Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सबै भन्दा चिनियाँ खोप आउदै एक खोपको मूल्य १४/१७ डालर

न्युजडेस्क न्युजडेस्क
२१ असार २०७८, सोमबार
सबै भन्दा चिनियाँ खोप आउदै एक खोपको मूल्य १४/१७ डालर
32
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । खोप लिन २४ असारमा नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै छ । चिनियाँ कम्पनीसँगको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’का कारण कति मूल्यमा कति डोज खोप खरिद गरिएको भन्ने खुलाइएको छैन । ३ असारमा बसेको मन्त्रिपरिषद् बैठकले चार अर्ब ५० करोड रुपैयाँभन्दा नबढ्ने गरी खोप खरिद गर्ने निर्णय गरेको थियो ।

नेपालले चीनसँग खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोप २४ असारबाट आउने भएको छ । त्यसपछि साप्ताहिक रूपमा चरणबद्ध खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौताअनुसार २४ असारबाट आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्रोतका अनुसार खोप लिन २४ असारमा नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै छ । चीनबाट कति मूल्यमा कति डोज खोप खरिद गरिएको भन्ने सरकारले खुलाएको छैन । चिनियाँ कम्पनीसँगको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार मूल्य सार्वजनिक नगरिएको स्रोतको भनाइ छ ।

चीनले देशअनुसार फरक–फरक मूल्यमा खोप बिक्री गरेको छ । मूल्य भने सार्वजनिक गरेको छैन । श्रीलंकालाई उपलब्ध गराएको मूल्यभन्दा सस्तोमा नेपाललाई उपलब्ध गराउने अपेक्षा नेपालको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार १५ डलरभित्रमा नेपालले खोप पाउने सम्भावना छ । चीनले पनि १४ देखि १७ डलरको आसपासमा उपलब्ध गराउने संकेत गरेको थियो जुन भारतले दिने खाेप मूल्य भन्दा दाेब्बर रहेकाे छ।

चीनले एक महिनाअगाडि नै खोपको मूल्य नखुलाई ‘ननडिस्क्लोजर एग्रिमेन्ट’ गर्न नेपाललाई प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद्बाट निर्णय नहुँदासम्म कर्मचारीले फाइल उठाउन नमानेपछि केही ढिला भयो । तर, भारतको सेरम इन्स्टिच्युटबाट तत्काल खोप नआउने निश्चित भएपछि मात्रै सरकार ‘ननडिस्क्लोजर एग्रिमेन्ट’मा चीनबाट खोप खरिद गर्न तयार भएको हो । ३ असारमा बसेको मन्त्रिपरिषद् बैठकले चार अर्ब ५० करोड रुपैयाँभन्दा नबढ्ने गरी खोप खरिद गर्न सैद्धान्तिक सहमति दिएको थियो ।

स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाको फार्मेसी अधिकृत बोडेबाबु थापाका अनुसार अहिले तत्काल १० लाख डोज खोप मात्रै भण्डारण गर्ने क्षमता छ । यसअघि अनुदानमा आएका दुई लाख डोज ‘प्रिफिल’ खोप नै आए त पाँच लाख पनि भण्डारण गर्न नसकिने उनको भनाइ छ ।
२२ असारदेखि खोप अभियान
खोप आपूर्ति हुने भएपछि मन्त्रालयले २२ असारबाट खोप अभियान पनि सुरु गर्ने भएको छ । अब खोप अभाव नहुने मन्त्रालयको भनाइ छ । दुई करोड २० लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको सरकारले अहिलेसम्म २२ लाख ६ सय ५७ जनालाई पहिलो र आठ लाख ९० हजार ६ सय १८ जनालाई दोस्रो डोज दिएको स्वास्थ्य सेवा विभागको तथ्यांक छ ।

यद्यपि, स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने २५ लाख ७४ हजार सात सय १५ जनालाई पहिलो र सात लाख ५७ हजार तीन सय ८० जनालाई दोस्रो डोज दिइएको उल्लेख छ । डेढ लाखको हाराहारीमा कोभिसिल्ड खोप बाँकी रहँदा पहुँचका आधारमा धेरै मान्छेले खोप लगाएका छन्, त्यसकारण मन्त्रालय र विभागको तथ्यांक नमिल्ने स्रोतको भनाई छ ।

‘पहिलो डोज लगाएका करिब १३ लाख बृद्धबृद्धा दोस्रो डोजको पर्खाइमा छन् । कोभिसिल्ड खोप डेढ लाख मात्रै बाँकी थिए । त्यस्तोमा अभियान नचलाएर स्थानीय तहदेखि माथिसम्म पहुँचको आधारमा धेरै मान्छेले दोस्रो डोज लगाए, त्यसको रेकर्ड मन्त्रालयमा हुने कुरा भएन’, स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने बताए । ‘आगामी असोज मसान्तभित्र ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप लगाउन सके तीव्र गतिमा हुने संक्रमण रोक्न सकिन्छ । अहिलेसम्म २६ लाख नागरिकले पहिलो डोज र सात लाख अर्थात् २.३३ प्रतिशतले दोस्रो डोज लगाएका छन् । तेस्रो छालको जोखिमबाट बच्न आगामी दुई महिनाभित्र बाँकी ३१ प्रतिशत जनताले खोप पाउनुपर्छ,’ उनले भने ।

अहिलेसम्म नेपालमा २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप आएको छ । सेनासमेतलाई गरी भारतले ११ लाख डोज अनुदानमा उपलब्ध गराएको थियो । त्यस्तै, तीन लाख ४८ हजार डोज कोभ्याक्स सुविधाबाट प्राप्त भएको थियो । खरिद गरिएको २० लाखमध्ये १० लाख डोज पनि नेपाल आएको थियो ।

अहिलेसम्म ६ लाख १० हजार एक सय ३८ जनाले कोभिसिल्डको दुवै डोज लगाइसकेका छन् । पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेका १८ लाख २३ हजार ६ सय ६३ जना छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार एक सय ९९ डोज खेर गएको छ ।

त्यस्तै, भेरोसेल खोप १८ लाख डोज प्राप्त भएको छ । दुईपटक आठ–आठ लाख गरेर चीनले १६ लाख अनुदानमा उपलब्ध गराएको छ भने दुई लाख डोज तिब्बत सरकारले सहयोग गरेको छ । अहिलेसम्म दुई लाख ८० हजार चार सय ८८ जनाले भेरोसेलको दुवै डोज लगाएका छन् भने तीन लाख ७३ हजार नौ सय ९४ जनाले पहिलो डोज मात्रै लगाएका छन् । ११ लाख ४५ हजार पाँच सय १८ डोज प्रयोग हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

असोजभित्र ३३ प्रतिशत जनतालाई खोप : लक्ष्मण अर्याल, सचिव, स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको तेस्रो छाल नियन्त्रण गर्न खोप र उपकरणलाई पहिलो प्राथमिकता दिएको छ । कोरोना रोक्ने पहिलो अस्त्र खोप मात्रै भएकाले आगामी असोज मसान्तभित्र ३३ प्रतिशत लक्षित समूहमा खोप लगाइसक्नुपर्नेछ ।

आगामी असोज मसान्तभित्र ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप लगाउन सके तीव्र गतिमा हुने संक्रमण रोक्न सकिन्छ । अहिलेसम्म करिब २६ लाख नागरिकले पहिलो डोज र सात लाख ५७ हजार अर्थात् २.३३ प्रतिशतले दोस्रो डोज लगाएका छन् ।

तेस्रो छालको जोखिमबाट बच्न आगामी दुई महिनाभित्र बाँकी ३१ प्रतिशत जनताले खोप पाउनुपर्छ । खोप पाउने लक्षित समूहमा १८ वर्षभन्दा माथिका दुई करोड १५ लाख नागरिक छन् ।२२ लाख ६५७ ले एक डोज र ८ लाख ९० हजार ६१८ ले दुवै डोज पाए

कोभिसिल्ड

– हालसम्म प्राप्त खोप : २४ लाख ४८ हजार डोज

– प्रयोग : २४ लाख ३३ हजार ८०१ डोज

प्राप्त खोप
– भारतबाट अनुदान : १० लाख
– खरिद गरेको : १० लाख
– नेपाली सेनालाई सहयोग : १ लाख
– कोभ्याक्स सुविधा : ३ लाख ४८ हजार

प्रयोग भएको खोप
– पहिलो डोज : १८ लाख २३ हजार ६६३
– दोस्रो डोज : ६ लाख १० हजार १३८
– वेस्टेज : १४ हजार १९९

भेरोसेल
हालसम्म प्राप्त खोप : १८ लाख डोज

प्रयोग : ५ लाख ७४ हजार ४७४ डोज

प्राप्त खोप

– चीन सरकारको अनुदान : ८ लाख
– तिब्बत सरकारको सहयोग : २ लाख
– चीन सरकारको थप सहयोग : ८ लाख

प्रयोग भएको खोप
– पहिलो डोज : ३ लाख ७३ हजार ९९४
– दोस्रो डोज : २ लाख ८० हजार ४८०
– प्रयोग गर्न बाँकी : ११ लाख ४५ हजार ५१८

(स्रोत : स्वास्थ्य सेवा विभाग )
नेपालले भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई)बाट खरिद गरेको २० लाख डोज कोभिसिल्ड खोपमध्ये १० लाख अझै आएको छैन । उसले जुलाई अन्तिम वा अगस्ट पहिलो साता (साउन दोस्रो साता)पछि मात्रै खोप उपलब्ध गराउन सक्ने अनौपचारिक जानकारी नेपाल सरकारलाई दिएको छ ।

अमेरिकाबाट पनि नेपालमा तत्काल खोप नआउने भएको छ । सरकारले खोप खरिदका लागि सम्पर्क गरेका जोन्सन एन्ड जोन्सन, मोडर्ना र नोभाभ्याक्स कम्पनीले यो वर्ष खोप दिन नसक्ने जानकारी गराएका छन् । वासिङ्टनस्थित नेपाली दूतावासले जोन्सन एन्ड जोन्सनसँग ५० लाख र मोडर्नासँग २० लाख डोज खोपका लागि अनुरोध गरेको थियो । बाल्टिमोरमा रहेको औषधि कम्पनी नोभाभ्याक्ससँग पनि दूतावासले समन्वय गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्धताका लागि सहजीकरण गरिदिन अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्राचार गरेकी थिइन् । तर, तीनवटै कम्पनीले तत्काल खोप दिन नसक्ने जानकारी गराएका छन् ।

डेनमार्क, बेलायत र रुसबाट आउने–नआउने निश्चित छैन
सरकारले रुस र बेलायतलाई पनि खोपका लागि आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्यहाँबाट पनि स्पष्ट जवाफ आएको छैन । डेनमार्कबाट कोभिडविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप ल्याउन पनि नेपालले जेठ तेस्रो सातादेखि कूटनीतिक प्रयास गरिरहेको छ । अनुदान, खरिद र पैँचो तीन मोडालिटीमध्ये जुनसुकै विकल्पमा भए पनि खोप उपलब्ध गराउन नेपालले आग्रह गर्दै आएको छ । तर, डेनमार्कले पनि अहिलेसम्म स्पष्ट जवाफ दिएको छैन । डेनमार्कले खरिद गरेका करिब १४ लाख एस्ट्राजेनेका खोप भण्डारणमा राखेर आफ्ना नागरिकलाई फाइजर खोप लगाइरहेको छ । डेनमार्कसँग नेपालसहित ३५ मुलुकले खोपका लागि आग्रह गरेका छन् । त्यसैले पनि निर्णय गर्न नसकेको नेपाल सरकारको बुझाइ छ ।(साभार: नयापत्रिका दैनिकमा छापिएकाे रिपोर्टबाट)



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२१ असार २०७८, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२१ असार २०७८, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२१ असार २०७८, सोमबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२१ असार २०७८, सोमबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२१ असार २०७८, सोमबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२१ असार २०७८, सोमबार
Next Post
चीनले मुस्लिम समुदायको सहि जनसंख्या नदेखाएको र मुस्लिम माथि दमन गरेको : प्रवक्ता पठान

चीनले मुस्लिम समुदायको सहि जनसंख्या नदेखाएको र मुस्लिम माथि दमन गरेको : प्रवक्ता पठान

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी