Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चिनियाँ उपकरणका कारण एनटिसि सेवा अवरुद्ध हुदै

न्युजडेस्क न्युजडेस्क
१९ श्रावण २०७८, मंगलवार
चिनियाँ उपकरणका कारण एनटिसि सेवा अवरुद्ध हुदै
43
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चिनियाँ कम्पनी जेडटिई कर्पोरेसनको कमसल उपकरणले नेपाल टेलिकमको सेवामा अवरोध भएको खुलेको छ । 

आफ्नो सेवामा बारम्बार अवरोध र समस्या देखिन थालेपछि टेलिकमले सिसिओ प्रतिभा वैद्यको नेतृत्वमा छानविन समिति बनाएर अध्ययन गरेको थियो । अध्ययनमा जेडटिई कर्पोरेसनको थर्डक्लास उपकरण नै प्रमुख कारण देखिएको छ । कमसल उपकरणको प्रयोगले नै टेलिकमको सेवाको गुणस्तर खस्किएको रिपोर्टको निष्कर्ष छ । 

टेलिकमका विज्ञहरुका अनुसार चिनियाँ कम्पनी जेडटिईको सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट (एसपिसी) रिपोर्ट पनि राम्रो छैन । जेडटिईले नै टेलिकमको एचएलआर सिस्टम जडान गरेको हो । जेडटिई नेपाल टेलिकममा उपकरण बिक्री गर्ने सबैभन्दा ठूलो भेन्डर हो । वर्षौंदेखि अरबौको कारोवार गर्दै आइरहेको छ । 

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जेडटिईले जडान गरेको उपकरणमा समस्या देखिएर सेवा अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार गत असार ९ गते एचएलआर सिस्टममा आएको समस्याका कारण करिब सवा दुई घण्टा सेवा अवरुद्ध भएपछि छानविन समिति बनेको थियो । अध्ययनमा हालसम्म ८ पटक टेलिकमको सेवा चिनियाँ कमसल उपकरणका कारण अवरुद्ध भएको पाइएको छ । एक महिना बितिसक्दा पनि प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।

प्राधिकरणको अध्ययनले औल्यायो त्रुटि 

टेलिकमको माथिल्लो निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि टेलिकमको सेवा कम गुणस्तरको हुनुको कारण अध्ययन गरेर पत्ता लगाएको छ । प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्टसहित गरेको अध्ययनमा टेलिकमको मोबाइल सेवा कम गुणस्तरको पाइएको हो । प्राधिकरणले काठमाडौं उपत्यकामा मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो । एनसेलको भन्दा टेलिकमको सेवा कम गुणस्तरीय रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । आफ्नै नेटवर्कभित्र लोकल कल गर्दा सबैभन्दा कम समय (५.२७ सेकेन्ड) मा एनसेलको नेटवर्कमा कल स्थापना भएको छ भने नेपाल टेलिकमको मोबाइलमा कल गर्दा ९.३४ सेकेन्ड समय लागेको छ । त्यसैगरी स्मार्ट टेलिकमको नेटवर्कमा १०.२७ सेकेन्ड लागेको छ । कल स्थापना हुने सफलताको दरमा पनि टेलिकम कमजोर देखिएको छ । एनसेलको कल स्थापना हुने सफलताको दर ९४.४३ प्रतिशत छ भने टेलिकमको नेटवर्कमा ९०.५१ प्रतिशत रहेको छ । आफैं फोन कल विच्छेद हुने दर टेलिकममा ०.८७ प्रतिशत, स्मार्ट टेलिकममा ०.४५ प्रतिशत र एनसेलमा ०.२ प्रतिशत रहेको छ । कम गुणस्तर मात्र नभएर टेलिकमको सेवा पटकपटक अवरुद्ध हुँदै आएको अध्ययनले पत्ता लगायो । 

अध्ययनमा अर्को समस्या के देखियो भने सेवा अवरुद्ध हुँदा मोबाइल प्रयोगकर्ताको लोकेसन पहिचान गर्न सिस्टममा समस्या । लोकेसन प्रत्येक समय सिस्टमले अपडेट गरेपछि मात्र कललाई सम्बन्धित नम्बरमा फरवार्ड गर्छ। तर लोकेसन नै पहिचान नभएपछि एचएलआर भनिने कोर नेटवर्कभित्र समस्या देखिएको हो।

प्रतिवेदन सार्वजनिक गर्न माग

यता नेपाल टेलिकम नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । संगठनका अध्यक्ष यादव पनेरुले राजनीतिक दबाबका कारण प्रतिवेदन सार्वजनिक नगरिएको आरोप लगाए । एचएलआरमा आएको समस्या रहस्यमय भन्दै पनेरुले ट्राफिक कम हुने समयमा पनि सेवा अवरुद्ध हुँदा पनि टेलिकम व्यवस्थापन गम्भीर नबनेको गुनासो गरे । न्यून गुणस्तरका उपकरणको कारण देखिएको भन्दै अध्यक्ष पनेरुले भेन्डर चिनियाँ कम्पनीलाई कारवाहीको माग गरे । टेलिकमले २०१९ मै अध्ययन गर्दा पनि न्यून गुणस्तरका उपकरणका कारण समस्या उत्पन्न भएको, राउटरमा पर्याप्त स्पेयर कार्ड नभएको, राउटर कम विश्वसनीय भएको, विगतमा पनि समस्या देखिने गरेको पत्ता लगाएको थियो । तर प्रतिवेदनअनुसार कम्पनी फेरिएन । पुरानै एसपिसी रिपोर्ट राम्रो नभएको चिनियाँ कम्पनी जेडटिई कर्पोरेसनलाई नै निरन्तरता दिँदा टेलिकमको सेवा खस्किँदै गएको छ । 

छानबिन समितिले उपकरण सन्तोषनक नभएको प्रतिवेदन पेस गर्दा पनि निरन्तर त्यही कम्पनीबाट सामान किन्ने काम भइरहेको भन्दै टेलिकमभित्रै असन्तुष्टि छाएको छ । कर्मचारीहरुले कमिसनको खेल भएको आशंका गरेका छन् । उनीहरुले संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका छन् ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१९ श्रावण २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१९ श्रावण २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१९ श्रावण २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१९ श्रावण २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१९ श्रावण २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१९ श्रावण २०७८, मंगलवार
Next Post
स्वर्गीय साहकी श्रद्धाञ्जली पार्टी द्वारा असन्तुष्टि

स्वर्गीय साहकी श्रद्धाञ्जली पार्टी द्वारा असन्तुष्टि

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी