Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोक घटणा भयो

न्युजडेस्क न्युजडेस्क
१५ असार २०७८, मंगलवार
चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोक घटणा भयो
53
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अचानक आएको वाढिले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र तहस–नहस भएको छ। यत्रो वाढि कसरी आयो भनेर विभिन्न अड्कलवाजी भईरहेका छन् ।

हिमताल विस्फोट भएको आशंका गरिएपनि पहिरोले माथिल्लो भेगमा केही समय नदीको प्रवाह रोकेको र त्यसैको कारण बाढी आएको निष्कर्षनजिक सरकारी निकायहरु पुगेका छन् ।

मेलम्ची क्षेत्रमा गत जेठ २९ गते सबैभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ । त्यस दिन करिब ९० मिलिमिटरको हाराहारीमा पानी परेको र त्यसपछिका दिनमा हरेक दिनजसो हल्का वर्षा भईरहेको बताइएको छ।

प्राकृतिक प्रकोपका हिसावले सिन्धुपाल्चोक ‘जोखिमको केन्द्रबिन्दु’ नै मानिन्छ। अघिल्लो भुकम्पमा पनि सिन्धुपाल्चोकले ठुलो क्षती भोगेको थियो भने वाढि वाहिरोले हरेक वर्ष स्थानीयवासी समस्यामा पर्दै आएका छन् ।

त्यसमाथि विकासका नाममा भईरहेका लापर्वाहीका कारण पनि सिन्धुपाल्चोकमा वाढि पहिरोको जोखिम वढेको पाईएको छ । भुकम्पले थिल्थिलो भएको जमिनमाथि जथाभावी डोजर चलाईएको र विकासका नाममा कमजोर संरचना निर्माण गरिएका कारण पनि प्राकृतिक विपत्तिको सामना गर्नु परेको स्थानीयवासी साङ्गे लामा वताउँछन् ।

चीनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) को लापर्वाही र स्थानीय जनप्रनितिनिधिको वेवास्ताका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित एउटा सिङ्गो वस्ति जोखिममा परेको छ ।

चिन जोड्ने कोदारी सडक निर्माणका क्रममा प्राविधिक विषयलाई वेवास्ता गरी जथाभावी डोजर चलाउने र मापदण्ड विपरित निर्माण कार्य गर्दा गाउँ जोखिममा परेको हो । जिटुजी सम्झौता अन्तर्गत सडक निर्माण गर्ने जिम्मा चीनियाँ कम्पनी सिआरसीसीले पाएको छ। कम्पनीले जथाभावी काम गर्दा वर्षाको समयमा जमिन भासिने र वग्ने समस्या सुरु भएको स्थानीयले वताए । जमिन भासिन थालेपछि गाउँलेहरु विस्थापित भएको लामाको भनाई छ।

यस क्षेत्रमा अरनिको राजमार्ग मर्मतका नाममा भईरहेको कमसल निर्माण कार्यले नदि कटान र पहिरोको समस्या देखिएको छ । चीनियाँ कम्पनी सिआरसीसीले जिम्मा लिएको काम मापदण्ड विपरित भएकाले क्षती वढि भएको स्थानीवासी वताउँछन् ।

तातोपानीको कोप्लाङ्गमा यसै वर्ष निर्माण गरिएको सडक  दुई महिना नपुग्दै वाढिले वताएको छ । अघिल्लो बर्ष निर्माण गरिएको लिपिङ खोला पुलको दाया“ पट्टीको जग पूर्ण रूपमा क्षती भएको छ भने बायाँ तर्फको जग पनि भत्कन थालेको छ। वाढिका कारण पुल लगायत दायाँ–बायाँका घरहरू जोखिममा रहेको उनीहरु वताउँछन् ।

यसैगरी, कोदारी बजारको तल्लो भागमा गत वर्ष नै निर्माण गरिएको करिव १ सय मिटर भन्दा बढी सडक भासिएको छ । तारजाली निर्माणका क्रममा भएको लापर्वाहीका कारण यो समस्या आएको साङ्गेको भनाई छ । वाँध भत्किन थालेपछि कोदारी गाउँ जोखिममा परेको छ।

कमसल निर्माणका विषयमा स्थानीयवासीले पटक पटक कुरा राखेपनि स्थानीय तहका जनप्रतिनिधिहरुले वेवास्ता गर्दै आएको उनी वताउँछन् ।

लिपिङ पुल अवरुद्ध हुँदा टिचिङ र वीरका अक्सिजन प्लान्ट तातोपानीमै रोकियो
लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ ।
 
कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला अस्पतालमा अक्सिजनको अभाव भएपछि चीनबाट अक्सिजन प्लान्ट खरीद गरिएको थियो ।

ढुवानीकर्ता सिल्क ट्रान्सपोर्टले लिपिङ पुल बिग्रिएकाले तत्कालै सडकमार्गबाट अक्सिजन प्लान्ट काठमाडौँ लैजान नसकिने जनाएको छ । पचास क्युविक लिटर प्रतिघण्टा क्षमताको आठ थान र १५ क्युविक मिटर प्रतिघण्टाका तीन थान ३० क्युविक मिटर प्रतिघण्टाको दुई थान अक्सिजन प्लान्ट तातोपानी क्षेत्रमा रोकिएको हो । त्रिवि शिक्षण, वीर र निर्भिक अस्पतालका लागि ल्याइएका अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटर प्रतिघण्टा रहेको छ ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१५ असार २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१५ असार २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१५ असार २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१५ असार २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१५ असार २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१५ असार २०७८, मंगलवार
Next Post
उइगर मुस्लिम हरु माथि चीन को दमनकारी रवैया:अकरम पठान

उइगर मुस्लिम हरु माथि चीन को दमनकारी रवैया:अकरम पठान

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी