बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको पछि चीनमा कोरोना संक्रमणको खतरा बढेको छ । बेईजिङका स्थानीय प्रशासनले सोमबार दिएको जानकारी अनुसारको समुदाय स्तरमै संक्रमण बढ थालेको छ ।
स्थानीय अधिकारीहरूले बेइजिङमा समुदायबाटै सङ्क्रमित विरामी भेटिएपछि सङ्क्रमित क्षेत्रमा नागरिकहरूलाई साबधानी अपनाउन निर्देशन दिइसकेको छ । २०१९ मा चीनको वुहाम बाट शुरु भएको कोभीड १९ कोरोनाले लाखौंको ज्यान लिएको हो । यसलाई रोक्न चीनले धेरै कोसिस गरि चीन रोक्न सफल हुदा पनि यो पटक पटक अन्य व चीनमा समेत कोरोना संक्रमण फेला परि रहेको छ ।
सोमबार सङ्क्रमण पुष्टि भएका व्यक्ति गत बुधबार सङ्क्रमण भेटिएका एक व्यक्तिको निकट सम्पर्कमा रहेको बताइएको छ । नयाँ सङ्क्रमित व्यक्ति र सङ्क्रमण क्षेत्रलाई स्वास्थ्यकर्मीले निकट अवलोकनमा राखेका छन् ।
बेइजिङका अधिकारीहरुले सरुवा रोग नियन्त्रण तथा रोकथाम महाशाखाको अगुवाईमा सङ्क्रमित भेटिएको स्थानमा अनुसन्धान र बृहत न्युक्लियक एसिड परीक्षण शुरु गरेको बताएका छन् ।
चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको थियो । ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।
जियाङ्सु, हुनान, लियानिङ लगायतका क्षेत्रमा समुदायभित्रैबाट सङ्क्रमित भेटिन थालेपछि आयोगले सतर्कता अपनाउन सम्बन्धित सबैलाई भनेको छ ।
ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ संक्रमितहरु देखिने गरेका छन् । चीनभित्रै सङ्क्रमणका नयाँ सूचनाहरु आइरहेका ती अधिकारीहरुले जनाएका छन् ।
एजेन्सीहरुको माध्यमले