Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सार्वजनिक यातायातमा राजधानीमै मनपरी भाडा, अनुगमन सुस्त

न्युजडेस्क न्युजडेस्क
२ श्रावण २०७८, शनिबार
सार्वजनिक यातायातमा राजधानीमै मनपरी भाडा, अनुगमन सुस्त
9
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन्। विभागको वेबसाइटमा असार ३१ गते अन्तरप्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ।

राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ। यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमिभन्दा कम दूरी यात्रा गरेको भाडा २० असुलेको बताए।

बढी भाडा लिने बा २ ख ६८०५ नम्बरको बसबारे प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन। ट्राफिक प्रहरीको नम्बर १०३ मा फोन गरी तोकिएभन्दा ६ रुपैयाँ बढी भाडा लिएको जानकारी गराए पनि कारबाही नभएको उनको दुःखेसो छ।

फोन उठाएका ट्राफिक प्रहरी चन्द्र केसीले कारबाही गराएर पछि जानकारी गराउँछौँ भनेको यात्रु सिम्खडाले बताए। त्यो सवारीपछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारबाही नभएको उहाँको ठम्याइ छ।

साउन लागेसँगै भाडा बढेको छ भनी ठगिनेमा सिम्खडा प्रतिनिधि पात्र मात्र हुन्। यही साउन १ गते शुक्रबार नै रत्नपार्कबाट गौशालासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु रमा भट्टराईले तोकिएभन्दा ६ रुपैयाँ बढी भाडा तिर्नुपर्‍यो।

असार ३१ गतेदेखि भाडा बढेको छ। अब चढेपछि न्यूनतम २० रुपैयाँ भाडा भएको छ भन्दै बा ५ ख २७६४ नम्बर बसका परिचालकले भट्टराईसँग बढी भाडा असुलेका हुन्।

छोटो दूरीमा ६ रुपैयाँ र लामो दूरीमा दोब्बरसम्म बढी भाडा असुलिरहे पनि अनुगमन गर्नुपर्ने निकाय मौन छ। विभागको वेबसाइटमा राखिएको ल्यान्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ।

वेबसाइटमा विभागका सूचना अधिकारी डा लोकनाथ भुसालको मोबाइल नम्बरसमेत राखिएको छ। तर भुसालको मोबाइलमा पटक–पटक फोन गर्दासमेत उठ्दैन।

महानिर्देशक नमराज घिमिरेको मोबाइल नम्बरसमेत पत्ता लगाएर फोन गरे पनि नउठेको यात्रु बताउँछन्।

पटक–पटकको मोबाइल सम्पर्कपछि फोन उठाएका सूचना अधिकारी भुसालले विभागले अन्तर प्रदेशमा मात्र भाडा बढाउन पाउने व्यवस्थाअनुसार एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा बढी लिन पाइने गरी बिहीबारदेखि भाडा बढाइएको बताए।

प्रदेशभित्र र स्थानीय तहको क्षेत्रमा चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश र स्थानीय सरकारलाई नै दिइएको उनले जानकारी गराए।
विभागले वैशाख १७ गते भाडा बढाउने सम्बन्धमा पठाएको फाइलको निर्णयानुसार असार २७ गते भाडा बढाएको हो।

सवा दुई महिनासम्म फाइल थन्क्याएर सरकार परिवर्तन हुने बेलामा भाडा बढाइएको भन्दै पाँच विद्यार्थी संगठनलगायत नागरिकस्तरबाट पनि यसको विरोध भइरहेको छ।

विभागको अनुगमन सुस्त


यातायात अनुगमनका लागि विभागबाट विशेष जिम्मेवारी पाएका नायब सुब्बा केशवराज जमरकट्टेल र चार जना ट्राफिक प्रहरी अनुगमनमा खटिने गरेको सूचना अधिकारी भुसालले जानकारी दिए।

विभागले यातायात अनुगमनका लागि छुट्टै सवारीको व्यवस्था गरे पनि त्यसको सदुपयोग नभएको यात्रुको गुनासो छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता सञ्जीव शर्मादासले शुक्रबार तोकिएभन्दा बढी भाडा लिने १६० सवारीलाई कारबाही गरिएको जानकारी दिए। बढी भाडा लिने सवारीलाई पहिलोपटक ५ सयदेखि एक हजार ५ सयसम्म कारबाही गरिएको महाशाखाले जनाएको छ।

बढी भाडा लिने क्रम दोहोर्‍याउने सवारीलाई पाँच हजार रुपैयाँ कारबाही गरी सवारी सिज गर्नेसम्मको तयारी भएको प्रवक्ता शर्मादासले बताए।

‘प्रत्येक दिन धुम्बाराही चोकबाट रानीपोखरीसम्म म पनि सार्वजनिक यातायातमा यात्रा गर्छु, सार्वजनिक यातायातका समस्या राम्रोसँग थाहा पाएकाले समस्या समाधानमा लागिपरेको छु’, उनले भने।

शनिबार पनि बिहानैदेखि बढी भाडा लिएको गुनासो आइरहेकाले कार्यालयबाट धेरै जनशक्ति सार्वजनिक यातायात अनुगमनमै खटाइएको महाशाखाले जनाएको छ। यात्रुलाई तोकिएभन्दा बढी भाडा नतिर्न र बढी भाडा लिनेको जानकारी महाशाखाको निःशुल्क फोन १०३ मा खबर गर्न प्रवक्ता शर्मादासले आह्वान गरेका छन्। –पूर्णप्रसाद मिश्र/रासस



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२ श्रावण २०७८, शनिबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२ श्रावण २०७८, शनिबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२ श्रावण २०७८, शनिबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२ श्रावण २०७८, शनिबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२ श्रावण २०७८, शनिबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२ श्रावण २०७८, शनिबार
Next Post
विभिन्न बहाना बनाउँदै चिनियाँ राजदूत होउ यान्छी फेरि राजनीतिक दौडधुपमा सक्रिय

विभिन्न बहाना बनाउँदै चिनियाँ राजदूत होउ यान्छी फेरि राजनीतिक दौडधुपमा सक्रिय

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी