वीरगन्ज ,३१ असार

नेकपा एमालेका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नारावाजी गर्दै पुतला दहन  गरेका छन् ।

अनेरास्ववियु परवानीपुर गाउँपालिकाको अगुवाइमा परवानीपुर बजारमा भेला भएका नेता, कार्यकर्ताले ‘चोलेन्द्र शमशेर राणा मुद्रावाद’को नारा लगाएर पुतला दहन गरेका हुन ।

संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गरेपछी उनीहरू आन्दोतित भएका हुन ।

उनीहरू अदालतले प्रधानमन्त्री नियुक्ति गर्न नपाएको समय देखि सडकमा उत्रिएक छन् ।

विपक्षी गठबन्धनका नेताहरु भने अदालतको आदेशको स्वागत गरेका छन् ।
पुतला दहन कार्यक्रममा अनेरास्ववियुका नेता शंकर यादव , सहजाद हवारी , राजु आलम ,अजय यादव ,शिवलाल यादव , विशाल यादव,  लगायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

सम्वन्धित समाचार :