काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालमाथि डण्डा बजाउन सुरु गरेका छन् ।

नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै सामाजिक रुपमा कारवाही थालेका हुन् । नेपाललाई अब एमालेमा कुनै ठाउँ नरहेको घोषणा गर्दै ओलीले सामाजिक बहिष्कारसँगै पार्टीबाट समेत निष्काशनको घोषणा गरेका छन् ।

एमाले काठमाडौं जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ नभएको बताए । वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई विश्वास मत दिन फ्लोर क्रस गर्ने काम गर्ने व्यक्तिलाई कुनै ठाउँ नभएको उनको भनाई छ ।

माधव नेपालले प्रतिक्रियावादीहरूसँग मिलेर एमालेको दुई तिहाईको सरकार ढालेको र दक्षिणपन्थी सरकार बनाउन भूमिका खेलेकाले उनी कम्युनिस्टै हुन नसक्ने ओलीको भनाई छ ।

ओलीले माधव नेपाल रहित एमाले बनाउने, सुदृढ एमाले बनाउने र फेरि एक्लै बहुमत ल्याउने दृढता समेत देखाए । नेपालपाना

सम्वन्धित समाचार :