पछिल्लो समय कोभिड बिरुद्ध दिइने खोपको प्रभावकारिताबारे वहस सुरु भएको छ । यसले शरीरमा पार्ने प्रभावको यथेष्ट परिक्षण नभएको भन्दै एक पक्षका बैज्ञानिकहरुको दावा छ । यसै क्रममा चीनमा सिनो भ्याक नामक कोरोनाको खोप बनाउने बैज्ञानिककै कोरोनाको कारण निधन भएको खबर छ ।

भारतीय मिडियाबाट चीनको असफलताको समाचार प्रकाशित गरेको हो । भारतीय समाचारहरुमा चिनियाँ खोपको बबल फुटेको छ र अब यसको प्रभावकारिता पनि शंकामा छ ।

चिनियाँ कोरोना खोप तयार गर्ने वैज्ञानिकको कोरोनाकै कारण मृत्यु भएपछि यस्ता समाचारहरु बाहिरिएका हुन् । बैज्ञानिकको मृत्यु भएको खबर भने इन्डोनेसियाका मिडियाले पुष्टी गरेका छन् । उनीहरुले भनेका छन कि कोभिडको कारणले इन्डोनेसियामा चीनको सिनोवाक खोप परीक्षणको प्रमुख वैज्ञानिकको बुधबार मृत्यु भएको छ । ती वैज्ञानिक नोभिलिया जाफरी बज्दियार हुन् ।

इण्डोनेसियाको कुम्पारण समाचार सेवाले सबैभन्दा पहिले यो समाचार दिएको थियो । वैज्ञानिक नोभिलियाको कोरोना भाइरसको कारण मृत्यु भएको बताएको छ । सोही समयमा सिन्धन न्यूजले सरकारी औषधि कम्पनी बायोफर्माका एक अधिकारीको उद्धृत गर्दै भनेको थियो कि उनलाई कोविड १९ प्रोटोकल अनुसार अन्तिम संस्कार गरिएको थियो । एजेन्सी

सम्वन्धित समाचार :