Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कोभिडः कोरोना भाइरस उत्पत्तिबारे छानबिनमा अझ सघाउन चीनलाई डब्ल्यूएचओ प्रमुखको आग्रह, वुहान प्रयोगशालाबारे जानकारी माग

न्युजडेस्क न्युजडेस्क
३ श्रावण २०७८, आईतवार
कोभिडः कोरोना भाइरस उत्पत्तिबारे छानबिनमा अझ सघाउन चीनलाई डब्ल्यूएचओ प्रमुखको आग्रह, वुहान प्रयोगशालाबारे जानकारी माग
16
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले कोभिड-१९ को उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा अझ राम्ररी सहयोग गर्न चीनलाई आग्रह गरेका छन्।

डा. टेड्रोस एड्हानोम गेहब्रेयससले त्यसका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको बताएका छन्।

गत वर्ष चीनको वुहानबाट कोरोनाभाइरस महामारी फैलिएपछि त्यसबारे डब्ल्यूएचओले थालेको पहिलो चरणको अनुसन्धान गत फेब्रुअरीमा सकिएको थियो।

त्यति बेला डब्ल्यूएचओले कोरोनाभाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट फैलिएको हुन सक्ने सम्भावना अत्यन्त न्यून भएको बरु उक्त विषाणु सम्भवतः चमेरामा उत्पत्ति भएको हुन सक्ने निष्कर्ष निकालेको थियो।

  • चीन प्रयोगशालाबाट कोरोनाभाइरस ‘चुहिएको’ दाबी फेरि किन चर्चामा

डब्ल्यूएचओको मुख्यालयमा बिहीवार बोल्दै डा. टेड्रोसले आफूहरूलाई महामारी सुरु हुनुभन्दा अगाडिको र सुरु भएको बेलाको बिरामीहरूको अप्रशोधित तथ्याङ्क चाहिएको बताए।

चीनले अघिल्लो अनुसन्धानका बेला डब्ल्यूएचओको टोलीलाई उक्त तथ्याङ्क उपलब्ध गराएको थिएन।

कोरोनाभाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?

आशङ्का विद्यमान

आफू पनि स्वास्थ्यकर्मी भएको स्मरण गर्दै दुर्घटना हुन सक्ने सम्भावनाबारे अवगत भएको बताउँदै डा. टेड्रोसले वुहानस्थित प्रयोगशालाबारे स्पष्ट जानकारी दिन आग्रह गरे।

  • कोरोनाभाइरस उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीनको आक्रोशपूर्ण प्रतिक्रिया
  • के कोरोनाभाइरस ‘प्रयोगशालामा बनाइएको’ प्रमाण छ?

बीबीसी संवाददाता इमोजन फोक्सका अनुसार विज्ञहरूले पहिला त्यस्तो सम्भावना एकदम कम भएको बताए पनि डब्ल्यूएचओमा अझै पनि कोरोनाभाइरस प्रयोगशालाबाट चुहिएर फैलिएको हुन सक्ने आशङ्का विद्यमान भएको बलियो सङ्केत हो।

वुहानस्थित एउटा अस्पतालमा डब्ल्यूएचओको टोलीका सदस्यहरू
तस्बिरको क्याप्शन,वुहानस्थित एउटा अस्पतालमा डब्ल्यूएचओको टोलीका सदस्यहरू (फाइल तस्बिर)

चीनमा भाइरसबारे अनुसन्धान गरिने प्रतिष्ठित वुहान इन्स्टिट्यूट अफ भाइरलजीको प्रयोगशालाबाट कोरोनाभाइरस फैलिएको हुन सक्ने आशङ्का गत वर्ष सुरु भएको थियो।

त्यो आशङ्कालाई अमेरिकाका तात्कालिक राष्ट्रपति डोनल्ड ट्रम्पले अझ व्यापक बनाइदिएका थिए।

वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ
तस्बिरको क्याप्शन,वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ

सावधान हुन आग्रह

डा. टेड्रोसले कोभिड महामारी अन्त्य हुन लागेको भनाइको खण्डन गर्दै सावधान हुन आग्रह गरेका छन्।

डब्ल्यूएचओको आकस्मिक समितिले कोरोनाभाइरसका नयाँ र अझ घातक भेरिअन्टहरू विश्वभरि फैलिन सक्ने अनुमान गरेको छ।

“महामारी तत्काल सकिने अवस्थामा छैन,” उक्त समितिले विज्ञप्तिमा भनेको छ।

  • रुसमा घरपालुवा जनावरलाई पनि कोभिड खोप
  • चमेरोबाट मानिसमा कोरोनाभाइरस सर्‍यो, तर सार्ने जीव ‘पत्ता नलाग्न सक्छ’

“हामी अझै यो भाइरसको पछाडि दगुर्दैछौँ अनि यो भाइरस हाम्रो पछाडि दगुर्दैछ,” उक्त समितिका अध्यक्ष डिडिएर हूस्सिनले भने।

एक साताको अवधिमा अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित कारणले हुने मृत्युमा ४३ % वृद्धि भएको छ।

डब्ल्यूएचओले सघन उपचार कक्षमा शय्या र अक्सिजनको अभावलाई मृत्युको सङ्ख्यामा वृद्धिको कारण मानेको छ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

३ श्रावण २०७८, आईतवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

३ श्रावण २०७८, आईतवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

३ श्रावण २०७८, आईतवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

३ श्रावण २०७८, आईतवार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

३ श्रावण २०७८, आईतवार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

३ श्रावण २०७८, आईतवार
Next Post
रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइ र विभिन्न मुद्दाको सम्बोधन माग

रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइ र विभिन्न मुद्दाको सम्बोधन माग

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

23 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी