वीरगन्ज ,२८ असार
नेकपा एमालेका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नारावाजी गर्दै पुतला दहन गरेका छन् ।
अनेरास्ववियुका संयोजक ऐन महरको नेतृत्वमा माइतीघर मण्डलामा भेला भएका नेता, कार्यकर्ताले ‘चोलेन्द्र शमशेर राणा मुद्रावाद’को नारा लगाएपछि प्रहरीसँग तनाव भयो ।
त्यसबीच एक कार्यकर्ताले राणाको पुत्ला जलाउने प्रयास समेत गरे । यद्यपि प्रहरीले विथोलेको छ ।
संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गरेको छ ।
तर ओली पक्षका नेता, कार्यकर्ता अदालतले प्रधानमन्त्री नियुक्ति गर्न नपाउने भन्दै सडकमा उत्रिएका छन् ।
विपक्षी गठबन्धनका नेताहरु भने अदालतको आदेशको स्वागत गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !