीसी लगायत परियोजनामा घेराबन्दी गर्ने रणनीति चीनले लिएको छ ।